Genesis 32

Genesis 32:3

कनान जाँदै गर्दा याकूबले कसको निम्ति सन्देश पठाए ?

कनान जाँदै गर्दा याकूबले आफ्ना दाजु एसाबको निम्ति सन्देश पठाए ।

Genesis 32:5

याकूबले कुन उद्देश्‍यले यो सन्देश पठाएका थिए ?

एसाबको दृष्टिमा निगाह पाउने याकूबले इच्छा गरे ।

Genesis 32:7

एसाव चार सय मानिसहरूका साथमा आउँदैछन् भन्‍ने सुनेपछि याकूबले कस्तो प्रतिक्रिया दिए र उनले के गरे ?

याकूब भयभीत भए र उनले आफ्ना मानिसहरूलाई दुई दलमा बिभाजन गरे ताकि एसावले एक दलमा आक्रमण गरे भने अर्को दल भाग्‍न सकोस् ।

Genesis 32:8

एसाव चार सय मानिसहरूका साथमा आउँदैछन् भन्‍ने सुनेपछि याकूबले कस्तो प्रतिक्रिया दिए र उनले के गरे ?

याकूब भयभीत भए र उनले आफ्ना मानिसहरूलाई दुई दलमा बिभाजन गरे ताकि एसावले एक दलमा आक्रमण गरे भने अर्को दल भाग्‍न सकोस् ।

Genesis 32:11

याकूबले परमप्रभुसँग के बिन्ती गरे ?

उनलाई एसाबको हातबाट छुटकारा दिन परमप्रभुसँग बिन्ती गरे ।

Genesis 32:12

याकूबले परमप्रभुलाई कुन प्रतिज्ञाको स्मरण गराए ?

परमप्रभुले याकूबको उन्‍नति गराउने र याकूबको सन्तानलाई समुद्रको बालुवाजस्तै बनाउने प्रतिज्ञा गर्नुभएको कुरा उहाँलाई स्मरण गराए ।

Genesis 32:20

याकूबले आफ्ना दाजु एसाबलाई उपहार पठाएर के पूरा गर्न सकिन्छ भनेर सोचेका थिए ?

याकूबले आफ्ना दाजु एसाबलाई उपहार पठाएर शायद खुसी पार्न सक्छन् भन्‍ने सोचे ताकि पछि जब याकूबले एसाबलाई देख्‍छन्, एसाबले उनलाई स्वीकार गर्नेछन् ।

Genesis 32:22

त्यस रात याकूब कसरी एक्लै छोडिए ?

याकूबले आफ्ना पत्‍नीहरू, कमारीहरू र सन्तानहरूलाई यब्बोक नदी पारि पठाए ।

Genesis 32:24

त्‍यस रात उज्यालो नहोउञ्‍जेल याकूबले के गरे ?

याकूब एकजना मानिससित कुश्ती खेले ।

Genesis 32:25

याकूबलाई हराउन नसकेपछि त्‍यस मानिसले के गरे ?

त्यस मानिसले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे र कम्मरको गेडी फुस्काइदिए ।

Genesis 32:26

त्यस मानिसलाई जान दिनुभन्दा पहिले याकूबले के माग गरे ?

याकूबले त्यस मानिससँग आशिषको मागे ।

Genesis 32:28

त्यस मानिसले त्यसपछिबाट याकूबलाई के भनिन्छ भने ?

त्यस मानिसले अब याकूबको नाम इस्राएल हुनेछ भने ।

Genesis 32:30

त्यस रात याकूबले कसलाई आमने सामने देखेको कुरा बताए ?

त्यस रात याकूबले परमेश्‍वरलाई आमने सामने देखेको कुरा बताए ।

Genesis 32:32

त्यस रातपछि याकूबले निरन्तर कस्तो शारीरिक समस्या भोगे ?

त्यस रातपछि याकूबको कम्मरको कारण उनी खोच्‍चिए ।