15

1 त्यसपछि कोही फरिसीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरू येशूसित कुरा गर्न यरूशलेमबाट आए । तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले हाम्रा पूर्खाहरूको परम्‍परा नमानेको हामी देख्‍छौं ! तिनीहरूले खाना खानु भन्दा अघि आफ्‍ना हातहरू धुने रीति तिनीहरूले ठीक किसिमले पूरा गर्दैनन् !” 3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “अनि तिमीहरूका आफ्‍ना पुर्खाहरूले तिमीहरूलाई सिकाएको कुरा मानेर तिमीहरूले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरेको म देख्‍छु ! 4 परमेश्‍वरले यी दुई आज्ञाहरू दिनुभयोः ‘आफ्नो बुबा र आफ्‍नो आमाको आदर गर,’ र ‘आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्‍ने मानिसहरू मारिनुपर्छ ।’ 5 तर तिमीहरू मानिसहरूलाई भन्छौ, ‘तिमीहरूले आफ्ना बुबा वा आमालाई भन्‍न सक्छौ, “तपाईंको खाँचो पूरा गर्न मैले तपाईंलाई दिन आँटको कुरा, अब मैले परमेश्‍वरलाई दिने प्रतिज्ञा गरेको छु ।”’ 6 जब तिमीहरूले त्यसो गर्छौ, तिमीहरूले आफ्ना बुबाआमालाई केही पनि दिनुपर्दैन भनी तिमीहरू विचार गर्छौ । यसरी, तिमीहरूका पूर्खाहरूले तिमीहरूलाई सिकाएको कुरा पालन गर्नलाई, परमेश्‍वरले दिनुभएको आज्ञालाई तिमीहरू उलङ्घन गर्छौ ! 7 तिमीहरू असल हुने बहाना मात्र गर्छौ ! जब यशैयाले तिमीहरूको पूर्खाहरूका बारेमा परमेश्‍वरका विचारहरू बोले, तब तिनले पनि तिमीहरूका बारेमा सत्य भने । 8 ‘यी मानिसहरू तिनीहरूले मलाई आदर गरेजस्तो कुरा गर्छन्, तर तिनीहरूले मेरो बारेमा वास्‍ता गर्दैनन्,’ 9 तिनीहरूले मेरो आराधना गर्नु व्यर्थ हो, किनभने मानिसहरूले जे विचार गर्छन् ती नै आधिकारप्राप्‍त शिक्षाहरू हुन् भनी तिनीहरूले मानिसहरू सिकाउँछन् । 10 त्‍यसपछि येशूले फेरि भीडलाई आफ्नो नजीक बोलाउनु भयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई भन्‍न लागेको कुरा सुन र त्‍यसलाई बुझ्‍ने कोशिश गर । ” 11 एकजना व्‍यक्तिले खानलाई आफ्नो मुखभित्र हाल्‍ने कुनै पनि कुराले उसलाई दुषित बनाउँदैन । बरु, मानिसहरूले जे भन्छन् - तिनीहरूका मुखबाट निस्‍कने शब्‍दहरू – त्‍यसले एकजना व्‍यक्तिलाई बेइजत बनाउँछ ।” 12 पछि चेलाहरू येशूकहाँ गए र भने, “के तपाईंलाई थाहा छ कि फरिसीहरूले तपाईंले भनेका कुरा सुने र तपाईंसँग रिसाए ?” 13 अनि येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गमा हुनुहुने मेरो पिताले आफूले जे भन्‍नुहुन्‍छ त्‍यसको विरुद्धमा शिक्षाहरू सिकाउने सबैलाई हटाउनुहुने छ, जसरी एउटा किसानले आफूले नारोपेको बिरुवाहरूलाई तिनीहरूका जरैसमेत उखालेर हटाउँछ ।” 14 फरिसीहरूलाई कुनै ध्यान नदेओ । परमेश्‍वरले दिनुहुने आज्ञा बुझ्‍न तिनीहरूले मानिसहरूलाई मद्दत गर्दैनन्, जसरी एउटा दृष्‍टिविहीन मार्गदर्शकले दृष्‍टिविहीन मानिसहरूलाई आफू कता हिंड्नुपर्छ भनी मद्दत गर्दैन । अन्‍यथा, तिनीहरू सबै एउटै खाल्डोमा पर्छन् ।” 15 पत्रुसले येशूलाई भने, “एकजना व्‍यक्तिले खानेकुराको दृष्‍टान्तको बारेमा हामीलाई व्‍याख्‍या गरिदिनुहोस् ।” 16 येशूले तिनलाई जवाफ दिनुभयो, “म जे सिकाउँछु त्यो तिमीहरूले निश्‍चितरूपमा बुझ्‍नुपर्छ, तर तिमीहरूले बुझ्दैनौ भन्‍दा म निराश हुन्‍छु । 17 तिमीहरूले बुझ्‍नुपर्छ कि मानिसहरूले जे खाए पनि तिनीहरूको पेटमा जान्छ, र पछि जे बाँकी रहन्छ त्‍यो तिनीहरूका शरीरहरूबाट बाहिर जान्छ । 18 त्‍यसको साटोमा, मुखले बोल्‍ने खराब शब्दहरूको करणले परमेश्‍वरले एकजना व्‍यक्तिलाई तिरस्‍कार गर्नुहुन्छ, किनभने त्‍यस व्‍यक्तिले आफ्‍नो अन्‍तस्‍करणमा विचार गर्ने दुष्‍ट कुराहरूबाट नै तिनीहरू बाहिर निस्‍कन्‍छन् । 19 मानिसहरूको अन्‍तस्‍करणको करणले नै तिनीहरूलाई दुष्‍ट कुराहरू विचार गर्ने, मानिसहरूको हत्या गर्ने, व्यभिचार गर्ने, यौनका पापहरू गर्ने, चीजबीजहरू चोर्ने, झुटो गवाही दिने र अरूहरूको बारेमा खराब बोल्ने बनाउँछ । 20 यी नै कामहरूले गर्दा मानिसहरू परमेश्‍वरको निम्‍ति ग्रहणयोग्‍य छैनन् भनी उहाँले विचार गर्नुहुन्‍छ । तर नाधोएको हातले खाना खाने कुराले परमेश्‍वरले मानिसलाई इन्कार गर्नहुन्‍न ।” 21 पछि येशूले चेलाहरूलाई लिनुभयो र गालील जिल्ला छोड्‍नुभयो, उहाँहरू सबैजना टायर र सिदोन शहरहरू भएका क्षेत्रमा जानुभयो । 22 त्यस क्षेत्रमा बसोबास गर्ने कनानी समूहका मानिसहरूका एकजना स्‍त्री येशूकहाँ आइन् । तिनले निरन्तर कराई राखिन्, “प्रभु, तपाईं दाऊद राजाका सन्‍तान हुनुहुन्छ, तपाईं ख्रीष्‍ट हुनुहुन्छ ! म र मेरी छोरीलाई कृपा गर्नुहोस् ! तिनले असाध्‍ये दुःख पाएकी छिन् किनभने दुष्‍ट आत्माले तिनलाई नियन्‍त्रण गर्छ ।” 23 तर येशूले तिनलाई कुनै जवाफ नै दिनुभएन । चेलाहरूले उहाँलाई भने, “तिनलाई जान भन्‍नुहोस् किनकि तिनले हामीहरू हिंड्‍दैगर्दा हाम्रो पछिपछि कराउँदै आएर हामीहरूलाई झर्को लगाई रहन्छिन् ।” 24 येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वरले मलाई इस्राएलका मानिसहरूकहाँ मात्र पठाउनु भएको छ, किनकि तिनीहरू बाटो बिराएका भेडाहरू जस्ता छन् ।” 25 तर स्‍त्री येशूको नजीक आइन् र उहाँको सामु घुँडा टेकिन् । तिनले बिन्‍ती गरिन्, “प्रभु, मलाई मद्दत गर्नुहोस् !” 26 त्‍यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “आफ्‍ना छोराछोरीका लागि तयार पारेको खाना लिनु र घरका सा-साना कुकुरहरूका लागि त्‍यो फालिदिनु कसैका निम्‍ति पनि असल हुँदैन ।” 27 तर ती स्‍त्रीले जवाफ दिइन, “प्रभु, तपाईंले भन्‍नुभएको ठीक हो, तर सा-साना कुकुरहरूले पनि त तिनीहरूका मालिकहरूले आफ्ना टेबलहरूमा बस्‍दा र खाँदा झर्ने टुक्राहरू खान्छन् !” 28 तब येशूले तिनलाई भन्‍नुभयो, “ए स्‍त्री, तिमीले मलाई पक्‍कारूपले विश्‍वास गरेको कारणले, तिमीले इच्‍छा गरेजस्तै म तिम्रो छोरीलाई निको पार्ने छु !” त्यसै क्षणमा दुष्‍ट आत्‍माले तिनको छोरीलाई छोड्यो, र तिनी निको भइन् । 29 त्‍यसपछि येशू र उहाँका चेलाहरू त्यो इलाकाबाट गालील समुद्रतर्फ फर्केर जानुभयो । अनि येशू त्यहाँ नजिकैको डाँडामा उक्लनुभयो र मानिसहरूलाई सिकाउनलाई बस्‍नुभयो । 30 अरू दुईदिन ठुला भीडहरू उहाँकहाँ आइ रहे र लङ्डा, कुँजा र दृष्‍टिविहीन मानिसहरू, बोल्न नसक्‍ने मानिसहरू र विभिन्‍न बिरामी परेका धेरैजना अरूहरूलाई ल्‍याए । तिनीहरूले उनीहरूलाई येशूको सामु राखे जसले गर्दा उहाँले तिनीहरूलाई निको पार्न सक्‍नुहुन्‍थ्‍यो । र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 31 उहाँले बोल्न नसक्‍ने, कुँजा मानिसहरू, लङ्डा मानिसहरू र दृष्‍टिविहीन मानिसहरूलाई निको पार्नुभएको भीडले देखे र आश्‍चर्य चकित भए । तिनीहरूले भने, “परमेश्‍वरको प्रशंसा होस्, जसले इस्राएलमा हामीमाथि राज्‍य गर्नुहुन्छ !” 32 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मानिसहरू यो भीड मसँग तीन दिनदेखि छ र खानको लागि केही छैन । म तिनीहरूप्रति दुःखी छु । तिनीहरू भोकै भएको अवस्‍थामा म तिनीहरूलाई पठाउँन चाहन्‍न, किनकि मैले त्यसो गरें भने, तिनीहरू घर जाने बाटोमा नै बेहोस् हुन सक्छन् ।” 33 चेलाहरूले उहाँलाई भने, “यो ठाउँमा कोही पनि बस्दैन, यति ठूलो भीडलाई खुवाउनलाई हामीले सायद येथेष्‍ट भोजन पाउन सक्दैनौं !” 34 यशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन् ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “हामीसँग सातवटा साना रोटीहरू र केही पकाएका सा-साना माछा छन् ।” 35 तब येशूले मानिसहरूलाई जमीनमा बस्‍न भन्‍नुभयो । 36 उहाँले सातवटा रोटीहरू र माछा लिनुभयो । उहाँले तिनीहरूका निम्‍ति परमेश्‍वरलाई भन्यवाद दिनुभएपछि, उहाँले तिनीहरूलाई टुक्रा पार्नुभयो र ती चेलाहरूलाई दिंदै जानुभयो । तब चेलाहरूले भीडलाई ती बाँडिरहे । 37 येशूले खानालाई आश्‍चर्यपूर्ण किसिमले बढाइदिनुबएको कारणले, ती सबै मानिसले खाए र तिनीहरूलाई सन्तुष्‍ट हुनलाई प्रशस्त भयो । त्‍यसपछि चेलाहरूले बाँकी रहेका खानाका टुक्राहरू जम्‍मा पारे, र तिनीहरूले ती टुक्राहरूले सातवटा ठूला थुन्‍सेहरू भरे । 38 त्यहाँ चार हजार पुरुषहरू थिए जसले खाए, तर स्‍त्रीहरू र केटाकेटीहरूले पनि खाए जसलाई कसैले गरेनन् । 39 येशूले भीडलाई टाढा पठाउनु भएपछि, उहाँ र चेलाहरू डुङ्गामा चढ्नुभयो र मगादान क्षेत्रमा तालको वरिपरि यात्रा गर्नुभयो ।