Genesis 43

Genesis 43 General Notes

Special concepts in this chapter
Israel's concern

Israel is concerned over his favored son, Benjamin. He is also confused about the reason the Egyptian official treated them so kindly. This caused him some concern. It is possible he thought his sons were lying to him. (See: /WA-Catalog/en_tw?section=kt#favor)

<< | >>

Genesis 43:1

देशमा अति भयानक अनिकाल परेको थियो

यसमा "कनान" शब्द बुझिन्छ । यस जानकारीलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "कनान देशमा अति भयानक अनिकाल परेको थियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

It came about

This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

तिनीहरूले ... खाइसकेपछि

"याकूब र उनका परिवारले ... खाइसकेपछि"

तिनीहरूले ... ल्याएका

"याकूबका जेठा छोराहरूले ... ल्याएका"

हाम्रो लागि ... किन्‍नलाई

यहाँ "हाम्रो"ले याकूब, उनका छोराहरू र बाँकी परिवारलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)

translationWords

Genesis 43:3

यहूदाले भने

"यहूदाले तिनका पिता याकूबलाई भने"

ती मानिस

यसले योसेफलाई जनाउँछ, तर दाजुहरूलाई तिनी योसेफ थिए भनेर थाहा थिएन । तिनीहरूले तिनलाई "ती मानिस" वा उत्पत्ति ४२: ३० मा जस्तै " देशका मालिक, ती मानिस"को रूपमा उल्लेख गरे ।

हामीलाई ... चेताउनी दिएका छन्, 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हामीलाई ... चेताउनी दिए कि हामीहरूले हाम्रा कान्छा भाइलाई सँगै नल्याएसम्म हामीहरूले तिनको मुहार हेर्नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्

"हामीलाई चेताउनी दिँदा ज्यादै गम्भीर हुदै भने"

तिमीहरूले मेरो मुहार हेर्नेछैनौ

तिनीहरू बेन्यामीन बिना मिश्रमा फर्कन सक्दैनन् भनेर आफ्नो पितालाई जोड दिन यहूदाले ४३:३-५मा यो वाक्यांश दुई पटक प्रयोग गर्छन् । वाक्यांश "मेरो मुहार"ले योसेफलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिमीहरूले मलाई हेर्नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

#भाइलाई सँगै ल्याएनौ भने राहेल मर्न अगि तिनको अखिरी जन्मेको बेन्यामीनलाई यहूदाले उल्लेख गरिरहेका छन् ।

हामी तल जाँदैनौँ

कनानबाट मिश्रमा यात्रा गर्ने कुरा गर्दा "तल जाने" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा थियो ।

translationWords

Genesis 43:6

तिमीहरूले किन ममाथि सङ्कष्ट ल्यायौ

"तिमीहरूले किन मलाई यति धेरै कष्‍ट दियौ"

ती मानिसले ... सबै कुरा सोधपुछ गरे

"ती मानिसले ... धेरै प्रश्‍नहरू सोधे"

हामी ... बारेमा

यहाँ "हामी"ले "ती मानिस" सँग मिश्रमा गएर बोलेका दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ ? के तिमीहरूको अर्को भाइ छ ?'

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "के हाम्रा पिता अझै जीवितै हुनुहुन्थ्यो र के हाम्रा अर्को भाइ थिए भनेर तिनले हामीलाई सीधै सोधे । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ

"तिनले हामीलाई सोधेका प्रश्‍नहरूको जवाफ दिएका हौँ"

तिनले 'तिमीहरूका भाइलाई ... आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र ?

ती मानिसले तिनीहरूलाई के गर्न भन्‍नेछन् भनेर तिनीहरूलाई थाहा नभएको कुरामा जोड दिन छोराहरूले प्रश्‍नको प्रयोग गर्छन् । यस आलङ्कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले तिमीहरूका भाइलाई ... आओ भन्छन् भनी हामीलाई थाहा थिएन!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन्

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले हामीलाई हाम्रा भाइलाई मिश्रमा लिएर आओ भन्छन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

Bring your brother down

It was common to use the word "down" when speaking of traveling from Canaan to Egypt.

translationWords

Genesis 43:8

तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्‍न सकून् भनी हामी उठेर गइहाल्नेछौँ

बाँच्‍नको लागि तिनीहरूले मिश्रमा अनाज किन्‍नुपर्छ भनेर यहूदाले जोड दिदैछन् । अर्को अनुवाद‍ः "हाम्रा सारा परिवार बाँचून् भनेर अब हामी मिश्रमा जानेछौँ र अनाज किन्‍नेछौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-parallelism)

हामी उठेर

यहाँ "हामी"ले मिश्रमा यात्रा गर्ने दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

हामी ... बाँच्‍न सकून्

यहाँ "हामी"ले दाजुभाइहरू, इस्राएल, र सारा परिवारलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)

हामी

यहाँ "हामी"ले दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

हामी

यहाँ "हामी"ले दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)

हाम्रा छोराछोरीहरू

यहाँ "हाम्रा"ले दाजुभाइहरूलाई जनाउँछ । यसले ती साना छोराछोरीहरूलाई संकेत गर्छ जसको अनिकालको समयमा मर्ने सम्भावना धेरै थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

म तिनको जमानी हुनेछु

भाववाचक नाम "जमानी"लाई क्रियापद "प्रतिज्ञा"को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "म तिनलाई फिर्ता ल्याउने प्रतिज्ञा गर्नेछु ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

तपाईंले मसित लेखा लिनुहुनेछ

याकूबले यहूदासँग कसरी लेखा लिनेछन् भन्‍ने कुरा स्पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "बेन्यामीनलाई जे हुन्छ त्यसको बारे तपाईलाई जवाफ दिन तपाईले मलाई लगाउनुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

म ... त्यसको दोषी हुनेछु

अर्को अनुवाद: "मलाई ... त्यसको दोषी ठहराउनुहोला" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

किनकि हामीले ढिला नगरेका भए

विगतमा घटन सक्ने तर नघटेको कुनै कुरा बारे यहूदाले वर्णन गर्दैछन् । यहूदाले आफ्ना पितालाई तिनका छोराहरूलाई मिश्रमा अझ अनाज लिन पठाउन यति लामो प्रतिक्षा गरेको कारण गाली गर्दैछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-hypo)

हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ

"हामी दुई पल्ट फर्किसकेका हुने थियौँ"

translationWords

Genesis 43:11

त्यसो हो भने, अब यसो गर

"यदि यो मात्र हाम्रो उपाय हो भने गर"

Carry down

It was common to use the word "down" when speaking of traveling from Canaan to Egypt.

सुगन्धित लेप

छालालाई निको पार्न र जोगाउन प्रयोग गरिने मिठो वास्‍ना भएको एक चिल्लो पदार्थ । उत्पत्ति ३७:२५मा तपाईले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद‍ः "औषधी"

मसला

"मरमसला" । उत्पत्ति ३७:२५मा तपाईले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पेस्ता

एक प्रकारको सानो हरियो रुख बदाम (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-unknown)

हाडे-बदाम

मिठो स्वाद भएको एक प्रकारको रुख बदाम (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-unknown)

तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ

अर्को अनुवाद: "आफूहरूसँग दोब्बर रुपियाँ-पैसा पनि लिएर जाओ" /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ

वाक्यांश "फेला परेका"लाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "कसैले तिम्रो बोरामा राखिदिएको रुपियाँ-पैसा मिश्रमा लिएर जाओ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 43:13

तिमीहरूका भाइलाई पनि सँगै लैजाओ

"बेन्यामीनलाई पनि सँगै लैजाओ"

फेरि ती मानिसकहाँ जाओ

"ती मानिसकहाँ फर्क"

सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन्

भाववाचक नाम "कृपा"लाई विशेषण "दयालु"को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसलाई तिमीहरूप्रति दयालु हुने तुल्याऊन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

तिमीहरूका अर्का दाजु

"शिमियोन"

मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला

"यदि मैले मेरा छोराछोरीहरू गुमाउनैपर्छ भने म गुमाउला ।" यसको अर्थ याकूबलाई थाहा छ कि तिनका छोराहरूलाई जे हुन्छ त्यो तिनले स्वीकार गर्नुपर्छ ।

in their hand they took

Here "hand" refers to the entire person. AT: "they took" (See: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

मिश्रतर्फ झरे

कनानबाट मिश्रमा यात्रा गर्दा "तल झरे " वाक्यांश प्रयोग गर्नु सामान्य कुरा थियो ।

translationWords

Genesis 43:16

तिनीहरूसँगै बेन्यामीनलाई

"योसेफका दाजुहरूसँगै बेन्यामीनलाई"

आफ्नो घरको भण्डारेलाई

"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।

त्यसले ती मानिसहरूलाई ... ल्यायो

यहाँ "ल्यायो"लाई "लगे" लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-go)

योसेफको घरभित्र

"योसेफको घरभित्र"

translationWords

Genesis 43:18

तिनीहरू डराए

"योसेफका दाजुभाइहरू डराए"

ती मानिसहरू योसेफको घरमा लगिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "ती मानिसहरू योसेफको घरभित्र जादैथिए" वा "भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लैजादैथियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "कसैले हाम्रा बोराहरूमा फिर्ता राखेको रुपियाँ-पैसाको कारण भण्डारेले हामीलाई घरभित्र ल्याउदैछन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् । तिनले हामीलाई गिरफ्तार गरी

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले हामीलाई दोष लगाउन मौकाको प्रतिक्षा गरिरेका छन्, ताकि तिनले हामीलाई गिरफ्तार गरी"

we came down

It is common to use the phrase "came down" when speaking of traveling from Canaan to Egypt.

translationWords

Genesis 43:21

जोड्ने वाक्य:

दाजुभाइहरू घरको भण्डारेसँग बोल्न जारी राख्छ ।

It came about

This phrase is used here to mark an important event in the story. If your language has a way for doing this, you could consider using it here.

हामी विश्राम स्थलमा पुग्यौँ

"हामी रात बिताउन लागेको ठाउँमा आयौँ"

behold

The word "behold" here shows that the brothers were surprised by what they saw.

बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए

"हामी हरेकले आफ्नो बोरामा आफ्नो रुपियाँ-पैसाको पुरा रकम पायौँ"

हामीले ती हामीसँगै ल्याएका छौँ

अर्को अनुवादः "पैसा हामीले हामीसित ल्याएका छौँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ

अर्को अनुवादः "खानेकुरा किन्‍नको लागि हामीले थप पैसा पनि ल्याएका छौँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

brought down

It common to use the word "down" when speaking of traveling from Canaan to Egypt.

तपाईंहरूलाई शान्ति होस्

भाववाचक नाम "शान्ति"लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "विश्राम" (EN-UDB) वा "आफैलाई शान्त पार्नु होस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वर

भण्डारेले दुई बेग्लाबेग्लै परमेश्‍वरको बारे कुरा गरेको होइन । अर्को अनुवाद‍ः "तपाईका पिताले पुज्‍नु हुने परमेश्‍वर, तपाईका परमेश्‍वर" (EN-UDB)

translationWords

Genesis 43:24

तिनीहरूले आ-आफ्ना गोडा धोए

यस रीति रिबाजले लामो दुरी हिँडेपछि थाकेका यात्रुहरूलाई आफैलाई ताजा गर्न मदत गर्‍थ्यो । यस भनाइको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो

"दाना" पशुहरूको लागि अलग गरिएको खाने कुरा हो ।

translationWords

Genesis 43:26

तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू ... ल्याए

यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद‍ः "दाजुहरूले आफूसँग भएका उपहारहरू ... ल्याए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

निहुरेर तिनलाई ढोग गरे

यो सम्मान र आदर देखाउने एउटा तरिका हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)

translationWords

Genesis 43:28

तपाईंका दास हाम्रा पिता

तिनीहरूले आदर देखाउनको लागि आफ्ना पितालाई "तपाईका दास" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "तपाईको सेवा गर्ने हाम्रा पिता"

तिनीहरू भुइँमा लमतन्‍न परेर तिनलाई ढोग गरे

यी शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ । तिनीहरू ती मानिसको अगाडि तिनलाई आदर देखाउन भुइँमा लम्पसार परे । अर्को अनुवाद‍ः "तिनीहरूले तिनलाई दण्‍डवत् गरे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)

तिनले आफ्ना आँखा उठाउँदा

यसको अर्थ "तिनले माथि हेरे" । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

आफ्नी आमाका छोरा ... तिनले भने

यसलाई एउटा नयाँ वाक्यद्वारा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "आफ्नी आमाका छोरा ... योसेफले भने"

मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन् ?

सम्भावित अर्थहरू हुन्ः १) योसेफले यी मानिस बेन्यामीन हुन् भनेर निश्‍चय गर्न साँच्चै नै प्रश्‍न सोध्दैछन्, वा २) यो एउटा आलङ्कारिक प्रश्‍न हो । अर्को अनुवाद‍ः "त्यसो भए मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

मेरा छोरा

यो एक मानिस तल्लो दर्जाको अर्को मानिससँग बोल्ने एउटा मैत्रीपूर्ण तरिका हो । अर्को अनुवाद‍ः "जवान मानिस" (EN-UDB)

translationWords

Genesis 43:30

कोठाबाट बाहिर जान हतारिए

"कोठाबाट बाहिर हतारिदै गए"

किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए

"स्‍नेहले भरिए" वाक्यांशले कुनै महत्त्वपूर्ण घटना घटँदा हुने गहिरो भावना वा मनोभावलाई बुझाउँछ । अर्को अनुवाद‍ः "किनकि तिनीसित आफ्ना भाईको लागि गहिरो दयाको भावना थियो" वा "किनकि तिनीसित आफ्ना भाईको लागि गहिरो स्‍नेहको भावना थियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

भने

योसेफ को सित बोल्दै थिए भन्‍ने कुरा स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "आफ्ना सेवकहरूलाई भने" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

खाना ल्याओ

यसको अर्थ खाना पस्कनु हो ताकि मानिसहरूले खान सकून् ।

translationWords

Genesis 43:32

नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए

यसको अर्थ योसेफ, ती दाजुभाइहरू, र अरू मिश्रीहरू एउटै कोठाभित्र तिन अलग ठाउँहरूमा खाइरहेका छन् । अर्को अनुवाद‍ः "नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के अनि मिश्रीहरू जो तिनीसित खाइरहेका थिए तिनीहरू छुट्टै खाना खाए"

मिश्रीहरूले छुट्टै खाना खाए

यिनीहरू शायद अरू मिश्री अधिकारीहरू हुनसक्छन् जसले योसेफसँगै खाए तर यिनीहरू तिनी र हिब्रु दाजुभाइहरूबाट अलगै बसे ।

किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छः "तिनीहरूले यसो गरे किनकि मिश्रीहरूले सोचे कि हिब्रुहरूसँग खानु शर्मशील कुरा थियो ।"

could not eat bread

Here "bread" stands for food in general. (See: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

दाजुहरू योसेफका सामु बसे

हरेक दाजु वा भाइ कहाँ बस्‍ने भनेर योसेफले व्यवस्था गरेका थिए भन्‍ने कुरा निहित हो । यस निहित कुरालाई तपाईले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवाद‍ः " त्यस मानिसले तिनीहरूका स्थान मिलाए अनुसार दाजुभाइहरू तिनको वरपर बसे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका

सबै दाजुभाइहरू तिनीहरूका आ-आफ्नै जन्मको क्रम अनुसार बसेका थिए भनेर बुझाउन यहाँ "जेठा" र "कान्छा" एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-merism)

तिनीहरू सबै सँगसँगै छक्क परेका थिए

तिनीहरूले यो थाहा पाउँदा तिनीहरू ज्यादै चकित भए ।

तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो

वाक्यांश "पाँच गुणा"लाई अझै विस्तृतरूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तर बेन्यामीनले चाहिँ तिनका दाजुहरूले पाएका भन्दा निकै ठूलो भाग पाए"

translationWords