Ruth 4
Ruth 4:1
त्यो समस्यालाई समाधान गर्न बोअज काहाँ गए, र रुथलाई छुट्कारा दिने उद्दारक को हुनेछ?
तिनि शहरको ढोकामा गए।
Ruth 4:2
साक्षीकोरुपमा बस्न कसलाई बोअजले अनुरोध गरे?
उनले सहरका १०जना एल्डरहरुलाई अनुरोध गरे।
Ruth 4:3
अर्का नातेदारका बिषयमा बोअजले पहिला के भने
नाओमीले एलीमेलेकको स्वामित्वमा रहेको जग्गा बेच्दैछिन् भनी उनले तिनलाई बताए।
Ruth 4:4
बोअजले अर्को नातेदारलाई जमिनको बारेमा के गर्न सुझाव दिए?
बोअजले अर्को नातेदारले यसलाई तिनले छुटाउन सक्ने सुझाव दिए।
अर्को नातेदारले के जवाफ दिए?
तिनले यसलाई छुट्कारा नदिने बताए
Ruth 4:5
अर्को नातेदारलाई बोअजले अरु कुन कुन थप अतिरिक्त आवश्यकताहरुबारे बताए?
उनले तिनलाई आफ्नो उत्तराधिकारमा एलीमेलेकको नाउँ बढाउन रूथसँग विवाह गर्नुपर्नेछ भनी बताए।
Ruth 4:6
रुथसँग बिवाहा गर्नुपर्छ भनेर थाहा पाएपछि अर्को नातेदारको जवाफ के थियो?
उनले त्यस जमिनलाई छुट्कारा दिन नसक्ने बताए।
किन अर्का नादेदारले उद्दारक हुन नसक्ने बताए?
उनले भने यसले उनको आफ्नै उत्तराधिकारलाई सिध्याउनेछ।
Ruth 4:8
बोअजनै मुक्तिदाता हुनुपर्छ भनी सहमत भएको देखाउनको लागि अर्को नातेदारले के गरे?
तिनले आफ्नो चप्पल फूकाले।
Ruth 4:9
कुनचाहि पहिलो सम्झौता बोअजले भने जसको साक्षी एल्डरहरु थिए?
तिनिहरु एलिमेलेकको स्वामित्वमा रहेको सबै जमिन बोअजले किनेकोकुराको साक्षी थिए।
Ruth 4:10
कुनचाहि दोस्रो सम्झौता बोअजले भने जसको साक्षी एल्डरहरु थिए?
बोअजले रुथलाई आफ्नो पत्निकोरुपमा लिएकोकुराको तिनिहरु साक्षी थिए।
Ruth 4:12
बोअजकोलागि कस्तोप्रकारको आशिषको कामना मानिसहरुले गरे
जसरी तामारले यहूदाका लागि छोरा जन्माइन्, त्यसरी नै यहोवाले रूथद्वारा तिनलाई सन्तान दिनुहुनेछ भनी तिनीहरूले चाहाना गरे
Ruth 4:15
रुथ नाओमीका लागि सात छोराहरूभन्दा उत्तम थिईन भनेर स्त्रीहरूले किन भने?
नाओमीको लागि रूथको प्रेमको कारण र रूथले नाओमीको लागि नाति जन्माएको कारणले तिनीहरूले यसो भने।
Ruth 4:16
रुथको छोरासँग नाओमिको कस्तो सम्बन्ध रह्यो?
नाओमि उसको वास्ता र स्याहारसुसार गर्नेर भईन
Ruth 4:17
रुथको छोराको नाम के थियो?
तिनको नाम ओबेद थियो।
ओबेद कसका बाबु र बाजे थिए?
ओबेद यिशैका पिता थिए र दाऊदका बाजे थिए।