Genesis 48

Genesis 48 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 48:15-16, and in 58:20.

Special concepts in this chapter
Blessing

The blessing of Jacob is given to Joseph, and his sons Manasseh and Ephraim. It is probably distinct from inheriting the promises Yahweh gave to Abraham because Scripture talks about all of Israel's descendants inheriting those promises. (See: /WA-Catalog/en_tw?section=kt#bless, /WA-Catalog/en_tw?section=kt#inherit and /WA-Catalog/en_tw?section=kt#promise)

<< | >>

Genesis 48:1

It came about

This phrase is used here to mark the beginning of a new part of the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

कसैले योसेफलाई खबर दियो

"कसैले योसेफलाई भन्यो ।"

हेर्नुहोस्, हजुरका पिता

"सुन्‍नुहोस्, हजुरका पिता" यहाँ "हेर्नुहोस्" शब्‍द योसेफको ध्‍यानाकर्षण गर्न प्रयोग गरिएको छ ।

यसकारण तिनले ... ल्याए

"यसकारण योसेफले ... ल्‍याए ।"

जब ... याकूबलाई सुनायो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "जब ... कसैले याकूबलाई भन्‍यो ।" ( EN-UDB)( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌

"तपाईंका छोरा योसेफ तपाईंकहाँ आएका छन्‌ ।"

इस्राएल आफै बल गरेर पलङ्गमा बसे

अर्को अनुवाद : "इस्राएल निकै कोसिस गरेर पलङ्गमा बसे ।" वा "इस्राएलले पलङ्गमा बस्‍न धेरै सङ्‍घर्ष गरे ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 48:3

लूज

यो एउटा सहरको नाम हो । उत्‍पत्ति २८:१९ मा तपाईंले यस सहरको नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)

कनान देशको लूजमा ... उहाँले मलाई आशीर्वाद दिनुभयो र भन्‍नुभयो

यसलाई फरक ठाउँबाट सुरू गरेर नयाँ वाक्‍यमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "कनान देशमा ... उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो ।"

आशीर्वाद दिनुभयो

यसले औपचारिक रूपमा परमेश्‍वरले कसैलाई आशिष् बोल्‍नुभएको जनाउँछ ।

मलाई ... र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "र मलाई भन्‍नुभयो कि उहाँले मलाई फलदायी बनाउनुहुनेछु र मलाई वृद्धि गराउनुहुनेछु। अनि उहाँले मबाट जातिहरूको समूह उत्‍पन्‍न गर्नेहुने र मेरा सन्‍तानहरूलाई यो देश अनन्‍तसम्‍म अधिकार गर्न दिनेहुने भन्‍नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

हेर

परमेश्‍वरले यहाँ "हेर" शब्‍द उहाँले याकूबलाई भन्‍न लाग्‍नुभएको कुरामा धन्‍य दिन सचेत गर्न प्रयोग गर्नुभयो ।

म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु

"तेरो वृद्धि गराउनेछु" वाक्‍यांशले परमेश्‍वरले याकूबलाई कसरी "फल्‍दो-फुल्‍दो" बनाउनुहुनेछ भनी वर्णन गर्छ । अर्को अनुवाद : "म तँलाई धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-doublet/WA-Catalog/en_tm?section=translate#figs-idiom)

तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु

यहाँ "तँ" ले याकूबलाई जनाउँछ, तर यसले याकूबको सन्‍तानहरू भन्‍ने अर्थ दिन्‍छ । अर्को अनुवाद : "म तेरा सन्‍तानहरूलाई धेरै जातिहरू बनाउनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

अनन्‍त अधिकार

"सदाको अधिकार"

translationWords

Genesis 48:5

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌

योसेफका दाजुभाइहरूझैँ एफ्राइम र मनश्‍शे प्रत्‍येकले जमिनको अंश पाउनेछन् ।

यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ

सम्‍भावित अर्थहरूः १) एफ्राइम र मनश्‍शे कुलको भागको रूपमा योसेफका बाँकी छोराछोरीहरूले जमिनको हक पाउनेछन् । वा २) एफ्राइम र मनश्‍शेबाट योसेफलाई छुट्टै जमिनको अधिकार दिइनेछ र योसेफका अरू सन्‍तानहरूले त्‍यो जमिन अधिकार गर्नेछन् । अर्को अनुवाद : "तिनीहरूको उत्तराधिकारको निम्‍ति, तैँले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूको नामको सूचीमा राख्‍नेछस् ।"

एप्रात

यो बेथलेहेम सहरको अर्को नाम हो । उत्‍पत्ति ३५:१६ मा तपाईंले यस सहरको नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

अर्थात्‌ बेथलेहेम

लेखकले पृष्ठभूमिको जानकारी दिँदै छन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#writing-background)

translationWords

Genesis 48:8

यिनीहरू को हुन्?

"यिनीहरू कसका छोराहरू हुन्?"

आशीर्वाद

पिताले प्राय आफ्‍ना छोराछोरीहरू वा नातिनातिनाहरूमाथि आशिष् बोल्‍छन् ।

त्‍यस बेला ... इस्राएलका आँखा .... देख्‍न सकेनन्

यहाँ "त्‍यस बेला" वाक्‍यांश इस्राएलको बारेमा कथाबाट पृष्ठभूमिको जानकारी देखाउन प्रयोग भएको छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#writing-background)

तिनले तिनीहरूलाई म्‍वाइँ खाएर

"इस्राएल" ले तिनीहरूलाई म्‍वाइँ खाएर"

translationWords

Genesis 48:11

तेरो मुख फेरि देख्‍न

यहाँ "मुख" ले सिङ्गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद : "तँलाई फेरि देख्‍न" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

इस्राएलका घुँडाको बिचबाट

जब योसेफले आफ्‍ना छोराहरूलाई इस्राएलको काख वा घुँड़ामा राखिदिए तब त्‍यो इस्राएलले तिनीहरूलाई आफ्‍नो बनाएको चिन्‍ह भयो । यसले ती छोराहरूलाई याकूबबाट विशेष पैत्तिक अधिकार दियो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

र तिनले भूइँमा घोप्‍टेर दण्डवत् गरे

योसेफले आफ्‍नो पितालाई आदर दिन घोप्‍टेर दण्डवत् गरे । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी

योसेफले तिनका छोराहरूलाई ल्‍याए ताकि इस्राएलले तिनको दाहिने हात मनश्‍शेमाथि राखून् । मनश्‍शे जेठो दाजु थिए र दाहिने हात तिनमाथि पर्नु भन्‍नाले तिनले ठूलोआशिष् पाउनेछन् भन्‍ने चिन्‍ह थियो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

translationWords

Genesis 48:14

आफ्‍नो दाहिने हात पसारेर ... एफ्राइमको टाउकोमा

एफ्राइमको शिरमाथि दाहिने हात राख्‍नु भनेको तिनले ठूलो आशिष् पाउनेछन् भन्‍ने चिन्‍ह थियो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

इस्राएलले योसेफलाई आशीर्वाद दिएर

यहाँ "योसेफ" ले एफ्राइम र मनश्‍शेलाई दर्शाउछ । योसेफ पिता भएकाले यहाँ तिनी मात्र उल्लेख भएका छन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे

परमेश्‍वरको सेवा गर्नुलाई परमेश्‍वरको सामुन्‍ने हिँडेको जस्‍तै गरि भनिएको छ । अर्को अनुवाद : "परमेश्‍वर जसको मेरा हजुरबुबा अब्राहाम र पिता इसहाकले सेवा गरे ।" ( हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मेरो वास्ता गर्नुभएको छ

जसरी एउटा गोठालाले तिनको भेडाको हेरचाह गर्छ त्‍यसरी नै परमेश्‍वरले इस्राएलको हेरचाह गर्नुभएको छ । अर्को अनुवाद : "एउटा गोठालाले आफ्‍नो गाईबस्‍तुहरूको वास्‍ता गरेझैँ मेरो वास्‍ता गर्नुभएको छ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

ती स्‍वर्गदूत

सम्‍भाविक अर्थहरू : १) यसले त्‍यो स्‍वर्गदूतलाई जनाउँछ जसलाई परमेश्‍वरले याकूबलाई जोगाउन पठाउनुभयो । २) यसले याकूबलाई जोगाउन स्‍वर्गदूतको रूपमा देखा पर्नुभएको परमेश्‍वरलाई जनाउँछ ।

मलाई ... जोगाउनुभएको छ

"मलाई ... छुटाउनुभएको छ"

मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस्

यहाँ "नाउँ" ले व्‍यक्‍तिलाई जनाउँछ । "मेरो ... नाउँ यिनीहरूमा बोलाइयोस्" वाक् पद्धति हो जसको अर्थ एउटा व्‍यक्‍तिलाई अर्को व्‍यक्‍तिको कारण सम्‍झना गरिन्‍छ भन्‍ने हो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "एफ्राइम र मनश्‍शेको कारण मानिसहरूले अब्राहाम, इसहाक र मलाई सम्‍झना गरून् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy/WA-Catalog/en_tm?section=translate#figs-idiom and /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून्

यहाँ "तिनीहरू"ले एफ्राइम र मनश्‍शेलाई जनाउँछ, तर यसले यिनीहरूका सन्‍तानहरूलाई संकेत गर्छ । अर्को अनुवाद : "यिनीहरूका अधिक सन्‍तानहरू होऊन् जो सारा पृथ्वीभरि बसोबास गर्नेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 48:17

तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्

दाहिने हात ठूलो आशिष‍्को चिन्‍ह थियो जुन जेठो छोरोले पाउँनुपर्‍थ्‍यो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)

translationWords

Genesis 48:19

यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ

यहाँ "यस" ले मनश्‍शेलाई संकेत गर्छ, तर यसले तिनीहरूका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "तेरो जेठो छोरोको धेरै सन्‍तानहरू हुनेछ र तिनीहरू एउटा महान् वंश हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

त्‍यस दिन यसो भनेर

अर्को अनुवादः "यसो भनेर त्यस दिनमा"

इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्

इस्राएलका मानिसहरूले अरूहरूलाई आशिर्वाद दिदाँ तिनीहरूले तिमीहरूका नाम लिनेछन् ।

तिमीहरूका नाउँ लिएर ... , 'परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌'

  • यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष भनाईमा लेख्‍न सकिन्‍छ ।अर्को अनुवाद : "उनीहरूले तिमीहरूको नाम लिएर परमेश्‍वरले अरूहरूलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌ भन्‍नेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

एफ्राइम र मनश्‍शेजस्‍तै

इस्राएलले एफ्राइम नाम पहिले लिनु मनश्‍शेभन्‍दा एफ्राइम महान् हुनेछ भनेर उनले संकेत गर्ने अर्को तरिका हो ।

तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे

एफ्राइमलाई ठूलो आशिष् दिनु र मनश्‍शेभन्‍दा अझ महान् बनाउनुबारे यसरी लेखिएको छ कि मानौँ इस्राएलले शारीरिक रूपमा एफ्राइमलाई मनश्‍शेभन्‍दा अघि राखे । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 48:21

तिमीहरूका साथमा हुनुहुनेछ ... तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूको ... फर्काएर लैजानुहुनेछ

यहाँ "तिमीहरू" र "तिमीहरूका" बहुवचन हो र यसले सबै इस्राएलका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-you)

तिमीहरूका साथमा हुनुहुनेछ

यो एक वाक् पद्धति हो जसको अर्थ परमेश्‍वरले सहायता गर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई आशिष् दिनुहुनेछ । अर्को अनुवाद : "परमेश्‍वरले तिमीहरूलाई सहायता गर्नुहुनेछ ।" वा " परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तिमीहरूलाई ... फर्काएर लैजानुहुनेछ

यहाँ "लैजानु" लाई "ल्‍याउनु" मा पनि अनुवाद गर्न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-go)

तिमीहरूका पिता-पुर्खाहरूको देशमा

"तिमीहरूका पुर्वजहरूको देशमा"

तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले ... पहाडको पाखा म तँलाई दिन्छु

सम्‍भाविक अर्थहरू : १) योसेफले तिनका दाजुभाइहरूभन्‍दा बढी आदर र अधिकार हुनुलाई यसरी लेखिएको छ कि मानौँ उनी शारीरिक रूपमा तिनीहरूभन्‍दा माथि थिए । अर्को अनुवाद : "तँ जो तेरा दाजुभाइहरूभन्‍दा महान् छस् म तँलाई पहाड़को पाखा दिन्छु ।" वा २) यसको अर्थ याकूबले योसेफका दाजुभाइहरूभन्‍दा योसेफलाई बढी भूमि दिदैँ छन् भन्‍ने हो । अर्को अनुवाद: "म तँलाई तेरा दाजुभाइहरूलाई दिएको भन्दा एउटा बढी आली दिन्छु । म तँलाई पहाड़को पाखा दिन्छु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तँलाई

यहाँ "तँ" एकवचन हो र यसले योसेफलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-you)

मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा

यहाँ "तरवार" र "धनु" ले युद्धमा लडाई गर्नु भन्‍ने जनाउँछ । अर्को अनुवाद : "जमिनको हिस्‍सा जसको निम्‍ति मैले लडाई गरेर एमोरीहरूबाट लिए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords