Genesis 39

Genesis 39:1

मिश्रमा योसेफलाई कसले किने ?

मिश्रमा फारोका अधिकृत पोतीफरले योसेफलाई किने ।

Genesis 39:3

योसेफ मिश्रमा किन समृद्ध थिए ?

योसेफ समृद्ध थिए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।

Genesis 39:4

योसेफ मिश्रमा किन समृद्ध थिए ?

योसेफ समृद्ध थिए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।

Genesis 39:6

पोतीफरले योसेफको रेखदेखमा के राखे ?

पोतीफरले आफूसँग भएको सबैथोक योसेफको रेखदेखमा राखे ।

Genesis 39:7

पोतीफरकी पत्‍नीले योसेफलाई के गर्न भनिन् ?

पोतीफरकी पत्‍नीले योसेफलाई उनीसँग सुत्‍न भनिन् ।

Genesis 39:8

पोतीफरकी पत्‍नीको आग्रहप्रति योसेफले कसरी प्रतिक्रिया जनाए ?

योसेफले इन्कार गरे र उनले परमेश्‍वरको विरुद्ध त्यति ठूलो दुष्टता र पाप गर्न नसक्ने बताए ।

Genesis 39:9

पोतीफरकी पत्‍नीको आग्रहप्रति योसेफले कसरी प्रतिक्रिया जनाए ?

योसेफले इन्कार गरे र उनले परमेश्‍वरको विरुद्ध त्यति ठूलो दुष्टता र पाप गर्न नसक्ने बताए ।

Genesis 39:12

जब पोतीफरकी पत्‍नीले योसेफलाई लुगामा समातिन्, योसेफले के गरे ?

योसेफले आफ्नो लुगा उनको हातमा छोडे र बाहिर भागे

Genesis 39:14

योसेफको विरुद्ध पोतीफरकी पत्‍नीले के आरोप लगाइन् ?

उनले योसेफले उनको इच्छाविरुद्ध उनीसँग सुत्‍न खोजेको बताइन् ।

Genesis 39:15

योसेफको विरुद्ध पोतीफरकी पत्‍नीले के आरोप लगाइन् ?

उनले योसेफले उनको इच्छाविरुद्ध उनीसँग सुत्‍न खोजेको बताइन् ।

Genesis 39:19

जब पोतीफरले योसेफको विरुद्ध आरोप सुने, उनले के गरे ?

पोतीफर साह्रै रिसाए र योसेफलाई झ्यालखानमा हालिदिए ।

Genesis 39:20

जब पोतीफरले योसेफको विरुद्ध आरोप सुने, उनले के गरे ?

पोतीफर साह्रै रिसाए र योसेफलाई झ्यालखानमा हालिदिए ।

Genesis 39:21

यो समयमा परमप्रभुले योसेफलाई के देखाउनुभयो ?

यो समयमा परमप्रभुले योसेफलाई विश्‍वसनीय करार देखाउनुभयो ।

Genesis 39:22

झ्‍यालखानका हाकिमले योसेफको रेखदेखमा के राखे ?

झ्‍यालखानको हाकिमले सबै कैदीहरूलाई योसेफको जिम्मामा दिए ।

Genesis 39:23

योसेफले गरेको सबैथोकको नतिजा कस्तो थियो र किन ?

योसेफले गरेको सबैथोकमा परमप्रभुले समृद्धि दिनुभयो ।