Genesis 37

Genesis 37 General Notes

Structure and formatting

This chapter begins to record the account of Jacob's sons. The rest of the book of Genesis focuses on Jacob's sons, especially Joseph. This chapter also references Jacob as "Israel" beginning in this chapter.

Special concepts in this chapter
Favoritism

Jacob's favoritism became a great problem for his sons. They are always jealous of Joseph because he is the favorite son. The beautiful garment Jacob gave to Joseph greatly strained the relationship between Joseph and his brothers. Joseph dreams he will rule all of his brothers, even though he is not the oldest son. (See: /WA-Catalog/en_tw?section=kt#favor)

God's power

The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod and /WA-Catalog/en_tw?section=kt#bless)

<< | >>

Genesis 37:1

आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा

"कनान देश जहाँ उनका बुबाले बसोबास गरेका थिए ।"

याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए ।

यस वाक्यले उत्पत्ति ३७:१-५०:२६ को याकूबको सन्‍तानहरूको विवरण दिन्छ ।यहाँ "याकूब"ले उनको सम्‍पूर्ण परिवारलाई जनाउँछ । अर्को अनुवाद: "यो याकूबको परिवारको विवरण हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

सत्र वर्षका

"१७ वर्षका" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

बिल्हा

यो राहेलकी कमारीको नाउँ हो । उत्पत्ति २९:२९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

जिल्पा

यो लेआकी कमारीको नाउँ हो । उत्पत्ति २९:२४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

उप-पत्‍नीहरू

यी स्‍त्रीहरू लेआ र राहेलकी कमारीहरू थिए जसलाई तिनीहरूले छोराछोरीहरू जन्माउन याकूबलाई दिएका थिए ।

तिनीहरूका विषयमा खराब खबर

"आफ्ना दाजुहरूका बारेमा नराम्रो खबर"

translationWords

Genesis 37:3

Now

This word is used here to mark a change from the story to background information about Israel and Joseph. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

धेरै माया

यसले भातृप्रेम वा साथी वा परिवारका सदस्‍यको प्रेमलाई जनाउँछ । यो साथीहरू वा नातेदारहरूबिचको स्‍वभाविक प्रेम हो ।

तिनका बुढेसकालका

यसको अर्थ योसेफ इस्राएल बृद्ध हुँदा जन्मेका थिए । अर्को अनुवादः "जो इस्राएल बृद्ध हुँदा जन्मेका थिए । " ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तिनले उनको निम्ति... बनाइदिए

"इस्राएलले योसेफको निम्ति ... बनाइदिए"

एउटा सुन्दर वस्‍त्र

"एउटा सुन्दर पोशाक"

उनीसँग राम्ररी बोल्दैनथे

"उनीसँग नम्रतापूर्वक बोल्न सक्दैनथे ।"

translationWords

Genesis 37:5

योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे

यो उत्पत्ति ३७:६-११ मा हुने घटनाहरूको साराशं हो ।

तिनीहरूले उनलाई झनै धेरै घृणा गरे

"र योसेफका दाजुहरूले उनलाई पहिलेको भन्दा झनै धेरै घृणा गरे ।"

कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस्

"कृपया मैले देखेको यो सपनालाई सुन्‍नुहोस् ।"(EN-UDB)

translationWords

Genesis 37:7

सामान्‍य जानकारी

योसेफ आफ्ना सपनाको बारेमा आफ्ना दाजुहरूलाई भन्छन् ।

Behold

The word "behold" here alerts us to pay attention to the surprising information that follows.

हामी

"हामी" शब्दले योसेफ र उनका सबै दाजुभाइहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-inclusive)

अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ

अन्‍न पाकेपछि त्यसलाई बोट( पराल)बाट नछुट्‍टाएसम्‍म बोट( पराल)लाई मुठ्‍ठा- मुठ्‍ठामा क्रमवद्ध बाँधिन्छ ।

behold

Here the word "behold" here shows that Joseph was surprised by what he saw.

मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे ।

यहाँ अन्‍नका बिटाहरू मानिसहरू जस्‍तै उठ्दै र दण्‍डवत् गर्दैछन् ।यी बिटाहरूले योसेफ र उनका दाजुभाईहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-personification)

के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?

यी दुई वाक्यांशले प्रायः एउटै अर्थ दिन्छ । योसेफलाई गिज्याउन उनका दाजुहरूले प्रश्‍नहरू सोधिरहेका छन् । यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः तिमी हाम्रो राजा कहिल्‍यै हुनेछैनौ र हामी तिमीलाई कहिल्‍यै दण्डवत् गर्ने छैनौं !" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-parallelism/WA-Catalog/en_tm?section=translate#figs-rquestion)

हामीमाथि ... अधिकार

"हामी" शब्दले योसेफका दाजुभाइहरूलाई जनाउँछ तर योसेफलाई होइन ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

उनका सपना र उनले भनेका कुराहरूका कारण

"उनका सपना र उनले भनेका कुराहरूले गर्दा"

translationWords

Genesis 37:9

उनले अर्को एउटा सपना देखे

"योसेफले अर्को एउटा सपना देखे"

एघारवटा तारा

"११ तारा" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने

" यो भन्दै इस्राएलले उनलाई हप्काए "

तिमीले देखेको यो सपना के हो? के तिम्री आमा ... तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?

इस्राएलले योसेफलाई सच्याउन प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः तिमीले देखेको यो सपना सत्‍य होइन ।तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछैनौं !"( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

ईर्ष्‍या

यसको अर्थ कोही सफल वा धेरै प्रसिद्ध भएकोमा आरिस गर्नु हो ।

यो विषयलाई आफ्नो मनमा नै राखे

यसको अर्थ उनले योसेफको सपनाको बारेमा सोचिरहे । अर्को अनुवादः सपनाको अर्थ के हुनसक्छ भनी सोचिरहे ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 37:12

के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र?

इस्राएल वार्तालाप सुरु गर्न प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

आऊ

यहाँ इस्राएलले योसेफलाई गएर तिनका दाजुहरूलाई भेट्न तिनलाई तयारी गर्न भन्दैछन् । अर्को अनुवादः "तयार होओ" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

म तयार छु

ऊ जानलाई तयार छ । "म जानलाई तयार छु ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनले उनलाई भने

"इस्राएलले योसेफलाई भने ।"

मकहाँ खबर ल्याऊ

योसेफ फर्केर आई उनका दाजुहरू र बगालहरू के गर्दैछन् भनी खबर ल्याएको इस्राएल चाहन्छन् । अर्को अनुवादः "तिमीले के पत्ता लगायौ मलाई खबर गर्न आऔ" वा "मलाई खबर देओ"(EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

बेँसीबाट बाहिर

"बेँसीबाट"

translationWords

Genesis 37:15

#एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । एक जना मानिसले योसेफलाई खेतमा डुलिरहेका भेट्टाए ।

Behold

This marks the beginning of another event in the larger story. It may involve different people than the previous events. Your language may have a way of doing this.

तिमी के खोजिरहेका छौ?

"तिमी के खोज्दैछौ?"

कहाँ ... कृपया मलाई बताउनुहोस्

"कृपया मलाई बताउनुहोस् ... कहाँ"

बगाल कहाँ चराउँदै

"बगालको कहाँ गोठाला गर्दै थिए ।

दोतान

यो एउटा ठाउँको नाउँ हो जुन शेकेमभन्दा २२ किलोमिटर जत्ति टाढा पर्छ ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 37:18

तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे

"योसेफका दाजुहरूले उनलाई टाढै छँदै आइरहेको देखे"

तिनीहरूले उनलाई मार्ने मतो गरे

"तिनीहरूले उनलाई मार्ने योजना बनाए"

त्यो स्वप्‍न-दर्शी आउँदै छ

सपना देख्‍ने मान्‍छे आउँदै छ ।"

Come now, therefore

This wording shows that the brothers acted upon their plans. AT: "So now" (See: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

जङ्गली जनावर

"भयानक जनावर" वा "हिंस्रक जनावर"

खाएछ

व्‍यग्रतासाथ खानु"

त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।

उनका दाजुहरूले उनलाई मार्ने योजना बनाए । त्‍यसैले उनी मर्ने भएकोले उनले देखेको सपना पूरा हुनेछ भन्‍नु व्‍यंग्यात्‍मक कुरा हो । अर्को अनुवादः "यसरी उसको सपना पूरा हुनेछैन भनी हामी निश्‍चित हुनेछौं" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-irony)

translationWords

Genesis 37:21

यो सुने

"तिनीहरूले भन्दै गरेको सुने ।

तिनीहरूका हातबाट

"तिनीहरूका हात" भन्‍ने वाक्यांशले दाजुहरूको तिनलाई मार्ने योजनालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूबाट" वा "तिनीहरूका योजनाबाट" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

हामी त्यसको प्राण नलिऔँ

"प्राण लिने" वाक्‍याशं कसैलाई मार्ने कुराको व्यंजना हो ।अर्को अनुवादः "हामी योसेफलाई नमारौँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

रगत नबगाऔँ

"रगत बगाउनु" कसैलाई मार्ने कुराको व्यंजना हो ।अर्को अनुवादः "रगत नपोखाऔँ।" वा "तिनलाई नमारौँ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-litotes/WA-Catalog/en_tm?section=translate#figs-euphemism)

त्यसमाथि हात नउठाओ

यसको अर्थ त्‍यसलाई हानि नगर्नु वा चोट नपार्नु । अर्को अनुवादः "त्‍यसलाई हानि नगरौँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तिनीहरूका हातबाट बचाई

यसलाई नयाँ वाक्‍यमा अनुवाद गर्न सकिन्छ । "तिनीहरूका हातबाट रूबेनले योसेफलाई बचाउन ।"

तिनीहरूका हातबाट

"तिनीहरूका हात" भन्‍ने वाक्‍याशंले दाजुहरूको तिनलाई मार्ने योजनालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूबाट" वा "तिनीहरूका योजनाबाट" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

आफ्ना बुबाकहाँ ल्याउने

"त्यसलाई बुबाकहाँ फर्काइ ल्याउने"

translationWords

Genesis 37:23

It came about that when

This phrase is used here to mark an important event in the story. If your language has a way for doing this, you could consider using it here.

तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए

"तिनीहरूले उसको सुन्दर वस्त्र च्याते"

सुन्दर वस्‍त्र

"सुन्दर पोशाक" उत्‍पत्ति ३७:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 37:25

तिनीहरू भोजन गर्न बसे

"भोजन" ले सामान्‍यतय खानेकुरालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू खानेकुरा खान बसे" वा "योसेफका दाजुहरू भोजन गर्न बसे ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तिनीहरूले आफ्ना आँखा उठाएर हेरे ... एउटा यात्री दललाई देखे

यहाँ "आँखा उठाएर हेरे" यसरी लेखिएको छ मानौं एउटा व्‍यक्तिले शाब्‍दिक रुपमा आँखा उठाएर हेर्‍यो । अर्को अनुवाद: "तिनीहरूले आँखा उठाएर हेरे र अचानक एउटा यात्री दललाई देखे । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

लिएर आइरहेको

"बोकेर आइरहेको"

मसलाहरू

मर-मसलाहरू

लेप

छालालाई निको पार्न र सुरक्षित राख्‍न प्रयोग गरिने मिठो बास्‍नासहितको चिल्लो वस्‍तु। "औषधी"

ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।

ती सरसामानहरूलाई मिश्रतर्फ लैजाँदै थिए । यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "सरसामानहरूलाई बेच्‍न त्‍यसलाई मिश्रतर्फ लैजाँदै थिए ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा?

यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "हाम्रो भाइलाई मारेर र त्‍यसको रगत लुकाएर हामीलाई केही फाइदा हुँदैन ।" ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

त्यसको रगत लुकाएर

यो बोलीको आंकडाले योसेफको मृत्‍युलाई लुकाउने बारेमा जनाउँछ । अर्को अनुवादः त्‍यसको हत्‍यालाई लुकाएर" ( हेर्नुहोस्ःय /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 37:27

इश्माएलीहरूलाई

"यी मानिसहरू जो इश्‍माएलका सन्‍तानहरू हुन् ।"( EN-UDB)

त्यसमाथि हात नउठाऔँ

यसको अर्थ त्‍यसलाई हानि नगर्ने वा चोट नपुर्‍याउने हो । अर्को अनुवादः "त्‍यसलाई चोट नपुर्‍याऔँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

हाम्रै रगत, हाम्रै भाइ

"रगत" शब्‍द एउटा लाक्षणा हो जसले नातेदारलाई जनाउँछ ।अर्को अनुवादः "त्‍यो हाम्रो रगतको नातेदार हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

उनका दाजुभाइहरूले उनको कुरा सुने

"यहूदाका दाजुभाइहरूले उनको कुरा सुने" वा "यहूदाका दाजुभाइहरू उनीसँग सहमत भए ।"

मिद्यानी ... इश्माएलीहरू

दुवै नामहरूले व्‍यापारीहरूको एउटै समूहलाई जनाउँछ जसलाई योसेफका दाजुहरूले भेटे ।

चाँदीका बिस सिक्‍कामा

"२० चाँदीका सिक्काको मूल्‍यमा" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

योसेफलाई मिश्रमा लगे ।

"योसेफलाई मिश्रमा लिएर गए ।"

translationWords

Genesis 37:29

रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन्

रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ खाडलमा नभएको देखेर आश्‍चर्यचकित भए ।

उनले आफ्ना लुगाहरू च्याते

यो गहिरो दुःख र शोकको कार्य हो । यसलाई अझै स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः उनी यति शोकित भए कि उनले आफ्ना लुगाहरू च्‍याते ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?

योसेफ हराएको समस्‍यालाई जोड दिन रूबेन प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः " त्‍यो केटो त गयो! म अब घर फर्कन सक्दिनँ !" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 37:31

योसेफको वस्‍त्र

यसले उनको पिताले उनलाई बनाइदिएको सुन्‍दर वस्‍त्रलाई जनाउँछ ।

रगत

"बोकाको रगत"

तिनीहरूले ... ल्याएर

"तिनीहरूले वस्‍त्र ल्याए"

उसलाई ... खाएछ

"उसलाई ... खाएछ"

योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।

जङ्गली जनावरले योसेफको शरीरलाई टुक्रा-टुक्रा पार्‍यो होला भनी याकूब सोच्छन् । उदाहरणको लागिः "त्‍यसद्वारा योसेफलाई पक्‍कै टुक्रा-टुक्रा पारियो होला "( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 37:34

याकूबले आफ्ना वस्‍त्र च्याते

यो गहिरो दुःख र शोकको कार्य हो । यसलाई अझै स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः याकूब यति शोकित भए कि उनले आफ्ना वस्‍त्रहरू च्‍याते ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए

यहाँ "कम्‍मर" ले शरीरको बीचको भाग वा पेटको क्षेत्रलाई जनाउँछ । अर्को अनुवादः "भाङ्‍ग्राको वस्‍त्र लगाए" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

नजिक आए

अर्को अनुवादः "तिनीकहाँ आए" (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तर तिनले त्यो इन्कार गरे

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: "तर तिनद्वारा उनीहरूको सान्‍त्‍वनालाई इन्कार गरियो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु

यसको अर्थ अबदेखि उनी नमरेसम्‍म शोक गरिरहनेछन् । अर्को अनुवादः "म मर्दा र चिहानमा पुग्‍दा पनि म शोक गरिरहनेछु ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मिद्यानीहरूले उनलाई ... बेचिदिए ।

"मिद्यानीहरूले योसेफलाई ... बेचिदिए ।"

अङ्गरक्षकहरूका कप्‍तान

"राजालाई सुरक्षा दिने सैनिकहरूको अगुवा"

translationWords