Genesis 42

Genesis 42 General Notes

Special concepts in this chapter
Famine

Apparently this famine extended beyond Egypt and encompassed the land of Canaan too. Because of Egypt's size and power, it would not have been unusual for people to go there in times of need. (See: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

Joseph's test

Joseph tests his brothers to see if they are good. They treat their brother Benjamin better than they treated Joseph and tried to protect him.

<< | >>

Genesis 42:1

Now Jacob became

The word "Now" marks a new part of the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

तिमीहरू किन एक-अर्कालाई हेर्छौ ?

याकूबले आफ्ना छोराहरूलाई अनाजको बारे केहि नगरेको कारण गाली गर्न प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "यहाँ त्यतिकै नबस् त" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

तल गएर ... गए

कनानबाट मिश्रमा जाँदा "तल" जाने भनेर कुरा गर्नु सामान्य थियो ।

मिश्र

यहाँ "मिश्र" ले अन‍ाज बेचिरहेका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "मिश्रमा अनाज बेचिरहेका मानिसहरू" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

याकूबले योसेफका भाइ बेन्यामीनलाई ... पठाएनन्

बेन्यामीन र योसेफका पिता र आमा एउटै थिए । योसेफले राहेलको अन्तिम छोरालाई पठाउने जोखिम लिन चाहेनन् ।(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 42:5

किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए

"आउने" शब्दलाई "जाने" भनेर अनुवाद गर्न सकिन्छ । साथै, "अनाज" र "मिश्र" शब्दहरू पनि यहाँ बुझिन्छ । अर्को अनुवाद‍ः "मिश्रमा अनाज किन्‍न जानेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-go/WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

Now Joseph

"Now" marks a change from the story to background information about Joseph. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

मिश्रका

"मिश्रभरिका" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

देशका सबै मानिस

यहाँ "देश"ले मिश्र र वरिपरिका देशहरूलाई समावेश गर्छ । अर्को अनुवाद‍ः "अनाज किन्‍न आएका सबै देशका सबै मानिस" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

योसेफका दाजुहरू आए

यहाँ "आए"लाई "गए" भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-go)

तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे

यो एउटा आदर देखाउने तरिका हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)

translationWords

Genesis 42:7

योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने

"जब योसेफले आफ्ना दाजुहरूलाई देखे, तिनले उनीहरूलाई चिने"

तिनले नचिनेका जस्तै

"तिनले आफू उनीहरूका भाइ नभए जस्तै व्यवहार गरे" वा "तिनले आफू उनीहरूका भाइ थिए भनेर उनीहरूलाई थाहा पाउन दिएनन्"

तिमीहरू कहाँबाट आएका हौ ?

योसेफलाई जवाफ थाहा भए तापनि यो एउटा आलङ्कारिक प्रश्‍न थिएन । यो तिनको आफ्ना दाजुहरूबाट आफ्नो पहिचान लुकाउने योजनाको हिस्सा थियो ।

translationWords

Genesis 42:9

तिमीहरू जासुस हौ

जासुसहरू यस्ता मानिसहरू हुन जसले एउटा देशलाई सहयोग गर्न अरू कुनै देशको गोप्य रूपमा जानकारी लिन प्रयास गर्छन् ।

तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ

स्पष्‍टसँग पुरा अर्थलाई लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरू हामीलाई आक्रमण गर्न हामीले हाम्रो देशलाई सुरक्षा नदिएका ठाउँहरू पत्ता लगाउन तिमीहरू आएका हौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

हजुर

यो कसैलाई आदरका साथ सम्बोधन गर्ने एउटा तरिका हो ।

तपाईंका दासहरू

दाजुहरूले आफैलाई "तपाईका दासहरू" भनेर बताएका छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "हामी, तपाईका दासहरू" वा "हामीहरू" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)

translationWords

Genesis 42:12

तिनले तिनीहरूलाई भने

"योसेफले आफ्ना दाजुहरूलाई भने"

तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ

स्पष्‍टसँग पुरा अर्थलाई लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरूले हामीलाई आक्रमण गर्न सकूँ भनेर हामीले हाम्रो देशलाई सुरक्षा नदिएका ठाउँहरू पत्ता लगाउन तिमीहरू आएका हौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

बार्‍ह जना दाजुभाइ

"१२ दाजुभाइ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

हेर्नुहोस्, कान्छो

"हामीलाई सुन्‍नुहोस्, कान्छो" । "हेर्नुहोस्" शब्द यहाँ तिनीहरूले भन्‍न लागेको अर्को कुरालाई जोड दिन प्रयोग गरिएको छ ।

कान्छोचाहिँ अहिले हाम्रा पितासित छन्

"हाम्रो कान्छा भाइ अहिले हाम्रा पितासित छन्"

translationWords

Genesis 42:14

त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ

"मैले तिमीहरूलाई अगि नै बताए झैँ, तिमीहरू जासुस हौ ।" उत्पत्ति ४२:९मा "जासुस"लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यसैद्वारा तिमीहरूको जाँच हुनेछ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यसरी मद्वारा तिमीहरूको जाँच गरिनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

फारोको शपथ खाएर

यस वाक्यांशले गम्भीरतापूर्वक खाएको शपथलाई संकेत गर्छ । अर्को अनुवाद‍ः "म फारोको शपथ खाएर"

तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ

"आफ्नो भाइलाई लिन जान आफूहरूमध्ये एक जनालाई छान"

तिमीहरू झ्यालखानामा हालिन्छौ

"तिमीहरू बाँकीचाहिँ झ्यालखानामा रहनेछौ"

तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "ताकि तिमीहरूले सत्य बोलेका हौ कि होइनौ भनेर मैले पत्ता लगाउन सकुँ भनी" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

कैदखानामा

"झ्यालखानामा" (EN-UDB)

translationWords

Genesis 42:18

तेस्रो दिनमा

"तेस्रो" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "दोश्रो दिनपछि" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

यसो गर, र तिमीहरू बाँच्‍नेछौ

बुझेको जानकारीलाई स्पष्‍टसति लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि मैले भनेको कुरा तिमीहरूले गर्नेछौ भने म तिमीहरूलाई बाँच्‍न दिनेछु"(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

परमेश्‍वरदेखि डराउँछु

यसले भित्री हृदयदेखि परमेश्‍वरप्रतिको आदर र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई देखाउने कुरालाई बुझाउँछ ।

एक जनालाई यही झ्यालखानामा छोड

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरूका दाजुभाइहरू मध्ये एक जनालाई यहीँ झ्यालखानामा छोडियोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

र तिमीहरूचाहिँ जाओ

यहाँ "तिमी" बहुवचन हो र झ्यालखानामा नबस्‍ने सबै दाजुभाइहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "र तिमीहरू बाँकी चाहिँ जाओ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)

तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ

अर्को अनुवाद‍ः "यस अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन आफूसित घरमा अनाज लिएर जाओ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

र तिमीहरूको कुरा साँचो ठहरिनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "र तिमीहरूले भनेको कुरा साँचो रहेछ भनेर मैले जान्‍न सकुँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिमीहरू मर्नेछैनौ

यसले बताउछ कि यदि तिनीहरू जासुसहरू रहेछन् भनेर तिनले थाहा पाए भने योसेफले आफ्ना सैनिकहरूलाई ती दाजुहरूलाई मार्न लगाउनेछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 42:21

तिनको व्याकुलता हामीले देख्यौँ

"तिनको" शब्दले योसेफलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफ कति व्याकुल थिए भनी हामीले देख्यौँ" वा "योसेफले दुःख भोगिरहेका हामीले देख्यौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो

भाव वाचक नाम "व्याकुलता"लाई क्रिया "दुःख भोगेको" लेख्‍न सक्छौ । अर्को अनुवाद‍ः "त्यसैले हामीले अहिले यस्तो दुःख भोगिरहेका छौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र ? तर तिमीहरूले मेरो कुरा सुनेनौँ

रूबेनले आफ्ना भाइहरूलाई गाली गर्न प्रश्‍नको प्रयोग गर्छ । अर्को अनुवाद‍ः "त्यस केटोलाई हानि नगर भनेर मैले तिमीहरूलाई भने तर तिमीहरूले मेरो कुरा सुनेनौँ!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र ?

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "त्यस केटोको विरुद्धमा पाप नगर भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र ?" अथवा "त्यस केटोलाई हानि नगर भनेर मैले भने," (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes and /WA-Catalog/en_tm?section=translate#figs-quotations)

अब

यहाँ "अब"ले "अहिलेको समयमा" जनाउदैन," तर पछि आउने महत्वपूर्ण विषयप्रति ध्यान केन्द्रित गराउन यो प्रयोग गरिएको छ ।

हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ

यहाँ "रगत"ले योसेफको मृत्युलाई जनाउँछ । तिनका दाजुहरूले योसेफ मरे भनी सोचे । वाक्यांश "हामीले ... रगतको बदला भोग्‍नुपर्छ" को अर्थ तिनीहरूले गरेको कामको लागि तिनीहरूले सजाय भोग्‍नुपर्छ । अर्को अनुवाद‍ः "हामीले तिनको मृत्युको कारण पाउनु पर्ने सजाय पाइरहेका छौ" वा "हामीहरूले तिनीलाई मारिन दिएका हुनाले हामीहरूले दुःख भोगीरहेका छौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy and /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 42:23

तिनीहरूले थाहा पाएनन् ... तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति

यो मुख्य कथावस्तुदेखि योसेफले तिनीहरूलाई किन बुझ्‍न सक्दैनन् भनेर तिनका दाजुहरूले सोचे भनेर वर्णन गरेको पृष्ठभूमिको कुरातिर सर्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-background)

अर्थ खोल्ने व्यक्ति

"अर्थ खोल्ने व्यक्ति" त्यो हो जसले कुनै व्यक्तिले अर्कै भाषामा बोलेको कुरालाई अनुवाद गर्छ । आफूले तिनीहरूको भाषा बोल्दैनन् भनेर देखाउन योसेफले आफ्नो र आफ्ना दाजुहरूको बिचमा अर्थ खोल्ने व्यक्तिलाई राखे ।

तिनी तिनीहरूबाट एकातिर गई रोए

यसेफले तिनका दाजुहरूले भनेका कुरा सुनेपछि तिनी भावुक भएको कारण तिनी रोए भनेर यसले बुझाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूसित कुराकानी गरे

योसेफले अझै अर्कै भाषामा बोलिरहेका थिए र तिनका दाजुहरूसँग कुरा गर्न अर्थ खोल्ने व्यक्तिको मार्फत बोलिरहेका थिए । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे

यहाँ "आँखा"ले तिनीहरूको नजरलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनीहरूको नजरमा तिनलाई बाँधे" वा "तिनीहरूले हेरिरहँदा तिनलाई बाँधे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

सरसामानको बन्दोवस्त गरिदिन

"तिनीहरूलाई चाहिने सबै थोकहरू दिन"

It was done for them

This can be stated in active form. AT: "The servants did for them everything that Joseph commanded" (See: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 42:26

विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो

"तिनीहरू रातको लागि एउटा ठाउँमा बस्ँदा दाजुहरूमध्ये एकले तिनको गधाको लागि दाना झिक्न आफ्नो बोरा खोले । बोरामा तिनले आफ्नो रुपियाँ-पैसा देखे ।

Behold

The word "behold" here alerts us to pay attention to the surprising information that follows.

मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "कसैले मेरो रुपियाँ-पैसा फिर्ता राखेको छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

हेर त

"मेरो बोरामा हेर त!"

तिनीहरूको हंसले ठाउँ छाड्यो

"डराउनु" लाई तिनीहरूको हंसले सच्चै नै कुनै ठाउँ छाडेको जत्तिकै बताएको छ । यहाँ "हंस"ले तिनीहरूको साहस र होसलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनीहरू ज्यादै डराए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor and /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 42:29

देशका मालिक

"मिश्रका मालिक"

कठोरतापूर्वक बोले

"कडासित बोले "

हामी त्यहाँ जासुस भएर

जासुसहरू यस्ता मानिसहरू हुन जसले एउटा देशलाई सहयोग गर्न अरू कुनै देशको गोप्य रूपमा जानकारी लिन प्रयास गर्छन् । उत्पत्ति ४२:९मा "जासुस"लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ । हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन ... कनान

यसमा उद्धरण भित्र पनि उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हामीले तिनलाई हामी इमानदार मानिसहरू हौँ र जासुस होइनौँ भनेर भन्यौँ । हामीले भन्यौँ कि हामी बार्‍ह जना दाजुभाइ छौँ , र एउटै पिताका छोराहरू हौँ । साथै एक जना भाइ अब जीवित छैन ... कनान" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

एक जना अब जीवित छैन

यहाँ "भाइ" शब्द बुझिन्छ । अर्को अनुवाद‍ः "एक जना भाइ अब जीवित छैन" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन्

यहाँ "भाइ" शब्द बुझिन्छ । अर्को अनुवाद‍ः "कान्छो भाइचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

translationWords

Genesis 42:33

देशका मालिक

"मिश्रका मालिक"

अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर

अर्को अनुवाद‍ः "अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन अनाज लिएर"

आफ्नो बाटो लाग

"घर जाओ" वा "जाओ"

र तिमीहरू यस देशमा व्यापार गरेर बस

"र म तिमीहरूलाई यस देशमा कि‍नबेच गर्न दिनेछु"

translationWords

Genesis 42:35

It came about

This phrase is used here to mark an important event in the story. If your language has a way for doing this, you could consider using it here.

behold

"to their surprise." The word "behold" here shows that the brothers were surprised by what they saw.

तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ

"तिमीहरूले मबाट मेरा छोराहरूलाई खोसेका छौ ।" वा "तिमीहरूले मलाई मेरा दुई जना छोराहरू गुमाउने बनाएका छौ ।"

यी सबै कुरा मेरो विरुद्धमा छन्

"यी सबै कुराले मलाई चोट पुर्‍याउछन्"

translationWords

Genesis 42:37

तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्

यो बेन्यामीनलाई आफूसँग लगी यात्रामा तिनको हेरविचार गर्नको लागि रूबेनले गरेको अनुरोध हो । अर्को अनुवाद‍ः "मलाई तिनको जिम्मा दिनुहोस्" वा "मलाई तिनको हेरविचार गर्न दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मेरो छोरो तिमीहरूसितै तल जानेछैन

कनानबाट मिश्रमा जाँदा "तल जाने" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा थियो । अर्को अनुवाद‍ः "मेरो छोरो बेन्यामीन तिमीहरूसँग मिश्रमा जानेछैन"

तिमीहरूसितै

यहाँ "तिमी" बहुवचन हो र यसले याकूबका जेठा छोराहरूलाई जनाउँछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)

किनकि तिनका दाजु मरिसके र तिनी एकलै छन्

यसको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "किनकि मेरी पत्‍नी राहेलका दुई सन्तान मात्र थिए । योसेफ मरिसके र बेन्यामीन मात्र बाँकी छन् ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिमीहरू जाने बाटोमा

"तिमीहरू मिश्रतिर यात्रा गर्दैगर्दा र फर्कदा" वा "तिमीहरू टाढाहुँदा" । यहाँ "बाटो" ले यात्रा गर्ने कामलाई जनाउँछ ।

भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ

"तिमीहरूले ... पातालमा पुर्‍याउनेछौ" को अर्थचाहिँ तिनीहरूले उनलाई मरेर पातालमा जाने बनाउनेछन् । अर्को अनुवाद‍ः "भने तिमीहरूले म बुढो मानिसलाई शोकले मर्ने तुल्याउनेछौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

मेरो फुलेको कपाललाई

यसले याकूबलाई जनाउँछ र तिनको वृद्ध अवस्थालाई जोड दिन्छ । अर्को अनुवाद‍ः "म बुढो मानिसलाई" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords