1 त्यसकारण परमेश्वरका प्रिय छोरा-छोरीहरू झैं उहाँको अनुकरण गर्ने होओ । 2 र तिमीहरू प्रेममा हिंड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान हुनुभएर आफैंलाई हाम्रो निम्ति दिनुभयो । 3 तर तिमीहरूको बीचमा योेन अनैतिकता वा कुनै अशुद्धता वा लोभको बारेमा चर्चा हुनुहुँदेेन, किनकि यी परमेश्वरका पवित्र जनहरूका लागि अनुचित छन् । 4 अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्योेलीहरू जस्ता सबेे अनुचित कुराहरू नहोस् । बरु धन्यवाद दिने काम होस् । 5 किनकि तिमीहरूलाई थाहा छ र निश्चित छोे, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लोभी व्यक्ति अर्थात् मूर्तिपूजकले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन । 6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस्, किनकि यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्वरको क्रोध आउँदेेछ । 7 त्यसैले, तिनीहरूसँग सहभागी नहोओ । 8 किनकि तिमीहरू एकचोटि अन्धकार थियौ, तर अब तिमीहरू प्रभुमा ज्योति भएका छौ । ज्योतिका सन्तानजस्तै गरी हिंड 9 (किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।) 10 र प्रभुलाई खुशी तुल्याउने कुराहरू जाँच र पत्ता लगाऊ । 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ बरु तिनीहरूलाई प्रकट गर । 12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू उल्लेख गर्न पनि लाजमर्दो छ । 13 तर जब कुनेे थोक ज्योतिमा आउँछ, तब त्यो प्रकट हुन्छ, 14 किनकि प्रकट भएको कुनेे पनि कुरा ज्योति हुन्छ। त्यसकारण यस्तो भनिएको छ, “ सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।” 18 र दाखमद्यले नमात्तिओ, किनकि त्यसले लापर्वाही व्यवहारतर्फ डोर्याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ, 19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल्देे, परमप्रभुको निम्ति तिमीहरूका सारा हृदयले गीतहरू गाउँदेे, 20 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा, सधैं सबै कुराहरूको निम्ति पिता परमेश्वरलाई धन्यवाद चढाउँदेे, 21 ख्रीष्टको आदरमा एकअर्काको अधीनमा रहो । 22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस । 23 किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ, उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ । 24 तर जसरी मण्डली ख्रीष्टप्रति समर्पित छ, त्यसरी नै पत्नीहरूले पनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्छ । 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ । 29 किनकि कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसले यसलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्छ, जसरी ख्रीष्टले पनि मण्डलीलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्नुहुन्छ, 30 किनभने हामी उहाँका शरीरका सदस्यहरू हौं । 31 “यसैकारणले गर्दा एकजना मानिसले त्सको बुबा र आमालाई छोड्नेछ र त्सको पत्नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।” 32 यो गुप्त सत्यता महान् छ, तर मैले ख्रीष्ट र मण्डलीको बारेमा बताइरहेको छु । 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्नीले आफ्नो पतिलाई सम्मान गर्नुपर्छ ।