Genesis 28

Genesis 28:1

आफू मर्नुअघि इसहाकले याकूबलाई के आज्ञा दिए ?

इसहाकले याकूबलाई कनानी पत्‍नी नल्याउनू भनेर आज्ञा दिए ।

Genesis 28:2

इसहाकले याकूबलाई कहाँबाट पत्‍नी ल्याउनू भने ?

इसहाकले याकूबलाई रिबेकाको दाजू, लाबानको छोरीहरूबाट पत्‍नी ल्याउनु भने ।

Genesis 28:4

इसहाकले परमेश्‍वरलाई कसको आशिष् याकूबलाई दिनुहोस् भने ?

इसहाकले परमेश्‍वरलाई अब्राहामको आशिष् याकूबलाई दिनुहोस् भने ।

Genesis 28:8

एसावले कहाँबाट एक पत्‍नी ल्याए जब उनले देखेकी इसहाकलाई कनानी स्‍त्रीहरूले प्रसन्‍न तुल्याउदैनन् ?

एसावले अब्राहामका छोरा, इश्माएलको छोरीहरूबाट एक पत्‍नी ल्याए ।

Genesis 28:9

एसावले कहाँबाट एक पत्‍नी ल्याए जब उनले देखेकी इसहाकलाई कनानी स्‍त्रीहरूले प्रसन्‍न तुल्याउदैनन् ?

एसावले अब्राहामका छोरा, इश्माएलको छोरीहरूबाट एक पत्‍नी ल्याए ।

Genesis 28:12

हारान जाने बाटोमा हुँदा याकूबले आफ्नो सपनामा के देखे ?

याकूबले पृथ्वी देखि स्वर्गसम्म स्वर्गदूतहरू उक्लदै र ओर्लदै गरिरहेको एउटा भर्‍याङ र परमप्रभु त्यसमाथि खडा हुनुभएको देखे ।

Genesis 28:13

# हारान जाने बाटोमा हुँदा याकूबले आफ्नो सपनामा के देखे ?

याकूबले पृथ्वी देखि स्वर्गसम्म स्वर्गदूतहरू उक्लदै र ओर्लदै गरिरहेको एउटा भर्‍याङ र परमप्रभु त्यसमाथि खडा हुनुभएको देखे ।

परमप्रभुले याकूब ढल्किरहेको भूमिका बारेमा के भन्‍नुभयो ?

परमप्रभुले याकूब ढल्किरहेको भूमि तँ र तेरो सन्तानहरूलाई दिनेछु भनी भन्‍नुभयो ।

परमप्रभुले याकूबलाई कसको आशिष् दिनुभयो ?

परमप्रभुले याकूबलाई अब्राहामको आशिष् दिनुभयो ।

Genesis 28:17

याकूबले आफूले सपना देखेको ठाउँको बारेमा के भने ?

याकूबले यो ठाउँ परमेश्‍वरको घर र स्‍वर्गको ढोका हो रहेछ भने ।

Genesis 28:19

याकूबले आफूले सपना देखेको ठाउँको नाम के राखे ?

याकूबले त्यस ठाउँको नाम बेथेल राखे ।

Genesis 28:20

परमप्रभु याकूबका परमेश्‍वर हुनको लागि परमप्रभुले के गर्नुपर्छ भनी याकूबले उहाँलाई भने ?

याकूबले भने परमप्रभु उनीसँग रहनुपर्छ ताकि उनी आफ्ना बुबाको घर सुरक्षित साथ फर्किन सकून् ।

Genesis 28:21

परमप्रभु याकूबका परमेश्‍वर हुनको लागि परमप्रभुले के गर्नुपर्छ भनी याकूबले उहाँलाई भने ?

याकूबले भने परमप्रभु उनीसँग रहनुपर्छ ताकि उनी आफ्ना बुबाको घर सुरक्षित साथ फर्किन सकून् ।

Genesis 28:22

यदि परमप्रभुले याकूबको निम्ति यी सबै थोकहरू गरिदिनुभयो भने उनले परमप्रभुलाई के दिनेछु भनी प्रतिज्ञा गरे ?

याकूबले परमप्रभुले उनलाई दिनुभएका सबै थोकहरूको दशांश परमप्रभुलाई चढाउनेछु भनी प्रतिज्ञा गरे ।