Genesis 11

Genesis 11:1

जलप्रलयपछि सम्पूर्ण पृथ्वीमा कतिवटा भाषा थिए ?

जलप्रलयपछि सम्पूर्ण पृथ्वीमा एउटा भाषा थियो ।

Genesis 11:2

मानिसहरूले आफ्नो सहर र धरहरा कहाँ बनाए ?

मानिसहरूले आफ्नो सहर र धरहरा शिनार दशको भूमिमा बनाए ।

Genesis 11:4

परमेश्‍वरले दिनुभएको आज्ञा अनुसार सारा पृथ्वीमा फैलनुको सट्टा मानिसहरूले के गर्ने निर्णय गरे ?

परमेश्‍वरले दिनुभएको आज्ञा अनुसार सारा पृथ्वीमा फैलनुको सट्टा मानिसहरूले सहर र धरहरा बनाउने निर्णय गरे ।

मानिसहरूले आफ्ना लागि के बनाउन चाहन्थे ?

मानिसहरूले आफ्ना लागि नाउँ राख्‍न चाहन्थे ।

Genesis 11:7

परमप्रभु तल आउनुभयो र उहाँले मानिसहरूलाई के गर्नुभयो ?

परमप्रभु तल आउनुभयो र मानिसहरूको भाषालाई खलबल पारिदिनुभयो ।

परमेश्‍वरले किन यस्तो गर्नुभयो ?

मानिसहरूले एकअर्काको भाषा नबुझून् भनेर परमेश्‍वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो ।

Genesis 11:8

त्यसपछि परमेश्‍वरले मानिसहरूलाई के गर्नुभयो ?

परमेश्‍वरले आज्ञा गर्नुभए अनुसार उहाँले मानिसहरूलाई सारा पृथ्वीभरि छरपष्ट पार्नुभयो ।

Genesis 11:9

मानिसहरूले बनाउन प्रयास गरेको सहरको नाम के थियो ?

सहरको नाम बाबेल थियो ।

Genesis 11:10

उत्पत्तिको यो अध्यायमा नोहाको कुन छोराको वंशावली दिइएको छ ?

यस अध्यायमा नोहाको छोरा शेमको वंशावली दिइएको छ ।

Genesis 11:26

अब्रामका पिता को थिए ?

अब्रामका पिता तेरह थिए ।

Genesis 11:27

तेरहको छोरा हारानको छोराको नाम के थियो ?

तेरहको छोरा हारानको छोराको नाम लोत थियो ।

Genesis 11:28

अब्रामकी पत्नीको नाम के थियो ?

अब्रामकी पत्नीको नाम साराई थियो ।

Genesis 11:29

अब्रामकी पत्नीको नाम के थियो ?

अब्रामकी पत्नीको नाम साराई थियो ।

Genesis 11:30

अब्रामकी पत्नीसँग भएको समस्या के थियो ?

अब्रामकी पत्नी साराई बाँझी थिइन् र तीनको कोही बालबच्‍चाहरू थिएनन् ।

Genesis 11:31

अब्राम, साराई र लोतसँग तेरह कहाँ गए ?

अब्राम, साराई र लोतसँग तेरह कनान देशमा गए ।