Genesis 37

Genesis 37:1

याकूबले कहाँ बसोबास गरे ?

याकूब कनान देशमा बसे ।

Genesis 37:2

आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूको हेरचाह गर्दा योसेफले आफ्ना बुबा याकूबकहाँ के ल्याए ?

योसेफले आफ्ना बुबाकहाँ आफ्ना दाजुहरूका नराम्रा समाचार ल्याए ।

Genesis 37:3

इस्राएलले आफ्ना अरू छोराहरूभन्दा योसेफलाई बढी माया गरेको कुरा कसरी देखाए ?

इस्राएलले योसेफको निम्ति सुन्दर वस्‍त्र बनाइदिए ।

Genesis 37:4

योसेफका दाजुहरूले योसेफको बारेमा के सोचे ?

योसेफका दाजुहरूले उनलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।

Genesis 37:7

योसेफले आफ्नो पहिलो सपनामा के देखे ?

योसेफले आफ्नो अन्‍नको बिटा ठाडो भएको र उनका दाजुहरूका बिटाले उनको बिटालाई दण्‍डवत् गरेको देखे ।

Genesis 37:8

योसेफले आफ्नो पहिलो सपना बताएपछि उनका दाजुहरूले उनको बारेमा के सोचे ?

योसेफका दाजुहरूले उनलाई अझै धेरै घृणा गरे ।

Genesis 37:9

योसेफले आफ्नो दोस्रो सपनामा के देखे ?

योसेफले सूर्य, चन्द्रमा र एघारवटा ताराहरूले उनलाई दण्डवत गरेको देखे ।

Genesis 37:10

योसेफको दोस्रो सपनामा सूर्य, चन्द्रमा र ताराहरूले के दर्शाउँथ्यो ?

योसेफको दोस्रो सपनामा सूर्य, चन्द्रमा र ताराहरूले उनको बुबा, आमा र दाजुभाइहरूलाई दर्शाउँथे ।

Genesis 37:14

याकूबले हेब्रोनको बेँसीबाट बाहिर योसेफलाई के गर्न पठाए ?

याकूबले योसेफलाई हेब्रोनको बेँसीबाट बाहिर उनको दाजुहरू ठिकै छन् कि छैनन् हेर्न र याकूबकहाँ खबर ल्याउन पठाए ।

Genesis 37:20

योसेफ आउँदै गरेको देखेर योसेफका दाजुहरूले के योजना बनाए ?

योसेफका दाजुहरूले योसेफलाई मार्ने र कुनै एउटा खाडलमा फालिदिने योजना बनाए ।

Genesis 37:22

रूबेनले आफ्ना भाइहरूलाई के सल्लाह दिए र किन ?

रूबेनले आफ्ना भाइहरूलाई योसेफलाई खाडलमा फ्याक्ने सल्लाह दिए ताकि उनले योसेफलाई पछि बचाउन सकून् ।

Genesis 37:28

योसेफका दाजुहरूले योसेफलाई कोसँग कतिमा बेचे ?

योसेफका दाजुहरूले योसेफलाई इस्माएलीकहाँ बिस चाँदीका सिक्कामा बेचे ।

योसेफलाई कता लगियो ?

योसेफलाई मिश्रमा लगियो ।

Genesis 37:31

योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले के गरे ?

योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले एउटा बोकालाई मारे र योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपेर याकूबलाई दिए ।

Genesis 37:32

योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले के गरे ?

योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले एउटा बोकालाई मारे र योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपेर याकूबलाई दिए ।

Genesis 37:34

योसेफ मरिसकेका छन् भन्‍ने निष्कर्ष निकालेपछि याकूबले के गरे ?

याकूबले आफ्नो वस्‍त्र च्याते, भाङ्ग्राको वस्‍त्र लगाए र आफ्नो छोराको निम्ति धेरै दिनसम्म शोक मनाए ।

Genesis 37:36

योसेफलाई मिश्रमा कोसँग बेचियो ?

योसेफलाई मिश्रमा फारोको अधिकृत पोतीफरलाई बेचियो ।