Genesis 30

Genesis 30 General Notes

Structure and formatting

This chapter continues the story of the conflict between Rachel and Leah.

Special concepts in this chapter
Women and their children

In the ancient Near East, it was important for a married woman to have many children. If a woman did not have many children, people believed it brought shame upon her. This is one of the reasons why Rachel and Leah were always jealous of each other. (See: /WA-Catalog/en_tw?section=kt#jealous)

Speckled and spotted

Speckled and spotted sheep were considered to be imperfect. Therefore, they were considered to be much less valuable than the spotless sheep. Despite Jacob's fair offer, Laban once again tried to cheat him out of something he deserved. Jacob anticipated Laban's cheating.

<< | >>

Genesis 30:1

आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर

"आफू गर्भवती हुन नसक्‍ने कुरा थाहा पाएर"

म मर्नेछु

राहेल छोराछोरी नभएकोमा कति दुखित छिन् भन्‍ने कुरा दर्साउन तिनले hyperbole प्रयोग गर्छिन् । अर्को अनुवादः "म पूर्णतवरले बेकाम महसुस गर्नेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)

मलाई सन्तान दिनुहोस्

"मलाई गर्भवती हुने बनाउनुहोस्"

राहेलमाथि याकूबको क्रोध दन्कियो

याकूबको क्रोधबारे यसरी भनिएको छ कि मानौँ त्यो एउटा आगो थियो । अर्को अनुवादः "याकूब राहेलसँग धेरै रिसाए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्‍वरको स्थानमा छु र?

यो आलङ्‍कारिक प्रश्‍न हो जसलाई याकूबले राहेललाई गाली गर्न प्रयोग गर्छन् । यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म परमेश्‍वर होइन! तिमीलाई सन्‍तान हुनेबाट रोक्‍ने म त्यो व्यक्ति होइन!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 30:3

उनले भनिन्

"राहेलले भनिन्"

हेर्नुहोस्

"सुन्‍नुहोस्" अथवा "म के भन्‍न लागेकी छु ध्यान दिनुहोस् ।" यसले अब राहेलले के भन्‍न लागेकी छे त्यो कुरामा जोड दिन्छ ।

मेरी कमारी बिल्हा यहीँ छे ... त्यसद्वारा मसित सन्तान हुनेछ

त्यो समयमा, बाँझी स्‍त्रीले कानुनी रूपमा सन्तान उनको हुने गरी पाउनलाई यो तरिका स्वीकारिय थियो । यसको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

बिल्हा

यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

on my knees

This is a way of saying that the child that Bilhah gives birth to will belong to Rachel. AT: "for me" (See: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

त्यसद्वारा मसित सन्तान हुनेछ

"र यो उपायद्वारा त्यसले गर्दा मेरो सन्तान हुनेछ"

translationWords

Genesis 30:5

बिल्हा

यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

याकूबको निम्ति एउटा छोरो जन्माई

"याकूबको निम्ति एउटा छोरो जन्माई"

उनले त्यसको नाउँ ... राखिन्

"उनले त्यसलाई ... नाउँ दिइन्"

उनले त्यसको नाउँ दान राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "दान नामको अर्थ हो 'उहाँले न्याय गर्नुभयो ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 30:7

बिल्हा फेरि गर्भवती भई

"बिल्हाले फेरि गर्वधारण गरिन्"

याकूबको निम्ति दोस्रो छोरो जन्माई

"याकूबको निम्ति दोस्रो छोरो जन्माई"

निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि

"निकै सङ्घर्ष गरेर" वाक्यांश जोड दिनको लागि प्रयोग गरिएको वाक्पद्धति हो । यो एउटा रूपक पनि हो जसले आफ्‍नी दिदीले झैँ राहेलले सन्तान पाउन खोजेको कुरा यसरी बताउँछ कि मानौँ उनी आफ्‍नी दिदी लेआसँग शारीरिक लडाइँ लड्दै थिइन् । अर्को अनुवादः " मैले आफ्नी दिदी लेआले झैँ सन्तान पाउन ठूलो सङ्घर्ष गरेकी छु" (UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-metaphor)

जित हासिल गरेको छु

"मैले जितेको छु" अथवा "म सफल भएको छु"

त्यसको नाउँ नप्ताली राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "नप्ताली नामको अर्थ हो 'मेरो सङ्घर्ष ।"

translationWords

Genesis 30:9

When Leah saw that

"When Leah became aware that"

उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन्

"उनले आफ्नी कमारी जिल्पालाई याकूबकी पत्‍नीको रूपमा दिइन्"

जिल्पा

यो लेआकी कमारीको नाम हो । २९:२४ मा हेर्नुहोस् तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो ।

याकूबको निम्ति एउटा छोरो जन्माई

"याकूबको निम्ति एउटा छोरो जन्माई"

भाग्यमानी

"कस्तो भाग्यमानी!" अथवा "कस्तो राम्रो भाग्य!"

उनले त्यसको नाउँ गाद राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः गाद नामको अर्थ हो 'भाग्यमानी ।"

translationWords

Genesis 30:12

जिल्पा

यो लेआकी कमारीको नाम हो । २९:२४ मा हेर्नुहोस् तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

दोस्रो छोरो जन्माई

"दोस्रो छोरो जन्माई"

म सुखी छु

"म कति आशिषित् छु!" अथवा "म कति सुखी छु!"

स्‍त्रीहरू

"जवान स्‍त्रीहरू"

त्यसको नाउँ आशेर राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "आशेर नामको अर्थ हो 'सुखी ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 30:14

रूबेन ... गए

रूबेन ... बाहिर गए

गहुँ कटनी गर्ने समयमा

यहाँ "समयमा" वाक्यांश एक वाक्पद्धति हो जसले मौसम अथवा वर्षको समयलाई जनाउँछ । अर्को अनुवादः "गहुँ कटनी गर्ने वर्षको समयमा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

विशाखमूलहरू

यो फल हो जसले प्रजनन र आफ्नो प्रेमीप्रेममिकासँग सुत्‍ने चाहना बढाउछ । अर्को अनुवादः "प्रेम फल" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-unknown)

के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र?

"के तिमीले मेरा पति मबाट लैजानु तिमीलाई वास्ता छैन र?" यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्‍कारिक प्रश्‍न हो । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले मेरा पति मबाट लैजानु यो धेरै नराम्रो हो ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

अब तिमी मेरो ... चाहन्छ्यौ?

यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्‍कारिक प्रश्‍न हो । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः अब तिमी मेरो ... चाहन्छ्यौ!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

तिनी ... सुत्‍ने छन्

"याकूब ... सुत्‍ने छन्" अथवा "म याकूबलाई सुत्‍न दिनेछु"

translationWords

Genesis 30:16

मेरो छोराका विशाखमूलहरू दिएर

"मेरो छोराका विशाखमूलहरूको मूल्यको लागि ।" ३०:१४ मा तपाईंले "विशाखमूलहरू" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उनी गर्भवती भएर

"उनी गर्भवती भएर"

याकूबको निम्ति पाँचौँ छोरो जन्माइन्

"याकूबको निम्ति पाँचौ छोरो जन्माई"

परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ

परमेश्‍वरले लेआलाई इनाम दिनुभएको कुरा भनिएको छ मानौँ मालिकले आफ्नो निम्ति काम गर्ने कुनै व्यक्तिलाई ज्याला दिइरहेको छ । अर्को अनुवादः "परमेश्‍वरले मेरो .......... पाउनु पर्ने कुरा दिनुभएको छ" अथवा "परमेश्‍वरले मलाई इनाम दिनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

उनले त्यसको नाउँ इस्साखार राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "इस्साखार नाउँको अर्थ हो 'त्यहाँ इनाम छ ।"

translationWords

Genesis 30:19

लेआ फेरि गर्भवती भइन्

"लेआ फेरि गर्भवती भइन्"

याकूबको निम्ति छैटौँ छोरो जन्माइन्

"याकूबको निम्ति छैटौँ छोरो जन्माइन्"

उनले त्यसको नाउँ जबूलून राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "जबूलून नामको अर्थ हो 'इज्‍जत ।"

त्यसको नाउँ दीना राखिन्

यो लिआकी छोरीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 30:22

परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो

"याद गर्नुभयो" वाक्यांशले सम्‍झनु भन्‍ने अर्थ दिन्छ । यसको मतलब यो होइन कि परमेश्‍वरले राहेललाई बिर्सनुभयो । यसको मतलब यो हो कि परमेश्‍वरले उनको बिन्‍ती विचार गर्नुभयो । अर्को अनुवादः "परमेश्‍वरले राहेलको बिन्तीलाई विचार गर्नुभयो र उनले इच्छाएको कुरा पूरा गर्नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ

परमेश्‍वरले अब उप्रान्त राहेललाई लज्‍जित महसुस नगर्ने तुल्याउनु भयो भनी भनिएको छ मानौँ "लाज" एक वस्‍तु थियो जसलाई व्यक्तिले कसैबाट हटाउन सक्‍छ । "लाज" भाव वाचकलाई "लज्‍जित" को रूपमा जनाउन सकिन्छ। अर्को अनुवादः "परमेश्‍वरले मलाई अब उप्रान्त लज्‍जित महसुस नगर्ने तुल्याउनु भएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor/WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

त्यसको नाउँ योसेफ राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "योसेफ नामको अर्थ हो 'उहाँले थपून्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ

रहेलका अगाडिका छोराहरू उनको कमारी बिल्हाबाट भएका थिए ।

translationWords

Genesis 30:25

राहेलले योसेफलाई जन्माएपछि

"राहेलले योसेफलाई जन्म दिए पछि"

जान सकूँ

"मलाई जान दिनुहोस्"

मैले तपाईंको सेवा गरेको त तपाईंलाई थाहै छ

याकूबले लाबानलाई तिनीहरूको सम्झौता स्मरण गराउँदै छन् (२९:२७) । "सेवा" भाव वाच्यलाई "सेवा गरे" को रूपमा भन्‍न पनि सकिन्छ । अर्को अनुवादः "तपाईंलाई थाहै छ मैले तपाईंको सेवा धेरै नै लामो समयदेखि नै गरेको छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

translationWords

Genesis 30:27

लाबानले तिनलाई भने

"लाबानले याकूबलाई भने"

मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भने

"मैले तिम्रो दृष्टिमा" वाक्यांश लक्षणा हो जसले याकूबका सोचहरू वा विचारहरू प्रस्‍तुत गर्छ । अर्को अनुवादः "यदि मैले तिमीमा निगाह पाएको छु भने" अथवा "यदि तिमी मसँग प्रसन्‍न छौँ भने" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

निगाह पाएको छु

यो वाक्‌पद्दति हो जसले भन्छ कि कुनै व्यक्ति कसैद्वारा स्वीकार गरिको छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

पर्ख, किनभने

"कृपया बस, किनभने"

पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु

"मैले मेरो आत्मिक र जादुगरी अभ्यासद्वारा पत्ता लगाएको छु"

तिम्रो कारण

तिम्रो लागि

तिम्रो ज्याला कति भयो

यो अझ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "मलाई भन तिमीलाई यहाँ राख्‍न मैले कति तिर्नुपर्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 30:29

याकूबले लाबानलाई भने

"याकूबले लाबानलाई भने"

तपाईंका गाईबस्तु कसरी सप्रेका छन्

"मैले तपाईंका गाईबस्तु हेरचाह गर्न थालेको देखि तिनीहरू कसरी सप्रेका छन्"

म आउनुअगि तपाईंसित थोरै मात्र थियो

"मैले तपाईंको लागि काम गर्न भन्दा अगि तपाईंका बगालहरू थोरै थिए"

तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन्

"तर अहिले तपाईंको सम्पत्ति धेरै नै वृद्धि भएको छ"

अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?

"अब मैले मेरो परिवारको कहिले हेरचाह गर्ने?" याकूबले आफ्नै परिवारको लागि जुटाउन शुरु गर्न चाहन्छन् भनी जोड दिन तिनले यो प्रश्‍न गर्छन् । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "अब म आफ्नो परिवारको हेरचाह गर्न चाहन्छु!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 30:31

म तिमीलाई के दिऊँ

"म तिमीलाई के दिन सक्छु ।" यो अझ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "म तिमीलाई के दिन सक्छु ताकि तिमी यहीँ रहेर मेरो लागि काम गर्न सक" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit).

तपाईंले मलाई केही दिनुभयो भने

याकूबले चाहेको यो एक कुरोलाई संकेत गर्न, संयोजन गर्ने शब्द "तर" थप्‍न सकिन्छ । अर्को अनुवादः "तर तपाईंले मलाई केही दिनुभयो भने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

this thing

The phrase "this thing" refers to what Jacob will propose in verse 32.

तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ

तपाईंको बगाललाई खुवाउने र हेरचाह गर्नुपर्ने हुन्छ"

बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले,हरेक पेटारे र हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले र पेटारे छुट्‌ट्याउन

"र हरेक थोप्लाहरू भएको भेडा, हरेक कालो भेडा, र हरेक थोप्लाहरू भएका बाख्रा छुट्‍याउन"

यी मेरा ज्याला हुनेछन्

"यहाँ मलाई राख्‍नलाई यो ज्याला हुनेछ"

translationWords

Genesis 30:33

मेरो सत्यनिष्ठा‌ले नै मेरो गवाही दिनेछ

"सत्यनिष्ठा‌" शब्द भनेको "इमानदारी" हो । यसले सत्यनिष्ठा‌को बारे भन्दछ मानौँ यो एउटा व्यक्ति थियो जसले अर्को व्यक्ति विरुद्ध गवाही दिन सक्छ । अर्को अनुवादः "र पछि तपाईंले थाहा पाउनुहुनेछ कि म तपाईंप्रति इमानदार थिए कि थिएन भनेर" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-personification)

बाख्राहरूका बिचमा थोप्ले र पेटारे नभएको अनि थुमाहरूका बिचमा कालो नभएको मध्ये कुनै फेला पारियो भने ती मैले चोरेको ठहरिनेछ

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले कुनैपनि थोप्‍लो बिनाको बाख्रा र अथवा कालो नभएको कुनै भेडा फेला पार्नु हुन्छ भने, तपाईंले ती चोरिएको ठहराउन सक्‍नु हुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिम्रो वचनअनुसार नै होस्

यहाँ "वचन"ले कुनै भनिएको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिमीले भने जस्तो हुनेछ" अथवा "तिमीले भनेको कुरा हामी गर्नेछौँ" (EN-UDB)

translationWords

Genesis 30:35

थोप्ले र पेटारे

"थोप्ला र पेटारा भएका"

सबै थोप्ले र पेटारे

"थोप्ला भएका"

सेतो दाग भएका सबै

"त्यसमा केही सेता कुरा भएका सबै बाख्राहरू"

अनि थुमाहरूका बिचमा भएका सबै काला थुमाहरू

"र सबै काला थुमाहरू"

ती ... दिए

अर्को अनुवादः "ती हेरचाह गर्ने उनका छोराहरू थिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 30:37

ताजा लहरे-पीपल, हाडे बदाम र चिनारका रूख

यी सबै सेता काठ भएका रूखहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-unknown)

र तिनमा सेतो धर्का बनाउनलाई बोक्राहरू ताछे

"काठ भित्रका सेता भाग देखून् भनेर बोक्राहरू ताछे"

पानी पिउन आउने डूँड

जनावारहरूको निम्ति पिउन पानी राखिएको लामो खुल्ला भाँडो

translationWords

Genesis 30:39

ती बगालहरू ... ब्याए

"बथानका पशुहरू गर्भवती भए" वा "जनावरहरूले सहवास गरे"

छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए

"पेटारा र थोप्ला भएका पाठापाठीहरू ब्याए"

याकूबले ... छुट्‌ट्याए

केहि वर्षमा यो भएकोथियो भनेर यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पछिका केहि वर्षहरूको समयमा, याकूबले ... छुट्‌ट्याए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

जनावरहरूतिर फर्काएर

"जनावरहरूतिर हेर्न लगाएर"

तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे

"तिनले आफ्नो बगाल अलग्ग्याए"

translationWords

Genesis 30:41

बगालहरूका सामुन्ने

अर्को अनुवादः ताकि बगालहरूले तिनीहरूलाई देख्‍न सकून्" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

हाँगाहरूकै बिचमा

"हाँगाहरूकै अगाडि"

कमजोर जनावरहरू

"कमजोर जनावरहरू"

यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए

"यसरी जनावरका कमजोर बच्‍चा लाबानका भए भने जनावरका बलिया बच्‍चा याकूबका भए ।" तपाईंले यसलाई अझै स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "यसरी जनावरका कमजोर बच्चाहरूमा पेटारा वा थोप्‍ला थिएन र ती लाबानका भए भनेजनावरका बलिया बच्‍चाहरूमा पेटारा वा थोप्‍ला थिए र ती याकूबका भए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 30:43

The man

"Jacob"

ज्यादै उन्‍नति गरे

"धेरै उन्‍नति गरे" अथवा "ज्यादै धनी भए"

translationWords