5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैं तिनीहरूसँग आज्ञाकारी बन । 6 आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैं आज्ञाकारी बन, जसले आफ्ना हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर्छ । 7 मानिसहरूलाई सेवा पुर्याए झैं होइन, तर आफ्ना सारा हृदयले प्रभुको सेवा गरे झैं सेवा गर, 8 किनभने हामी यो जान्दछोें कि प्रत्येक मानिसले गर्ने जुनसुकेे असल कामको निम्ति त्यसले प्रभुबाट इनाम पाउनेछ, चाहे त्यो दास होस् वा मुक्त होस् । 9 मालिकहरू हो, आफ्ना दासहरूलाई त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । तिमीहरूलाई थाहा छ कि तिनीहरू र तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा कुनै भेदभाव छैन । 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ । 11 परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानका धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो । 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । अन्तमा परमेश्वरका पवित्र जनहरू सबैका लागि प्रार्थना गर्दा सारा लगनशीलताका साथ सधेें सतर्क भइराख । 23 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् । 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।