1 यसैकारण, म, पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्ट येशूको एक कैदी हुँ । 2 तिमीहरूका निम्ति परमेश्वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म अनुमान गर्छु । 3 यो रहस्य मलाई प्रकाशद्वारा थाहा गराइयो, जसरी मेेले संक्षिप्त रूपमा लेखेको छु। 4 जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको रहस्यको बारेमा मेरो अन्तर्दृष्टि तिमीहरूले बुझ्न सक्नेछौ । 5 यो रहस्य अरू पुस्ताहरूको मानिसहरूको पुत्रहरुलाई बताइएको थिएन । तर अहिले उहाँमा पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गरिएको छ । 6 यो गुप्त सत्यता यही हो कि गैरयहूदीहरू संगी उत्तराधिकारीहरू, र शरीरका संगी सदस्यहरू हुन्, र सुसमाचारद्वारा ख्रीष्ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू संगी भागेदारहरू हुन् । 7 किनकि म यस सुसमाचारको सेवक, उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको वरदानद्वारा भएको छु । 8 परमेश्वरका सबेे पवित्र जनहरूमध्ये म सबैभन्दा सानो भएतापनि मलाई यो अनुग्रह दिइयो, गैरयहूदीहरूलाई ख्रीष्टको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार प्रचार गर्नको निम्ति 9 र सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा स्पष्ट गर्नको निम्ति—यो रहस्य पुस्तौंसम्म परमेश्वरमा लुकाइएको थियो, जसले सबै कुरालाई सृष्टि गर्नुभयो । 10 यो योजना मण्डलीद्वारा थाहा गराइयो ताकि स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाऊन् । 11 हाम्रा प्रभु ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो भयो। 12 किनकि ख्रीष्टमा उहाँमाथि हाम्रो विश्वासको कारण हामीले साहस र आत्मविश्वास पाएका छौं । 13 यसकारण तिमीहरूका निम्ति मैले गरेका दुःखहरूका कारण तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्छु, जुन तिमीहरूका निम्ति महिमा हो । 17 म प्रार्थना गर्छु कि तिमीहरूको विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून् र उहाँको प्रेममा तिमीहरूले जरा गाड्न र जग बसाल्न सक, 18 ताकि सबेे परमेश्वरका पवित्र जनहरूसँगेे चौडाइ, लम्बाइ, उचाइ र गहिराइ के हो भनी तिमीहरूले बुझ्न सक, 19 र तिमीहरूले ख्रीष्टको प्रेमलाई थाहा गर्न सक, जुन ज्ञानभन्दा माथि छ, ताकि तिमीहरू परमेश्वरको सबेे पूर्णताले भरिन सक । 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्नुहुने उहाँलाई, 21 मण्डलीमा र ख्रीष्ट येशूमा सबै पुस्ताहरूसम्म सदासर्वदा महिमा होस् ! आमेन ।