In Scripture, a change in name always occurs at a highly significant point in a person's life. The return of Jacob to Canaan was a significant event in the history of the Hebrew people.
The covenant God made with Abraham is repeated here. It indicates that all of Jacob's descendants will inherit the promises of this covenant. (See: /WA-Catalog/ne_tw?section=kt#covenant, /WA-Catalog/ne_tw?section=kt#inherit and /WA-Catalog/ne_tw?section=kt#promise)
परमेश्वरले तृतीयपुरुष सर्वनाम प्रयोग गरी आफ्नै बारेमा बोल्नुहुन्छ । अर्को अनुवाद: "तेरा परमेश्वर, मेरो निम्ति एउटा वेदी बना" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)
"तिनको परिवार ...सबैलाई भने"
"तिमीहरूका मूर्तिहरू फ्याकिदेओ।" वा "तिमीहरूका झूटा देवताहरू हटाओ ।"
परमेश्वरलाई आराधना गर्न जानभन्दा अगाडि आफैलाई नैतिक र शारीरिक रुपमा शुद्ध गर्ने यो एउटा विधि थियो ।
परमेश्वरको सामु जानभन्दा पहिले नयाँ लुगाहरू लगाउनु तिनीहरूले आफैलाई शुद्ध पारेको चिन्ह थियो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
"म दुःखको समयमा हुँदा" वा "जब म संकटमा थिए"
"त्यसैले याकूबको घरानामा भएकाहरू सबैले ... दिए ।" वा "त्यसैले तिनका सबै परिवार र सेवकहरूले ... दिए ।"
यहाँ "आ-आफ्ना हातमा भएका" ले तिनीहरूसँग भएको भन्ने जनाउँछ । अर्को अनुवादः "तिनीहरूको अधिकारमा भएको" वा "तिनीहरूसँग भएका" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
" तिनीहरूका कानमा लगाउने गहना"(EN-UDB)सम्भावित अर्थहरू १) कुण्डलहरूको सुन धेरै मूर्तिहरू बनाउन प्रयोग गर्न सकिन्थ्यो । वा २) तिनीहरूले शकेमको सहरमा आक्रमण गरेपछि र सबै मानिसहरूलाई मारेपछि तिनीहरूले यी कुण्डलहरू त्यस सहरबाट लिए । कुण्डलहरूले तिनीहरूलाई तिनीहरूको पाप सम्झना गराउनेथ्यो ।
परमेश्वरले याकूब र तिनको परिवारदेखि सहरका मानिसहरूलाई डर लाग्ने बनाउनुभयो भन्ने बारेमा यसरी लेखिएको छ मानौं त्रास कुनै वस्तु हो जुन सहरहरूमा फैलियो ।भाववाचक नाम "त्रास" लाई "डर" पनि भन्न सकिन्छ ।अर्को अनुवादः परमेश्वरले वरपरका सहरहरूका मानिसहरूलाई याकूब र तिनका साथमा भएकाहरूदेखि डराउने बनाउनुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor र /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
यहाँ "सहरहरूमा" ले सहरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
यसको अर्थ कसैले पनि याकूबको परिवारमा भएका कसैलाई आक्रमण गरेनन् ।शकेमले जबरजस्ती याकूबकी छोरीसँग सहवास गरेपछि याकूबका दुई छोराहरू शिमोन र लेवीले शकेमका नातेदारहरूलाई आक्रमण गरेका थिए । उत्पत्ति ३४:३० मा याकूब तिनीहरूले बदला लिनेछन् भनी डराएका थिए । अर्को अनुवादः "याकूबको परिवार" वा "याकूबको घराना" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यो एउटा सहरको नाउँ हो । तपाईंले यसलाई उत्पत्ति २८:१९ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
अनुवादकहरूले "एल-बेथेल नाउँको अर्थ 'बेथेलका परमेश्वर' हो " भनी पादटिप्पणीमा थप्न सक्छन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"त्यहाँ परमेश्वरले आफैलाई याकूबकहाँ देखाउनुभएको थियो ।
यो एउटा स्त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
धाई अरू स्त्रीको बच्चा रेखदेख गर्ने स्त्री हो ।धाईलाई परिवारमा उच्च आदर र महत्व दिइन्थ्यो ।
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद: तिनीहरूले त्यसलाई बेथेलनेरको ... गाडे ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
अनुवादकहरूले "अल्लोन-बकुत नाउँको अर्थ 'रुवाबासी भएको कटुसको रुख' हो ।" भनी पादटिप्पणीमा थप्न सक्छन् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
तिनीहरू बेथेलमा थिए भनी स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः बेथेलमा छँदै, याकूबले पद्दन-आराम छोडेपछि" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यहाँ "आशिष्"को अर्थ कसैमाथि औपचारिक आशिर्वाद बोल्नु हो र त्यस व्यक्तिलाई असल होस् भन्नु हो ।
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "तर अबदेखि तेरो नाउँ याकूब हुनेछैन ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"परमेश्वरले याकूबलाई भन्नुभयो"
परमेश्वरले याकूबलाई छोराछोरीहरू जन्माउन भन्नुभयो ताकि तिनीहरू धेरै हुनेछन् । "वृद्धि" शब्दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भन्ने वर्णन गर्छ । उत्पत्ति १:२२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet र /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यहाँ "जाति" र "जाति-जातिहरू" ले याकूबका सन्तानहरूलाई जनाउँछ जसले यी जातिहरू खडा गर्नेछन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
यो स्मारक वेदी हो जुन केवल ठूलो पत्थर वा एक छेउ गाडेर खडा गरेको ढुङ्गा थियो ।
यो तिनले वेदी परमेश्वरलाई अर्पण गरिरहेको चिन्ह हो ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
अनुवादकहरूले "बेथेल नाउँको अर्थ 'परमेश्वरको घर' हो " भनी पादटिप्पणीमा थप्न सकिन्छन् ।
यो बेथलेहेम सहरको अर्को नाउँ हो ।
"राहेललाई बच्चा जन्माउन धेरै गाह्रो हुँदै थियो ।"
"जब सुत्केरी व्यथा अत्यन्त साह्रो थियो"
कुनै स्त्री बच्चा जन्माउँदै गर्दा त्यसलाई सहायता गर्ने व्यक्ति ।
अर्को अनुवादः "उनी मर्नु अगाडी, जसै तिनले आफ्नो अन्तिम सास लिँदैथिइन्" (See: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
अनुवादकले "बेन-ओनी नाउँको अर्थ 'मेरो दुःखको छोरो' हो" भनी पादटिप्पणीमा थप्न सकिन्छ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
अनुवादकहरूले "बेन्यामीन नाउँको अर्थ 'दाहिने हातको छोरो' हो" भनी पादटिप्पणीमा थप्न सक्छन् ।"दाहिने हात" भन्ने वाक्यांशले विशेष निगाहको स्थान भन्ने जनाउँछ ।
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले उनलाई गाडे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"बाटोको छेउमा"(EN-UDB)
"यसले आजको दिनसम्म पनि राहेलको चिहानलाई चिनाउँछ ।"
"अहिलेको समयसम्म " ।यसको अर्थ यो लेखकले लेख्दै गरेको समयसम्म हो ।
यसले इस्राएलको परिवार र सेवकहरू तिनीसँग रहेको बताउँछ ।यो जानकारीको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यो राहेलकी कमारीको नाउँ हो । उत्पत्ति २९:२९ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो वाक्यले नयाँ हरफ सुरु हुन्छ जुन तलका पदहरूले निरन्तरता दिन्छ ।
"१२ जना छोरा" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
यो राहेलकी कमारीको नाउँ हो । उत्पत्ति २९:२९ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो लेआकी कमारीको नाउँ हो । उत्पत्ति २९:२४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ यसमा बेन्यामीन समावेश छैन जो बेथलेहेममा कनान देश नजिकै जन्मेका थिए । यसमा पद्दन-आरामको मात्र उल्लेख छ किनभने यसैमा प्रायः सबै जन्मेका थिए ।यसको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "कनान देशमा जन्मेका बेन्यामीन बाहेक यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यहाँ "आए" लाई "गए" पनि लेख्न सकिन्छ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-go)
यो सहरको नाउँ हो । उत्पत्ति २३:०२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"१८० वर्ष" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
"इसाहाकले आफ्नो अन्तिम सास फेरे र मरे ।" यस वाक्यांशमा "अन्तिम सास फेरे " र "मरे" भन्नु प्रायः जसो एउटै हो । उत्पत्ति २५:०८ मा तपाईंले त्यस्तै वाक्यांश कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "इसाहाक मरे" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)
यो एउटा व्यक्ति मरे भन्ने नम्र तरिका हो । उत्पत्ति २५: ८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)
यसको अर्थ इसाहाक मरेपछि, तिनको आत्मा, तिनी मर्नुभन्दा पहिले मरेका तिनका नातेदारहरू गएको ठाउँमा गए । यसलाई कर्मवाच्यमा पनि लेख्न सकिन्छ । उदाहरणको लागि: आफ्ना पुर्खाहरूसित मिल्न गइयो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यसले इसाहाक धेरै लामो समयसम्म बाँचे भन्ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "तिनी लामो समयसम्म बाँचेर बृद्ध भएपछि "( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)