Genesis 35

Genesis 35:1

परमेश्‍वरले याकूबलाई कहाँ जान र के गर्न भन्‍नुभयो ?

परमेश्‍वरले याकूबलाई बेथेलमा जान र परमेश्‍वरको निम्ति वेदी बनाउन भन्‍नुभयो ।

Genesis 35:2

त्यसपछि याकूबले आफ्ना घरानाका मानिसहरूलाई के गर्न भने ?

याकूबले तिनीहरूलाई विदेशी देवताहरू मिल्काउन, आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर्न भने ।

Genesis 35:5

याकूब र उनका घराना यात्रा गर्दा उनीहरू वरपरका सहरका मानिसहरूले किन उनीहरूलाई लखेटेनन् ?

उनीहरू वरपरका सहरका मानिसहरूले उनीहरूलाई लखेटेनन् किनभने मानिसहरू परमेश्‍वरदेखि त्रसित थिए ।

Genesis 35:7

याकूबले उनीहरू पुगेको ठाउँलाई किन 'एल-बेथेल'भने ?

याकूबले उनीहरू पुगेको ठाउँलाई 'एल-बेथेल' भने किनभने त्‍यस ठाउँमा परमेश्‍वले आफैँलाई याकूबसामु प्रकट गर्नुभएको थियो जब याकूब एसाबबाट भाग्‍दै गरेका थिए ।

Genesis 35:10

परमेश्‍वरले याकूबलाई के नयाँ नाउँ दिनुभयो ?

परमेश्‍वरले याकूबलाई नयाँ नाउँ इस्राएल दिनुभयो ।

Genesis 35:12

परमेश्‍वरले याकूबलाई कुन प्रतिज्ञा पुनःस्थापित गर्नुभयो ?

याकूब आफ्ना घरानामा राजाहरू सहित ठूलो जाति हुनेछ र परमेश्‍वरले अब्राहाम र इसाहकलाई दिन्छु भन्‍नुभएको प्रतिज्ञाको देश याकूबलाई र उसको सन्तानहरूलाई दिइनेछ भनेर पुनः प्रतिज्ञा स्थापित गर्नुभयो ।

Genesis 35:18

बेन्यामीनलाई जन्माउँदा राहेललाई के भयो ?

बेन्यामीनलाई जन्माउँदा राहेल मरिन् ।

Genesis 35:19

बेन्यामीनलाई जन्माउँदा राहेललाई के भयो ?

बेन्यामीनलाई जन्माउँदा राहेल मरिन् ।

Genesis 35:22

रुबेनले गरेको कस्‍तो कामको बारेमा इस्राएलले सुने ?

रुबेन इस्राएलकी भित्रिनी बिल्हासँग सुतेको कुरा इस्राएलले सुने ।

याकूबका कति जना छोराहरू थिए ?

याकूबका १२ जना छोराहरू थिए ।

Genesis 35:24

राहेलबाट जन्मेका याकूबका छोराहरू को-को हुन् ?

योसेफ र बेन्यामीन राहेलबाट जन्मिए ।

Genesis 35:28

इसहाक कति वर्ष बाँचे ?

इसहाक एक सय असी वर्ष बाँचे ।

Genesis 35:29

इसहाकलाई कसले गाड्यो ?

एसाव र याकूबले इसहाकलाई गाडे ।