याकूब कनान देशमा बसे ।
योसेफले आफ्ना बुबाकहाँ आफ्ना दाजुहरूका नराम्रा समाचार ल्याए ।
इस्राएलले योसेफको निम्ति सुन्दर वस्त्र बनाइदिए ।
योसेफका दाजुहरूले उनलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।
योसेफले आफ्नो अन्नको बिटा ठाडो भएको र उनका दाजुहरूका बिटाले उनको बिटालाई दण्डवत् गरेको देखे ।
योसेफका दाजुहरूले उनलाई अझै धेरै घृणा गरे ।
योसेफले सूर्य, चन्द्रमा र एघारवटा ताराहरूले उनलाई दण्डवत गरेको देखे ।
योसेफको दोस्रो सपनामा सूर्य, चन्द्रमा र ताराहरूले उनको बुबा, आमा र दाजुभाइहरूलाई दर्शाउँथे ।
याकूबले योसेफलाई हेब्रोनको बेँसीबाट बाहिर उनको दाजुहरू ठिकै छन् कि छैनन् हेर्न र याकूबकहाँ खबर ल्याउन पठाए ।
योसेफका दाजुहरूले योसेफलाई मार्ने र कुनै एउटा खाडलमा फालिदिने योजना बनाए ।
रूबेनले आफ्ना भाइहरूलाई योसेफलाई खाडलमा फ्याक्ने सल्लाह दिए ताकि उनले योसेफलाई पछि बचाउन सकून् ।
योसेफका दाजुहरूले योसेफलाई इस्माएलीकहाँ बिस चाँदीका सिक्कामा बेचे ।
योसेफलाई मिश्रमा लगियो ।
योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले एउटा बोकालाई मारे र योसेफको वस्त्र लिएर त्यसलाई रगतमा चोपेर याकूबलाई दिए ।
योसेफ मरेको हो भनी देखाउन योसेफका दाजुहरूले एउटा बोकालाई मारे र योसेफको वस्त्र लिएर त्यसलाई रगतमा चोपेर याकूबलाई दिए ।
याकूबले आफ्नो वस्त्र च्याते, भाङ्ग्राको वस्त्र लगाए र आफ्नो छोराको निम्ति धेरै दिनसम्म शोक मनाए ।
योसेफलाई मिश्रमा फारोको अधिकृत पोतीफरलाई बेचियो ।