1 पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट एफिससमा भएका परमेश्वरका पवित्र जनहरु, जो ख्रीष्ट येशूमा विश्वासयोग्य छन्। 2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस्, जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभएकोछ । 4 परमेश्वरले हामीलाई उहाँमा संसारको सुरुदेखि नेे चुन्नुभयो, ताकि उहाँको प्रेमीलो दृष्टिमा हामी पवित्र र दोषरहित हुन सकौ । 5 परमेश्वरले हामीलाई पूर्णनिर्धारण गर्नुभयो, ताकि उहाँको असल योजनाको प्रसन्नता अनुसार येशू द्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गरुन् । 6 उहाँले हामीलाई ग्रहण गर्नु भएकोले उहाँको प्रशंसा हुनुपर्छ किनकी उहाँले आफ्नो महिमीत अनुग्रहमा हामीलाई उहाँले प्रेम गनुहुनेमा सित्तैमा दिनु भएको छ। 7 उहाँको अपार अनुग्रहद्वारा येशू प्रभूमा हामीले उहाँको रगतद्वारा छुटकारा अनि पापको क्षमा पाउदछौँ । 8 पुरा बुद्धि र बुझाईको पूर्णतामा उहाँले प्रशस्त मात्रामा यो अनुग्रहचाहिँ हामीलाई दिनुभयो। 9 परमेश्वरले हामीलाई आफ्नो इच्छा अनुसारका रहस्यहरु, जस्द्बारा उहाँ प्रसन्न हुनुहुन्छ, ख्रीष्टमा उहाँले प्रकट गर्नुभयो, 10 उहाँको योजनाको प्रकाशको लागी पूर्णताको समयमा ,सबै थोकलाई एक साथ ल्याउन, स्वर्ग र पृथ्वीका सबै थोक र ख्रीष्टलाईपनि, एउटेे शिर मुनि एक साथ ल्याउनुहुनेछ । 11 ख्रीष्टमा हामीलाई उत्तराधिकार दिइएको , पूर्वनिर्धारित गरिएको सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौं । 12 परमेश्वरले हामीलाई उत्तराधिकार हुन नियुक्त गर्नुभयो ताकि हामी, जो ख्रीष्टमा आशा राख्ने पहिलो व्यक्तिहरू, उहाँको महिमाको प्रशंसाको निम्ति रहन सकौं। 13 ख्रीष्टमा, तिमीहरूले पनि, जब सत्य वचन सुनेका थियोे, तिमीहरूको छुट्काराको सुसमाचार, उहाँमा नै तिमीहरूले विश्वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ । 14 हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो । 15 यसकारण, प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको पवित्र जनहरुका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समयदेखि, 16 मैले तिमीहरूको लागि परमेश्वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन । 17 म यो प्रार्थना गर्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् । 18 म यो प्रार्थना गर्छु, कि तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, कि बोलावटको निश्चयता के हो भनेर जान्न र उहाँको पवित्र जनहरुको बीचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्न सक । 19 मेरो प्रार्थनामा म यो माग्छु कि उहाँमा विश्वास गर्नेहरूप्रति उहाँको अतुलनीय शक्तिको अत्याधिक महान्ताको विषयमा तिमीहरूले जान्न सक, यो उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो । 20 यो त्यही शक्ति हो जसद्वारा परमेश्वरले ख्रीष्टमा काम गर्नुभयो जब उहाँले ख्रीष्टलाई मृत्युबाट जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा उहाँलाई बसाल्नुभयो। 21 उहाँले येशूलाई सबै शासन र अधिकार, शक्ति र प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि ख्रीष्टले राज्य गर्छन् । 22 परमेश्वरले सबै कुराहरू येशू ख्रीष्टको पाउमा सुम्पनुभयो र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभयो। 23 मण्डली उहाँको शरीर हो, जो उहाँको पूर्णतामा सबै तरिकामा सबै कुरामा पूर्ण हुन्दछ।