Genesis 39
Genesis 39:1
मिश्रमा योसेफलाई कसले किने?
मिश्रमा फारोका अधिकृत पोतीफरले योसेफलाई किने ।
Genesis 39:3
योसेफ मिश्रमा किन समृद्ध थिए?
योसेफ समृद्ध थिए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।
Genesis 39:4
योसेफ मिश्रमा किन समृद्ध थिए?
योसेफ समृद्ध थिए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।
Genesis 39:6
पोतीफरले योसेफको रेखदेखमा के राखे?
पोतीफरले आफूसँग भएको सबैथोक योसेफको रेखदेखमा राखे ।
Genesis 39:7
पोतीफरकी पत्नीले योसेफलाई के गर्न भनिन्?
पोतीफरकी पत्नीले योसेफलाई उनीसँग सुत्न भनिन् ।
Genesis 39:8
पोतीफरकी पत्नीको आग्रहप्रति योसेफले कसरी प्रतिक्रिया जनाए?
योसेफले इन्कार गरे र उनले परमेश्वरको विरुद्ध त्यति ठूलो दुष्टता र पाप गर्न नसक्ने बताए ।
Genesis 39:9
पोतीफरकी पत्नीको आग्रहप्रति योसेफले कसरी प्रतिक्रिया जनाए?
योसेफले इन्कार गरे र उनले परमेश्वरको विरुद्ध त्यति ठूलो दुष्टता र पाप गर्न नसक्ने बताए ।
Genesis 39:12
जब पोतीफरकी पत्नीले योसेफलाई लुगामा समातिन्, योसेफले के गरे?
योसेफले आफ्नो लुगा उनको हातमा छोडे र बाहिर भागे
Genesis 39:14
योसेफको विरुद्ध पोतीफरकी पत्नीले के आरोप लगाइन्?
उनले योसेफले उनको इच्छाविरुद्ध उनीसँग सुत्न खोजेको बताइन् ।
Genesis 39:15
योसेफको विरुद्ध पोतीफरकी पत्नीले के आरोप लगाइन्?
उनले योसेफले उनको इच्छाविरुद्ध उनीसँग सुत्न खोजेको बताइन् ।
Genesis 39:19
जब पोतीफरले योसेफको विरुद्ध आरोप सुने, उनले के गरे?
पोतीफर साह्रै रिसाए र योसेफलाई झ्यालखानमा हालिदिए ।
Genesis 39:20
जब पोतीफरले योसेफको विरुद्ध आरोप सुने, उनले के गरे?
पोतीफर साह्रै रिसाए र योसेफलाई झ्यालखानमा हालिदिए ।
Genesis 39:21
यो समयमा परमप्रभुले योसेफलाई के देखाउनुभयो?
यो समयमा परमप्रभुले योसेफलाई विश्वसनीय करार देखाउनुभयो ।
Genesis 39:22
झ्यालखानका हाकिमले योसेफको रेखदेखमा के राखे?
झ्यालखानको हाकिमले सबै कैदीहरूलाई योसेफको जिम्मामा दिए ।
Genesis 39:23
योसेफले गरेको सबैथोकको नतिजा कस्तो थियो र किन?
योसेफले गरेको सबैथोकमा परमप्रभुले समृद्धि दिनुभयो ।