Genesis 8

Genesis 08 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 8:22, which is part of what Yahweh was telling Noah.

Special concepts in this chapter
Flood waters

The waters receded after this great flood. Because there was so much water, and it came from God, it is described in a unique way.

The mountains of Ararat

It is unclear where Ararat was located. Many people believe it is located in the modern country of Turkey.

<< | >>

Genesis 8:1

सम्झनुभयो

"बारेमा सोच्‍नुभयो"

जहाज

यसले जस्‍तै आँधीबेहरीमा पनि पानी माथि तैरिन सक्‍ने ठुलो बाक्‍सलाई जनाउँछ । अर्को अनुवाद : "ठूलो डुङ्गा" वा "नैका" उत्‍पत्ति-६:१४ जस्‍तै यसलाई अनुवाद गर्नुहोस् ।

अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए

"जमिन तलबाट पानी आउन बन्‍द भयो र झरी पर्न रोकियो ।" यसलाई कर्तृवाच्‍यामा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमेश्‍वरले अगाधका मूलहरू र स्वर्गका झ्‍यालहरू बन्द गरिदिनुभयो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

अगाधका मूलहरू

"जमिनमुनिको पानी" उत्‍पत्ति-७:११ मा यसलाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

स्वर्गका झ्‍यालहरू थुनियो

यसले पानी रोकिएको संकेत जनाउँछ । यसले पृथ्‍वीमा पानी नपरोस् भनेर आकाशमाथि नै पानी रोक्‍ने छानाको रूपमा आकाशलाई वर्णन गर्छ । जब स्वर्गका झ्‍यालहरू वा द्वारहरू बन्‍द गरिन्‍छ, त्‍यहाँबाट पानी आउन रोकिन्‍छ । अर्को अनुवाद : "स्वर्ग थुनियो" वा "स्वर्गमा द्वारहरू" थुनिए । उत्‍पत्ति-७:११ मा "स्वर्गका झ्‍यालहरू" लाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

translationWords

Genesis 8:4

अडियो

"ठोस जमिनमा रोकियो"

सातौँ महिनाको सत्रौँ दिनमा ... दशौँ महिना

महिनाको पहिलो दिनमा

"दशौँ महिनाको पहिलो दिनमा"

देखा परे

"पानीको सतहभन्‍दा माथि देखा परे" यसरी यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 8:6

It came about

This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here. AT: "It happened that"

आफूले बनाएको जहाजको झ्‍याल

"आफूले बनाएको" वाक्‍यांशले झ्‍यालको बारेमा बताउँछ । केही भाषामा यो वाक्‍यांशलाई अलग वाक्‍य बनाउनु पर्ने हुन सक्‍छ । "नोआले आफ्‍नो जहाजमा झ्‍याल बनाएका थिए । चालिस दिनपछि उनले झ्‍याल खोले ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-distinguish)

काग

प्राय मरेका जीवजन्‍तुहरूको मासु खाने कालो चरा

यताउता उड़िरह्‍यो

यसको अर्थ काग जहाजमा आउने जाने गरिरह्‍यो भन्‍ने हो ।

जमिनको पानी नसुकुञ्‍जेलसम्‍म

यसलाई कर्तृवाच्‍यामा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "जबसम्‍म बतासले पानी सुकाएन" वा "जबसम्‍म पानी सुकेन" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

Genesis 8:8

आफ्‍नो खुट्टा राख्‍ने ठाउँ

"टेक्‍नु" वा "अडिनु" यसको अर्थ उडिरहनुबाट आराम लिन केही कुरामा टेक्‍नु हो ।

आफ्‍नो खुट्टा ... त्‍यो .... फर्क्यो ... त्‍यसलाई ... ल्‍याए

लेखकको भाषामा "ढुकुर" शब्‍द स्‍त्रीलिङ्‍ग हो । तपाईंको भाषाको चलन अनुसार यसलाई भाले वा पोथीको रूपमा अनुवाद गर्न सक्‍नुहुन्‍छ ।

तिनले ...तिनी

यदि तपाईंको भाषामा ढुकुरलाई भाले जनाउने सर्वनाम प्रयोग गर्नुभएको छ भने अनियोलता हटाउनको लागि नोआको नाम पनि राख्‍न सकिन्‍छ । नोआले ढुकुरलाई पठाए", नोआले आफ्‍नो हात पसारे", आदि ।

translationWords

Genesis 8:10

हेर

"ध्‍यान देऊ" वा "यो महत्वपूर्ण छ"

भर्खरै टिपिएको ताजा भद्राक्षको पात

"त्‍यसले भद्राक्षको रूखबाट भखर्रै टिपेको पात"

टिपिएको

"चुँडालिएको"

अरू सात दिन पर्खेर तिनले

"तिनले फेरि अरू सात दिन पर्खिए ।"

त्यो फेरि फर्केर तिनीकहाँ आएन

यदि मानिसहरूले बुझेनन् भने, तपाईंले स्‍पष्‍ट रूपमा त्‍यसको कारण बताइदिन सक्‍नुहुन्छ । "त्‍यो तिनीकहाँ फेरि फर्केनन् किनकि त्‍यसले टेक्‍नलाई ठाउँ भेटायो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 8:13

It came about

This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here.

छ सय एक वर्षको

"जब मोशा ६०१ वर्षका थिए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

पहिलो महिनाको पहिलो दिनमा

मोशाले यस पुस्‍तक लेखेका कारण, उनले हिब्रु पात्रको पहिलोको महिना जनाएका हुन सक्‍छन्, तर यो अनिश्चित छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-hebrewmonths/WA-Catalog/en_tm?section=translate#translate-ordinal)

जमिनबाट पानी सुक्यो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "पृथ्वीलाई ढाकिरहेको पानी सुक्यो ।" वा "पृथ्वीलाई ढाकिरहेको पानीलाई बतासले सुकाइदियो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive).

जहाजको छत

यसले झरीको पानीलाई जहाजभित्र पस्‍नबाट छेक्‍ने छतलाई जनाउँछ ।

behold

The word "behold" tells us to pay attention to the important information that comes next.

दोस्रो महिनाको सत्ताईसौँ दिनमा

महिनाको सातौँ दिन** -"दोस्रो महिनाको सत्ताईसौँ दिनमा । " यसले हिब्रु पात्रको दोस्रो महिनालाई जनाएको हुन सक्‍छन्, तर यो अनिश्चित छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-hebrewmonths/WA-Catalog/en_tm?section=translate#translate-ordinal)

जमिन सुख्‍खा भयो

"भूमि पूर्ण रूपमा सुख्‍खा भयो" (EN-UDB)

translationWords

Genesis 8:15

निस्केर आओ ... बाहिर लिएर आइज

"निस्‍कनु ... ल्‍याउनु" केही अनुवादले "बाहिर आओ ... लिएर आओ" भन्‍छ । ( हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-go)

सबै जीवित प्राणीहरू

"सबै प्रकारका जीवित प्राणी" उत्‍पत्ति- ६:१२ मा "सबै जीवजन्‍तुहरू" कसरी अनुवाद भएको छ हेर्नुहोस् ।

फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन्

यो एक वाक् पद्धति हो । यसलाई उत्‍पत्ति- १:२८ मा कसरी अनुवाद गरिएको छ, हेर्नुहोस् । परमेश्‍वरले तिनीहरू प्रशस्त मात्रामा होऊन् भनेर मानिसहरू र जीवजन्‍तुहरूले सन्‍तान जन्‍माएको चाहनुभयो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-doublet/WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 8:18

नोआ ... बाहिर निस्के

केही अनुवादले "नोआ निस्‍कि आए" लेख्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-go)

तिनीहरूका आ-आफ्ना जात-जातअनुसार

"तिनीहरूका आफ्‍ना जात-जातअनुसारको समूहरूमा"

translationWords

Genesis 8:20

परमप्रभुको निम्ति एउटा वेदी बनाए

"परमप्रभुको निम्ति अर्पण गर्न एउटा वेदी बनाए ।" वा परमप्रभुलाई आराधना गर्न वेदी बनाए । तिनले यो ढुङ्गाहरूले बनाएका हुन सक्‍छन् ।

शुद्ध पशुहरू र शुद्ध पक्षीहरू

यहाँ "शुद्ध" भन्‍नाले ती पशुहरू हुन् जुन परमप्रभुले बलिदान चढाउन अनुमति दिनुभयो । केही पशुहरू बलिदान चढाउन प्रयोग गरिदैन थियो र तिनीहरूलाई "अशुद्ध" भनिन्‍थ्‍यो ।

होमबलि चढाए

नोआले पशुहरू मारे र परमेश्‍वरको निम्‍ति बलिदान स्‍वरूप पूर्ण रूपमा जलाए । अर्को अनुवाद : "परमप्रभुको निम्‍ति पशुहरू बलिदानको रूपमा चलाए ।"

यसको सुगन्ध

यसले पोलेको मासुको मीठो बास्‍नालाई जनाउँछ ।

आफ्‍नो मनमा भन्‍नुभयो

यहाँ "मन" शब्‍दले परमेश्‍वरको विचार र भावनालाई जनाउँछ ।

भूमिलाई श्राप

"पृथ्‍वीलाई निकै ठूलो क्षति पुर्‍याउनु" (EN-UDB)

मानव-जातिको ... कारणले

यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्‍छ: "किनकि मानवजाति पापी भएको कारण" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्ट हुने

"तिनीहरूका बच्‍चैदेखि नै तिनीहरू खराब कार्यहरू गर्छन् ।" वा "तिनीहरू सानै हुँदा, खराबी कुराहरू गर्न रूचाउँछन् ।"

हृदयका मनसाय

यहाँ "मनसाय" शब्‍दले मानिसको विचार, भावना, चाहना र इच्‍छालाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूको झुकाव" वा "तिनीहरूको बानी"

बाल्यावस्थादेखि

यसले ठूलो बालकलाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूको जवानस्‍थादेखि"

पृथ्वी रहुञ्जेलसम्म

"जबसम्‍म पृथ्‍वीको अन्‍त हुदैँन" वा "जबसम्‍म पृथ्‍वीको अस्तित्व रहन्‍छ"

बीउ छर्ने ... समय

"रोप्‍ने ऋतु"

जाडो र गर्मी, ग्रीष्‍म र हिउँद

यी अभिव्यक्तीले वर्षमा हुने दुई वटा प्रमुख मौसमलाई जनाउँछ । अनुवादकहरूले स्थानिय अभिव्यक्तीको प्रयोग गर्न सक्‍छन् । (हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-merism)

ग्रीष्म

वर्षको गर्मी र सुख्‍खा समय

हिउँद

वर्षको चिसो, भिजेको र हिउँ पर्ने समय

अन्त्य हुनेछैन

"अस्तित्वमा आउन रोकिने छैन" वा "हुनबाट रोकिने छैन ।" यसलाई साकारात्मक रूपमा व्‍यक्‍त गर्न सकिन्‍छ । अर्को अनुवाद : "निरन्तर भइरहने छ" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

translationWords