1 जब येशूले आफ्ना बाह्रजना चेलाहरूलाई तिनीहरूले के के गर्नुपर्छ भन्ने बारेमा सुझाव दिएर सिध्याउनुभयो, उहाँले तिनीहरूलाई इस्राएलका विभिन्न नगरहरूमा पठाउँनुभयो । त्यसपछि उहाँ त्यस इलाकामा भएका इस्राएलका अरू सहरहरूमा सिकाउन र प्रचार गर्न जानुभयो । 2 बप्तिस्मा दिने यूहन्ना जेलमा हुँदा, ख्रीष्टले गर्दै गरेका कामको बारेमा तिनले सुने । यसैले तिनले आफ्ना केही चेलाहरूलाई उहाँकहाँ पठाएर 3 उहाँलाई सोधे, “अगमवक्ताहरूले आउनुहुन्छ भनेका ख्रीष्ट के तपाईं नै हुनुहुन्छ वा हामीले अरू कसैको आशा गर्नुपर्ने हो ?” 4 येशूले यूहन्नाका चेलाहरूलाई जवाफ दिनुभयो, “फर्केर जाऊ र मैले मानिसहरूलाई जे भनेको तिमीहरूले सुन्यौ र मैले जे गरेको तिमीहरूले देख्यौ त्यो यूहन्नालाई खबर गर । 5 मैले दृष्टिविहीन मानिसहरूलाई फेरि देख्ने र लङ्गडा मानिसहरू हिँड्ने बनाउँदै छु । मैले कुष्ट रोग लागेका मानिसहरूलाई ोनिको पार्दै छु । मैले बहिरा मनिसहरूलाई फेरिी सुन्ने बनाउँदै छु र मरेका मानिसहरूलाई फेरि जीवित बनाउँदै छु । मैले गरिब मानिसहरूलाई परमेश्वरको सुसमाचार सुनाउँदै छु । 6 अझ अरू, यूहन्नालाई भन कि मानिसहरूले मैले गर्दै आएको कामलाई मन नपराएको कारणले मलाई विश्वास गर्न छोड्दैनन् ती मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ ।” 7 जब यूहन्नाका चेलाहरू गएपछि, येशूले यूहन्नाको बारेमा मानिसहरूको भिडसित कुरा गर्न लाग्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा यूहन्नालाई हेर्न गएका जाँदा, तिमीहरूले के हेर्ने आशा राखेर गर्यौ ? तिमीहरू त्यहाँ हावाले हल्लाएको अग्ला घाँसहरू मात्र हेर्न गएका थएनौ, थियौ त ? 8 यसैले तिमीहरूले कस्तो किसिमको व्यक्तिलाई हेर्ने आशा गर्यौ ? निश्चय नै महङ्गा लुगाहरू लगाएका मानिसलाई हेर्न होइन । अहँ ! तिमीहरू राम्ररी जान्दछौ कि त्यस किसिमका लुगा लगाउने मनिसहरू राजाहरूका दरवारहरूमा बस्छन् र उजाड-स्थानमा होइन । 9 यसैले साँच्चै नै, तिमीहरू कस्ता किसिमको व्यक्तिलाई हेर्ने आशा राख्यौ ? एक अगमवक्तालाई ? ओ, हो ! म यो भन्छुः यूहन्ना कुनै साधारण अगमवक्ता मात्र होइनन् । 10 कसैले धर्मशास्त्रमा यस्तो लेख्दा र भन्दा, परमेश्वरले सङ्केत गर्नुभएको तिनलाई नै हो, ‘यो कुरा ध्यान देऊ ! तपाईंको आगमनको तयारी गर्नलाई तपाईंको अघि-अघि जानलाई मैले एक सन्देशवाहकलाई पठाउँदै छु ।’ 11 यो कुरा ध्यान देऊः पृथ्वीमा जीवन बिताएका सारा मानिसहरूमध्ये, तिनीहरूमध्ये कसैलाई पनि परमेश्वरले बप्तिस्मा दिने यूहन्नाभन्दा महान ठान्नुभएन । तापनि, स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा कुनै प्रतिष्ठा नभएका मानिसहरू पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान हुन्छन् भनी उहाँ विचार गर्नुहुन्छ । 12 बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेको समयदेखि अहिलेसम्म, स्वर्गको परमेश्वरको राज्य ल्याउन केही मानिसहरूले आफ्नै तरीकाले कोसिस गरिरहेका छन्, र यस उदेश्यका निम्ति तिनीहरूले बल प्रयोग गरिरहेका छन् । 13 मैले यूहन्नाका बारेमा भनेका सबै कुरा, बप्तिस्मा दिने यूहन्नाको समयसम्म नै, अगमवक्ताहरूले जे लेखेका छन् र व्यवस्थाले जे भनेको छ, त्यसमा तिमीहरूले पढ्न सक्छौ । 14 त्यो मात्र होइन, तर तिमीहरू यो कुरा बुझ्न इच्छा गर्छौ भने, म तिमीलाई भन्ने छु, यूहन्ना वास्तवमा नै भविष्यमा आउने एक अगमवक्ता, दोस्रो एलिया हुन् । 15 तिमीहरू यसलाई बुझ्ने इच्छा गर्छौ भने, मैले भर्खरै भनेका कुरालाई तिमीहरूले होशियारसाथ विचार गर्नुपर्छ । 16 तर तिमीहरू र अहिले बाँचीरहेका अरू मानिसहरू, तिमीहरू बजारमा खेल खेलिरहेका बाल-बालिकाजस्तै हौ । तिनीहरूमध्ये कसैले आफ्ना मित्रहरू भन्छन्, 17 ‘हामीले तिमीहरूका निम्ति बाँसुरीको रमाइलो सङ्गीत-धुन बजायौँ तर तिमीहरूले नाच्न मानेनौ ! तब हामीले तिमीहरूका निम्ति अन्त्येष्टिको उदास गीतहरू गायौँ, तर तिमीहरूले रुन मानेनौ !’ 18 यूहन्ना र म दुवैसँग तिमीहरू असन्तुष्ट भएको कारणले म तिमीहरूलाई यसो भन्दै छु ! जब यूहन्ना आए र तिमीहरूलाई प्रचार गरे, मानिसहरूमध्ये धेरैले गरेझैं, तिनले असल खाना खाएनन् र दाखमद्य पिएनन् । तर तिमीहरूले तिनलाई इन्कार गर्यौ र भन्यौ, ‘त्यसलाई एउटा दुष्ट आत्माले अधीन गरेको छ !’ 19 म, मानिसको पुत्र, यूहन्नाजस्तै भइन । अरू मानिसहरूले जस्तो खान्छन्, म त्यस्तै खाना खान्छु र दाखमद्य पिउँछु । तर तिमीहरूले मलाई पनि इन्कार गर्छौ र भन्छौ, ‘हेर ! यो मानिसले धेरै खाना खान्छ र धेरै दाखमद्य पिउँछ, र यसले कर उठाउँनेहरू र अरू पापीहरूसँग मित्रता गर्छ !’ तर कुनै व्यक्ति साँच्चै बुद्धिमान छ भने, उसले त्यो असल कामहरूले देखाउने छ ।” 20 यशूले आफ्ना आश्चर्य कामहरूमध्ये धेरैजसो गर्नुभएका नगरहरूमा भएका मानिसहरूले अझै पनि परमेश्वरमा फर्कन इन्कार गरे । यसैले तिनीहरूलाई यसो भन्दै उहाँले तिनीहरूलाई हप्काउन सुरु गर्नुभयो, 21 “खोराजिनका सहरमा बस्ने मानिसहरू र बेथसेदाका सहरमा बस्ने तिमीहरू, तिमीहरूले कति डरलाग्दो कष्ट भोग्ने छौ ! मैले तिमीहरूका सहरहरूमा ठूला आश्चर्यकामहरू गरेँ, तर तिमीहरूले पाप गर्न छोडेनौ । टायर र सिदोन सहरहरूमा मैले धेरै पहिले यी कामहरू गरेको भए, ती दुष्ट मानिसहरूले निश्चय नै पाप गर्न छोड्ने थिए; तिनीहरू कोराको लुगा लगाउने थिए र आफ्नो आगोको चिसो खरानीमा बस्ने थिए, यसरी तिनीहरू अत्यन्त दुःखी हुने थिए । 22 म तिमीहरूलाई यो भन्छुः टायर र सिदोन सहरहरूमा बसोबास गर्ने दुष्ट मानिसहरूलाई परमेश्वरले दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्यरूपमा दण्ड दिनुहुने छ । 23 कफर्नहुम सहरमा बस्ने मानिसहरूलाई पनि मैले केही भन्नु छ । अरूहरूले तिमीहरूको धेरै प्रशंसा गरेको कारणले तिमीहरू स्वर्ग जानेछौ भनी तिमीहरू विचार गर्छौ ? त्यसो हुनेछैन ! त्यसको विपरित, तिमीहरू पातालमा जाने छौ जहाँ मृत्युपछि परमेश्वरले मानिसहरूलाई दण्ड दिनुहुन्छ ! मैले यी आश्चर्यकामहरू धेरै समय पहिले सदोममा गरेको भए, ती दुष्ट मानिसहरूले निश्चय नै पाप गर्न छोड्ने थिए, र तिनीहरूको सहर आजसम्म पनि यहाँ हुनेथियो । तर तिमीहरूले पाप गर्न छोडेका छैनौ । 24 म तिमीहरू यो भन्छुः परमेश्वरले सदोममा बसोबास गर्ने दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्यरूपमा दण्ड दिनुहुने छ ।” 25 त्यसबेला येशूले प्रार्थना गर्नुभयो, “पिता, तपाईंले स्वर्गमा र पृथ्वीमा भएका हरेक कुरामाथि राज्य गर्नुहुन्छ । म तपाईंलाई धन्यवाद दिन्छु कि आफैँलाई बुद्धिमान र शिक्षित भनी विचार गर्ने मानिसहरूलाई तपाईंले यी कुराहरू जान्नबाट रोक्नुभयो । त्यसको साटोमा, एकजना वयस्क मानिसले साना बाल-बालिकालाई भनेका कुरा तिनीहरूले विश्वास गरेझैँ तपाईका सत्यतालाई ग्रहण गर्ने मानिसहरूलाई तपाईंले ती प्रकट गर्नुभएको छ । 26 हो, पिता, तपाईंले त्यसै गर्नुभएको छ, किनभने त्यसो गर्न तपाईंलाई असल लाग्यो ।” 27 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “मैले आफ्नो काम गर्नको निम्ति थाहा पउनुपर्ने सबै कुराहरू परमेश्वर, मेरो पिताले, मलाई प्रकट गर्नुभएको छ । वास्तवमा म को हुँ भनी मेरो पिताले मात्र जान्नुहुन्छ । अझै, म र मैले उहाँलाई प्रकट गर्न इच्छा गरेका मानिसहरूले मात्र साँचोरूपमा उहाँलाई चिन्छौं । 28 तिमीहरूले व्यवस्था पालन गर्नुपर्छ भनी तिमीलाई अगुवाहरूले सिकाएका सबै व्यवस्था पालन गर्ने कोसिस गरेर असाध्ये थाकेका सबै मानिसहरू हो, मकहाँ आओ । त्यो सबैबाट म तिमीलाई विश्राम दिने छु । 29 एउटा गोरु जुवामा नारिए जस्तै, ममा शरण पर, र मैले तिमीहरूलाई सिकाएको कुरा सिक । म कोमल र विनम्र छु, र तिमीहरूले साँच्चै विश्राम पाउने छौ । 30 किनभने मैले तिमीहरूलाई दिने भारी हलुका छ, र यसलाई तिमीहरूले सजिलै बोक्ने छौ ।