Jacob's name was changed to Israel. It is his descendants who inherited the promised blessings given to him and to Isaac and Abraham. This is the first time his descendants are collectively referred to as the people group Israel. The people group Israel is identified through the covenant of circumcision. (See: /WA-Catalog/ne_tw?section=kt#inherit, /WA-Catalog/ne_tw?section=kt#promise, /WA-Catalog/ne_tw?section=kt#bless, /WA-Catalog/ne_tw?section=kt#covenant and /WA-Catalog/ne_tw?section=kt#circumcise)
Jacob's reacted to the rape of Dinah with indifference. This is possibly because she was not a daughter of Rachel. His reaction was both unwise and improper. This action brought shame on the whole family. Therefore, Jacob's sons corrected this wrong and plotted against Hamor and Shechem.
Shechem raped Dinah, but then he said he loved her. By raping her, he ensured that no one else would want to marry her. This is not love. (See: /WA-Catalog/ne_tw?section=kt#wise, /WA-Catalog/ne_tw?section=kt#love and /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
कथाको नयाँ भागलाई जनाउन यहाँ यो शब्दको प्रयोग भएको छ ।
यो लेआकी छोरीको नाम हो । उत्पत्ति ३०:२१ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो मानिसहरूको समूहको नाम हो । उत्पत्ति १०:१७ मा त्यसतै शब्द "हिव्वी" तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसले हमोरलाई जनाउँदैछ, शकेमलाई होइन । साथै, यहाँ "रजौटा" को अर्थ राजाको छोरा होइन । यसको अर्थ हमोर त्यस क्षेत्रमा भएका मानिसहरूको अगुवा थिए ।
शकेमले दीनालाई बलात्कार गरे । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)
"तिनी उनीप्रति अति आकर्षित भएका थिए ।" (EN-UDB)यसले शकेमले दीनालाई माया गरेको र केही कुराले उसलाई दीनातर्फ तानेको जस्तैगरी तिनी उनीसित हुन चाहना गरिरहेको बताउँछ । यसलाई कर्मवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद: "तिनी दीनासित हुन अति नै चाह गरिरहेका थिए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यसको अर्थ तिनले उनलाई प्रेम गरेको र उनले पनि तिनलाई प्रेम गरेकी तिनले चाहेको कुरामा उनलाई विश्वस्त गर्न तिनले उनीसित मायाले बोले ।
यहाँ याकूबको बारेमा कथाबाट पृष्ठभूमिको जानकारीतर्फ परिवर्तन भएको देखाउन "अब" को प्रयोग भएको छ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-background)
यसको अर्थ दीनासँग सहवास गरेर शकेमले उनलाई अति बेइज्जत र अपमान गरेका थिए ।
यो याकूबले यस विषयमा केही नभनेको वा केही नगरेको बताउने तरिका हो ।
हमोर याकूबलाई भेट्न गए ।
"मानिसहरू क्रोधित भएका थिए।"
यहाँ "इस्राएल"को अर्थ याकूबको घरानाको हरेक सदस्यहरू हुन् । मानिसहरूको समूहको रुपमा इस्राएलको बेइज्जत भएको थियो । अर्को अनुवाद: "तिनले इस्राएलको घरानाको अपमान गरेका थिए ।" वा "तिनले इस्राएलका मानिसहरूमा शर्म ल्याएका थिए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"याकूबकी छोरीलाई बलात्कार गरेर"
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "किनकि तिनले यस्तो दुष्ट कुरा गर्नुहुँदैनथ्यो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"हमोरले याकूब र तिनका छोराहरूलाई भने"
यहाँ "माया" शब्दले पुरुष र स्त्रीबिचको रोमाञ्चक मायालाई जनाउँछ । अर्को अनुवादः "माया गर्छ र विवाह गर्न चाहन्छ ।"
कुनै संस्कारमा छोराछोरीहरूले कसलाई विवाह गर्ने निर्णय आमाबुबाले गर्छन् ।
अन्तरजातीय विवाह भनेको फरक जाति, समाज, धर्म वा कुलको मानिससँग विवाह गर्नु हो । अर्को अनुवादः "तपाईंका र मेरा मानिसहरूबिच विवाह हुनदिनुहोस् ।"
"यो देश तपाईंको निम्ति उपलब्ध हुनेछ ।"
"शकेमले दीनाका पिता याकूबलाई ... भने
यहाँ "दृष्टि" ले कुनै व्यक्तिको सोच वा विचारलाई जनाउँछ । अर्को अनुवाद: "यदि तपाईं मलाई स्वीकार गर्नुहुन्छ भने तपाईंले जे माग्नुहुन्छ, म त्यही दिनेछु ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
कुनै संस्कारमा, विवाहको समयमा एउटा मानिसले दुलहीको परिवारलाई पैसा, सम्पत्ति, गाईबस्तु र अरु उपहारहरू दिन आवश्यक छ ।
भाववाचक नाम "छलपूर्वक"को लागि "छल्नु" क्रिया पनि लेख्न सकिन्छ । अर्को अनुवादः " तर याकूबका छोराहरूले शकेम र तिनका पितालाई जवाफ दिंदा छले ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
यसको अर्थ दीनासँग सहवास गरेर शकेमले उनलाई अति बेइज्जत र अपमान गरेका थिए । उत्पत्ति ३४:५ मा तपाईंले "अशुद्ध तुल्याउनु" लाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
"याकूबका छोराहरूले शकेम र हमोरलाई भने"
"हामी दीनालाई विवाहमा दिनलाई राजी हुन सक्दैनौँ ।"
"त्यसले हामीलाई शर्ममा पार्छ ।" यहाँ "हामी" ले याकूबका छोराहरू र इस्राएलका सबै मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
यसको अर्थ तिनीहरूले याकूबको परिवारबाटको व्यक्तिलाई हमोरको देशमा बसोबास गर्ने व्यक्तिसँग विवाह गर्न दिनेछन् ।
यहाँ "कुरा"ले भनिएका भनाइलाई जनाउँछ । अर्को अनुवादः"हमोर र तिनका छोरा शकेम याकूबका छोराहरूले भनेको कुरामा सहमत भए ।"
"खतना गरिनु"
"याकूबकी छोरी दीना"
यो नयाँ वाक्यमा पनि अनुवाद गर्न सकिन्छ । यो स्पष्ट पार्न सकिन्छ कि अरू मानिसहरू खतना गर्न राजी हुनेछन् भनी शकेमलाई थाहा थियो किनभने उनीहरू तिनलाई अत्यन्तै आदर गर्थे । अर्को अनुवाद: "शकेमसँगै तिनका पिताका घरानाका मानिसहरू सहमत हुनेछन् भनी तिनलाई थाहा थियो किनभने तिनी उनीहरूमाझ सबैभन्दा इज्जतदार थिए । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
अगुवाहरूलाई औपचारिक निर्णयहरू गर्न सहरको द्वारमा भेट्नु स्वभाविक कुरा थियो ।
"याकूब, तिनका छोराहरू र इस्राएलका मानिसहरू"
यिनीहरू हाम्रो देशमा बसोबास गरेर व्यापार गरून् ।
शकेमले आफ्नो भनाइलाई जोड दिन "वास्तवमा" शब्द प्रयोग गर्छन् । "किनभने, निश्चय नै, हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठूलो छ ।" वा "किनभने, साँच्चै, हाम्रो देश तिनीहरूको निम्ति प्रशस्त छ ।"
यसले एउटा समुदायका स्त्रीहरू अर्को समुदायका पुरुषहरूसँग गर्ने विवाहलाई जनाउँछ । उत्पत्ति ३४:९ मा तपाईंले समान वाक्यांशहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
हमोर र तिनका छोरा शकेमले सहरका अगुवाहरूसँगको कुराकानीलाई निरन्तरता दिए ।
यदि इस्राएलका मानिसहरूजस्तै हाम्रा हरेक पुरुषहरू खतना हुन्छन् भने ती मानिसहरू हामीसित बसी एकै जातिका हुने सहमत हुनेछन् ।
शकेमले याकूबका मानिसहरूको गाईबस्तु शकेमका मानिसहरूका हुनेछन् भनी जोड दिन प्रश्न गर्छन् ।यो भनाइको रुपमा पनि अनुवाद गर्न सकिन्छ। अर्को अनुवादः "तिनीहरूका सबै जनावरहरू र सम्पत्ति हाम्रै हुनेछन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "त्यसैले हमोर र शकेमले कोही-कोहीलाई सबै पुरुषहरूको खतना गर्न लगाए ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"तेस्रो" तीनको लागि क्रमसूचक संख्या हो । यो क्रमसूचक संख्याबिना पनि लेख्न सकिन्छ । अर्को अनुवादः "दुईदिन पछि" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)
"जब सहरका मानिसहरू अझै दर्दमा थिए"
"तिनीहरूका तरवार लिई"
यहाँ "सहर" भन्नाले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः"तिनीहरूले सहरका मानिसहरूलाई आक्रमण गरी" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
यसलाई नयाँ वाक्यमा पनि अनुवाद गर्न सकिन्छ ।"सुरक्षामा ... शिमियोन र लेवीले सहरका सबै मानिसहरूलाई मारे ।"
"मरेका हमोर, शकेम र तिनीहरूका मानिसहरू"
"सहरमा भएको बहुमूल्य सबैथोक चोरे ।"
शकेम एक्लैले दिनालाई अशुद्ध बनाएको थियो तर याकूबका छोराहरूले यो कार्यको लागि शकेमको सम्पूर्ण घराना र सहरका हरेक मानिसलाई जिम्मेवार ठाने ।
यसको अर्थ दीनासँग सहवास गरेर शकेमले उनलाई अति बेइज्जत र अपमान गरेका थिए । उत्पत्ति ३४:५ मा "अशुद्ध बनाएका" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
याकूबका छोराहरूले मानिसहरूका बगालहरू लिएर गए ।
"तिनीहरूका सबै धन-सम्पत्ति र पैसा"
तिनीहरूका सबै केटाकेटी र पत्नीहरूलाई तिनीहरूले बन्दी बनाए ।
कसैलाई सङ्कष्टमा पार्नुको बारेमा यसरी भनिएको छ मानौं सङ्कष्ट एउटा वस्तु हो र त्यो व्यक्तिमाथि राखिएको छ । अर्को अनुवाद: "ममाथि ठूलो समस्या ल्यायौ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
वरपरका क्षेत्रका मानिसहरू सामु याकूबलाई अप्रिय तुल्याउनु बारे यसरी भनिएको छ मानौं याकूबका छोराहरूले तिनलाई शारीरिक रुपमा दुर्गन्धित बनाए । यसलाई नयाँ वाक्यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः यस देशका बासिन्दाहरू सामु तिमीहरूले मलाई घृणित तुल्याएका छौ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यहाँ "म" र "मेरो" शब्दहरूले याकूबका सबै घरानालाई जनाउँछ । याकूबले केवल "म" र "मेरो" भन्छन् किनभने तिनी एक अगुवा हुन् । अर्को अनुवादः "मेरो घराना सानो छ ... हामीमाथि आक्रमण गरे भने तिनीहरूले हामी सबैलाई नाश गर्नेछन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
"फौज बनाए र ममाथि आक्रमण गरे ।" वा "फौज बनाए र हामीमाथि आक्रमण गरे ।"
यसलाई कर्मवाच्यमा पनि लेख्न सकिन्छ । उदाहरणको लागि: म ... नष्ट गरिनेछु । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
शकेमले गलत गरेका थिए र तिनी मारिन योग्यका थिए भनी जोड दिन शिमियोन र लेवीले प्रश्न गर्छन् । अर्को अनुवादः "शकेमले हाम्री बहिनीलाई वेश्याजस्तै व्यभिचार गर्न हुँदैनथ्यो !" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)