यहूदाले कनानी मानिसबाट पत्नी लिए ।
परमेश्वरले एर्को प्राण लिनुभयो किनभने ऊ दुष्ट थियो ।
ओनानले तामारसँग सहवास गर्दा आफ्नो वीर्य भूइँमा पतन गर्थे ।
परमप्रभुले ओनानलाई प्राण लिनुभयो किनभने उसले जे गर्यो त्यो खराब थियो ।
यहूदाले तामारलाई आफ्नो तेस्रो छोरा शेलह ठूलो भएपछि तामारको पति हुन दिने प्रतिज्ञा गरे ।
यहूदाको पत्नी मरेको कारण उनलाई सान्त्वना चाहियो ।
तामारले विधवाको वस्त्र फुकालिन्, घुम्टो हालिन् र लुगाले आफैँलाई बेरिन् र तिम्ना बाटो छेउमा बसिन् ।
तामारले यसो गरिन् किनभने यहूदाको तेस्रो छोरो शेलह ठूलो भइसक्दा पनि उनलाई शेलहको पत्नी हुन दिइएको थिएन ।
यहूदाले तामारलाई आफ्नो छाप, डोरी र लौरो बन्धकको रूपमा दिए ।
त्यो ठाउँमा मन्दिरको वेश्या नभएको यहूदाले थाहा पाए ।
यहूदाले तामारलाई जलाउने इच्छा गरे किनभने तामार वेश्या भएर गर्भवती भएकी थिइन् ।
तामारले उनीसँग भएको छाप, डोरी र लौरो जुन मानिसको हो, उनी उसैबाट गर्भवती भएको कुरा बताइन् ।
यहूदाले तामार आफूभन्दा बढी धर्मी रहेको बताए किनभने उनले तामारलाई शेलहकी पत्नी हुन दिएका थिएनन् ।
तामारले जुम्ल्याहा छोराहरू जन्माइन् ।
तामारको गर्भबाट जुम्ल्याहामध्ये एकजनाले आफ्नो हात बाहिर निकालेपछि सुँडेनीले एउटा रातो धागो उसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।”
तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।
तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।