Genesis 47

Genesis 47 General Notes

Special concepts in this chapter
Abrahamic covenant

Part of the Abrahamic covenant was that Yahweh would bless those who bless Abraham's descendants. Since Pharaoh cared for the Hebrew people, Yahweh blessed the Egyptians while the Hebrew people lived in Egypt. The Hebrew people also multiplied greatly as this covenant promised. (See: /WA-Catalog/en_tw?section=kt#covenant, /WA-Catalog/en_tw?section=kt#bless and /WA-Catalog/en_tw?section=kt#promise)

Jacob was not buried in Egypt

In the ancient Near east, a person was typically buried in their hometown. Since Egypt was not the Israelites' home, Jacob did not wish to be buried in Egypt. This was a lesson to the Israelites that Canaan was their true home, the promised land. (See: /WA-Catalog/en_tw?section=kt#promisedland)

<< | >>

Genesis 47:1

तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर

(EN-UDB) ले फारोसँग भएका घटनाहरू मितीअनुसार क्रम मिलाइ लेख्‍छ, जबकि (EN-ULB) मा लेखकले लेखेअनुसार घटनाहरू सूची बनाइन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-events)

translationWords

Genesis 47:3

हजुरका दासहरू ... गोठाला हौँ

"हजुरका दासहरू ... बगाल चराउँछौँ ।"

हजुरका दासहरू

योसेफका दाजुभाइहरूले आफैहरूलाई "तपाईंका दासहरू" भनेर जनाए । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिकता तरिका हो । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामी, तपाईंका दासहरू" वा "हामी" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-123person)

हाम्रा पिता-पुर्खादेखि

"हामी र हाम्रा पिता-पुर्खाहरू दुवै" वा "हामी र हाम्रा पुर्वजहरू दुवै"

हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ

"हामी मिश्रमा केही समयको निम्ति बस्‍न आएका छौँ ।"

चरण छैन

"त्‍यहाँ खुवाउनलाई कुनै घाँस छैन ।"

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

translationWords

Genesis 47:5

#मिश्रदेश तिम्रै अगि छ "मिश्रदेश तिम्रो निम्‍ति खुल्‍ला छ ।" वा "मिश्रको सबै भूमि तिम्रो निम्ति उपलब्ध छ ।"

देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर

"तिम्रा पिता र तिम्रा दाजुभाइहरूलाई गोशेन प्रदेशमा बस्‍न देऊ, जुन सबैभन्‍दा असल ठाउँ हो ।"

उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई

यसले उनीहरू गाईबस्‍तुहरू हेरचाह गर्न योग्य छन् भनी यसले संकेत गर्छ । अर्को अनुवाद : "उनीहरूमध्‍ये कुनै मानिससँग गाईबस्‍तुहरू हेरचाह गर्ने असल सीप छ भने ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 47:7

याकूबले फारोलाई आशीर्वाद दिए

यहाँ "आशिष् दिए" भन्‍नाले सकरात्‍मक र लाभदायिक कुराहरू त्‍यस व्‍यक्‍तिलाई भएको होस् भनेर चाहना व्यक्त गर्नु हो ।

तपाईंको उमेर कति भयो?

"तपाईं कति वर्ष हुनुभयो?"

मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो

"मेरो प्रवासी जीवनको उमेर" वाक्‍यांशले एक ठाउँबाट अर्को यात्रा गर्दै उनी पृथ्वीमा कति वर्ष बाँचेका छन् भन्‍ने जनाउँछ । अर्को अनुवाद : "मैले १३० वर्षसम्‍म पृथ्वीमा यात्रा गरेको छु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)

मेरो यस जीवनका वर्षहरू थोरै ... मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन

याकूबले आफ्‍नो उमेर अब्राहाम र इसाहाकको तुलनामा छोटो छ भन्‍न खोजेका छन् ।

र दु:खमय

याकूबले आफ्‍नो जीवनमा धेरै दु:ख र पिडा अनुभव गरेका छन् ।

translationWords

Genesis 47:11

तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए

"त्‍यसपछि योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूको हेरचाह गरे र तिनीहरू बसोबास गर्ने ठाउँ बन्‍दोबस्‍त गर्न मद्दत गरे ।"

रामसेस भन्‍ने इलाका

यो गोशेन प्रदेशको अर्को नाम हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)

उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार

यहाँ "आस्रित" शब्‍दको अर्थ परिवारमा भएका साना केटाकेटीहरू हो । अर्को अनुवाद : "उनीहरूका परिवारहरूमा भएका साना केटाकेटीहरू सङ्ख्याअनुसार"

translationWords

Genesis 47:13

Now

This word is used here to mark a break in the main story line. Here the author starts to tell a new part of the story.

मिश्र र कनान दुवै देश

यसले यी देशमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "मिश्रका र कनानका मानिसहरू" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

कमजोर भए

"दुब्ला र दुर्बल भए ।"

मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे

"मिश्र र कनानका मानिसहरूले योसेफबाट अन्‍न किन्‍न तिनीहरूका सबै रूपियाँ खर्च गरे ।"

योसेफले जम्‍मा गरे ... योसेफले ... ल्‍याए

योसेफले आफ्‍ना सेवकहरूलाई रुपियाँ जम्‍मा गर्न र ल्‍याउन आदेश दिएका हुन सक्‍छन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 47:15

#जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "जब मिश्र र कनान देशका मानिसहरूले आफ्ना सबै रूपियाँ-पैसा खर्च गरे ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

मिश्र र कनानमा भएका

"मिश्र देश र कनान देशबाटका"

हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?

अन्‍न किन्‍न नपाएर तिनीहरू कति निरास थिए भनेर जोड दिन मानिसहरूले प्रश्‍न गरे । यस प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "बिन्‍ती छ, हामीहरूको सबै पैसा सकिएको कारण हामीलाई मर्न नदिनुहोस् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

तिनीहरूलाई तिनले अन्‍न खुवाए

यहाँ "अन्‍न" ले सामान्‍यतया खानेकुरा भन्‍ने जनाउँछ । अर्को अनुवाद : "तिनले तिनीहरूलाई खानेकुरा दिए ।" (EN-UDB) वा "तिनले तिनीहरूका निम्‍ति खानेकुरा जुटाइदिए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords

Genesis 47:18

आएर तिनीहरूले

"मानिसहरू योसेफकहाँ आए ।"

हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ

मानिसहरूले योसेफलाई "हाम्रा मालिक" भनेर सम्‍बोधन गर्छन् । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिक तरिका हो । यसलाई द्वितीय पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हाम्रा मालिक, हामी तपाईंबाट केही कुरा पनि लुकाउँदैनौँ ।" वा "हामी तपाईंबाट केही कुरा पनि लुकाउँदैनौँ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-123person)

हजुरको आँखाको सामुन्‍ने ... अरू केही छैन

यहाँ "आँखा" ले योसेफ आफैलाई जनाउँछ । अर्को अनुवाद : "हाम्रा मालिक तपाईंलाई दिन हामीसँग केही बाँकी छैन ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्ट हुने?

यहाँ "आँखा" ले योसेफको द‍ृष्‍टि जनाउँछ । अन्‍न किन्‍न नपाएर तिनीहरू कति निरास थिए भनेर जोड दिन मानिसहरूले यो प्रश्‍न गरे । यस प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "बिन्‍ती छ हामीहरू मरेका र हामीहरूको जमिन उजाड भएको नहेर्नुहोस् !" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy/WA-Catalog/en_tm?section=translate#figs-rquestion)

हामी र हाम्रा जमिन ... किन नष्‍ट हुने

रोप्‍नलाई त्‍यहाँ कुनै बीउ नभएकोले जमिन काम नलाग्‍ने र उजाड हुन्छ । त्‍यसैले जमिन नष्‍ट हुनेछ भनिएको छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 47:20

यसरी जग्‍गाजमिन फारोको भयो

"त्‍यसैले जग्‍गाजमिन फारोको भयो ।"

पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्

"तर योसेफले पुजाहारीहरूका जमिन किनेनन् ।"

पुजाहारीहरूलाई ... भत्ता दिइएको थियो

"भत्ता" केही पैसा वा खानेकुरा हो जुन अर्को व्‍यक्‍ति कसैलाई नियमित रूपमा दिन्‍छ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "फारोले पूजाहारीहरूलाई ... दैनिक रूपमा निश्‍चित मात्रामा अन्‍न दिए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे

फारोले तिनीहरूलाई जे दिए त्‍यही खाए ।

translationWords

Genesis 47:23

र तिमीहरूले ... बीउ छर

ताकि तिमीहरूले बीउ रोप्‍न सक ।

फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ ... तिमीहरूको आफ्‍नै हुनेछ ।

"पाँचौँ" शब्‍द एक अंश हो । अर्को अनुवाद : "फसलको बेलामा तिमीहरूले उब्‍जनी पाँच हिस्‍सामा भाग गर्नेछौ । तिमीहरूले एक हिस्‍सा भुक्तानको रूपमा फारोलाई दिनेछौ र चार हिस्‍सा तिमीहरू आफ्‍नै निम्‍ति हुन्छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-fraction)

तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति

तपाईंले बुझ्‍नुभएको जानकारीलाई स्‍पष्‍ट लेख्‍न सक्‍नुहुन्छ । अर्को अनुवाद : "तिमीहरूका परिवारको खानाको निम्‍ति र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

translationWords

Genesis 47:25

हजुरको निगाह हामीमाथि रहोस्‌

अर्को अनुवाद : "तपाईं हामीहरूसँग प्रसन्‍न हुनभएको होस् ।" ( हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मिश्र देशमा

"मिश्र देशमाथि" वा "मिश्र देशभरि"

आजसम्‍म

यसको अर्थ लेखकले यो लेखेको समयसम्‍म ।

पाँचौँ हिस्‍सा

उत्‍पत्ति-४७:२४ मा तपाईंले "पाँचौँ" लाई तपाईंले अनुवाद गर्नुभए जस्‍तै गरि यसलाई पनि अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 47:27

तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो

"वृद्धि" शब्‍दले तिनीहरू कसरी "फलिफाप" भए भन्‍ने बताउँछ । अर्को अनुवाद : "तिनीहरूका धेरै छोराछोरीहरू भए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-doublet)

फलिफाप भएर

यहाँ "फलिफाप" को अर्थ उन्‍नति हुनु वा धेरै छोराछोरीहरू हुनु हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)

सत्र वर्ष

"१७ वर्ष" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)

यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो

सात वर्ष** - "त्‍यसैले याकूब १४७ वर्षको वृद्धि हुँदासम्‍म बाँचे ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 47:29

जब इस्राएलको मर्ने बेला आयो

यसले समयको बारेमा बताउँछ कि मानौ यो यात्रा गरेर कुनै ठाउँमा आउँछ । अर्को अनुवाद : "जब इस्राएलको लगभग मर्ने समय आयो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

यदि मैले तेरो निगाह पाएको छु भने

अर्को अनुवाद : "यदि मैले तँबाट निगाह पाएको छु।" वा "यदि मैले तँलाई प्रसन्‍न तुल्‍याएको छु।" (EN-UDB)

now

This does not mean "at this moment," but is used to draw attention to the important point that follows.

निगाह पाएको छु

यसको अर्थ कोहीले कसैबाट स्‍वीकृति पाएको छ भन्‍ने हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तेरो हात मेरो तिघ्रामुनि राखेर

यो कार्य गहन प्रतिज्ञा गर्ने एउटा चिन्‍ह हो । उत्‍पत्ति-४१:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

मप्रति तेरो विश्‍वासनीयता र भरोसा देखा

भाववाचक नाम "विश्‍वासनीयता" र "भरोसा" लाई विशेषणमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "मलाई विश्‍वास र भरोसामा व्‍यवहार गर् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

कृपा गरेर मलाई मिश्रमा नगाड्‌

"कृपा" शब्‍दले आग्रहलाई जोड दिन्‍छ ।

म मेरा पिता-पुर्खाहरूसँग सुत्‍दा

यहाँ "सुत्‍नु" ले नम्र तरिकासँग मर्नुलाई जनाउँछ । अर्को अनुवाद : "जब म मर्छु र मभन्‍दा अघि मरेका मेरा परिवारका सदस्‍यहरूसँग मिल्‍छु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

मसँग शपथ खा

"मसँग कसम खा ।" वा "मसँग बाचा गर्।"

शपथ खाए

"कसम खाए ।" वा "बाचा गरे"

translationWords