Genesis 38

Genesis 38:2

यहूदाले कहाँबाट पत्‍नी लिए ?

यहूदाले कनानी मानिसबाट पत्‍नी लिए ।

Genesis 38:7

परमेश्‍वरले यहूदाको पहिलो छोरो एर् लाई के गर्नुभयो र किन ?

परमेश्‍वरले एर्को प्राण लिनुभयो किनभने ऊ दुष्‍ट थियो ।

Genesis 38:9

ओनानले देवर भएर आफ्ना दाजु एर् को निम्ति छोरो जन्‍माउने कर्तव्य कसरी पालन गरेनन् ?

ओनानले तामारसँग सहवास गर्दा आफ्नो वीर्य भूइँमा पतन गर्थे ।

Genesis 38:10

यहूदाको दोस्रो छोरा ओनानलाई परमप्रभुले के र किन गर्नुभयो ?

परमप्रभुले ओनानलाई प्राण लिनुभयो किनभने उसले जे गर्‍यो त्यो खराब थियो ।

Genesis 38:11

त्यसपछि यहूदाले तामारलाई के प्रतिज्ञा गरे ?

यहूदाले तामारलाई आफ्नो तेस्रो छोरा शेलह ठूलो भएपछि तामारको पति हुन दिने प्रतिज्ञा गरे ।

Genesis 38:12

लामो समयपछि, यहूदालाई किन सान्त्‍वना चाहियो ?

यहूदाको पत्‍नी मरेको कारण उनलाई सान्त्‍वना चाहियो ।

Genesis 38:14

यहूदा तिम्‍नामा जाँदैछन् भन्‍ने सुनेर तामारले के गरिन् ?

तामारले विधवाको वस्त्र फुकालिन्, घुम्टो हालिन् र लुगाले आफैँलाई बेरिन् र तिम्‍ना बाटो छेउमा बसिन् ।

तामारले यसो किन गरिन् ?

तामारले यसो गरिन् किनभने यहूदाको तेस्रो छोरो शेलह ठूलो भइसक्दा पनि उनलाई शेलहको पत्‍नी हुन दिइएको थिएन ।

Genesis 38:18

यहूदाले तामारसँग सहवास गर्नुभन्दा पहिले तामारले बन्धकको रूपमा के प्राप्‍त गरिन् ?

यहूदाले तामारलाई आफ्नो छाप, डोरी र लौरो बन्धकको रूपमा दिए ।

Genesis 38:21

यहूदाले के थाहा पाए जब उनले वेश्यालाई पाठो तिरेर बन्धक छुटाउने प्रयास गरे ?

त्यो ठाउँमा मन्दिरको वेश्या नभएको यहूदाले थाहा पाए ।

Genesis 38:24

तामार गर्भवती भएको जानेपछि यहूदाले तामारलाई के गर्ने इच्छा गरे ?

यहूदाले तामारलाई जलाउने इच्छा गरे किनभने तामार वेश्या भएर गर्भवती भएकी थिइन् ।

Genesis 38:25

तामारलाई यहूदाकहाँ ल्याएपछि उनले के गरिन् ?

तामारले उनीसँग भएको छाप, डोरी र लौरो जुन मानिसको हो, उनी उसैबाट गर्भवती भएको कुरा बताइन् ।

Genesis 38:26

यहूदाले आफ्नो छाप, डोरी र लौरो देखेपछि कस्तो प्रतिक्रिया जनाए ?

यहूदाले तामार आफूभन्दा बढी धर्मी रहेको बताए किनभने उनले तामारलाई शेलहकी पत्‍नी हुन दिएका थिएनन् ।

Genesis 38:27

तामारले कति जना छोराछोरीहरू जन्माइन् ?

तामारले जुम्ल्याहा छोराहरू जन्माइन् ।

Genesis 38:28

तामारको गर्भबाट जुम्ल्याहामध्ये एकजनाले आफ्नो हात बाहिर निकालेपछि सुँडेनीले के गरिन् ?

तामारको गर्भबाट जुम्ल्याहामध्ये एकजनाले आफ्नो हात बाहिर निकालेपछि सुँडेनीले एउटा रातो धागो उसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।”

Genesis 38:29

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम के हुन् ?

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।

Genesis 38:30

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम के हुन् ?

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।