Genesis 21

Genesis 21:2

परमप्रभुले साराको लागी के गरिदिनुभयो ?

परमप्रभुले सारालाई भेट्नुभयो र प्रतिज्ञा गरिएको समयमा उनले अब्राहामको नम्ति एउटा छोरो जन्माइन् ।

Genesis 21:4

इसहाक आठ दिनको हुदाँ अब्राहामले के गरे ?

इसहाक आठ दिनको हुदाँ अब्राहामले उसको खतना गरे ।

Genesis 21:6

परमेश्‍वरले सारालाई के गर्न लगाउनुभयो भनी उनले बताइन् ?

परमेश्‍वरले सारालाई हसाउनुभएको थियो भनी उनले बताइन् ।

Genesis 21:9

इसहाकले दुध खान छाडे्को दिन, साराले के देखिन् ?

इसहाकले दुध खान छाडेको दिन, साराले हागारको छोराले इसहाकलाई ठट्टा गरिरहेको देखिन् ।

Genesis 21:10

साराले अब्राहामलाई हागार र उनको छोरालाई के गर्नू भनिन्, र किन ?

साराले अब्राहामलाई हागारको छोरो इसहाकसँग उत्तराधिकारी बन्‍न पाउनेछैन त्यसैले हागार र उनको छोरालाई निकालि दिनुहोस् भनि उनले भनिन् ।

Genesis 21:11

साराको मागप्रति अब्राहामको प्रतिक्रिया कस्तो थियो ?

साराको माग सुनेर अब्राहाम धेरै दुःखदायी भए ।

Genesis 21:12

परमेश्‍वरले अब्राहामलाई के गर्न भन्‍नुभयो ?

परमेश्‍वरले अब्राहामलाई साराको कुरा सुन्‍न भन्‍नुभयो ।

Genesis 21:14

अब्राहामले हागार र उनको छोरालाई बिदा गरीदिएपछि, तिनीहरू कहाँ गए ?

हागार र उनको छोरा उजाड-स्थानमा गए ।

Genesis 21:18

परमेश्‍वरले हागारलाई उनको छोराको लागि के गरिदिनुहुनेछ भन्‍नुभयो ?

परमेश्‍वरले हागारलाई उनको छोराबाट एउटा महान् जाति खडा गरिदिनुहुनेछ भन्‍नुभयो ।

Genesis 21:19

हागार र उनको छोरो कसरी बाचेँ ?

परमेश्‍वरले हागारको आँखा खोलिदिनुभयो र उनले पानीको एउटा कुवा देखिन् ।

Genesis 21:20

हागारको छोरो बढेपछि उसलाई के भयो ?

हागारको छोरो एउटा धनुर्धारी बन्यो र उनको आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिईन् ।

Genesis 21:21

हागारको छोरो बढेपछि उसलाई के भयो ?

हागारको छोरो एउटा धनुर्धारी बन्यो र उनको आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिईन् ।

Genesis 21:23

बीमेलेकले उनको निम्ति अब्राहामले के गरिदिओस् भनी शपथ खाएको चाहे ?

अबीमेलेकले उसँग र उसको छोराछोरीसँग अथवा सन्ततिहरूसँग छली व्यवहार गर्नेछैन भनी अब्राहामले शपथ खाएको चाहे । अबीमेलेकले अब्राहामलाई जसरी विश्‍वसनीयता देखाएका थिए त्यसरी नै अब्राहामले पनि उनलाई देखाउन भनेर बिन्ती गरे ।

Genesis 21:25

अब्राहामले अबीमेलेकलाई केको गुनासो पोखे ?

अब्राहामले अबीमेलेकलाई उनको दासहरूले खोसेर लगेको पानीको इनारबारे गुनासो पोखे ।

Genesis 21:28

अब्राहामले अबीमेलेकलाई किन सात वटा भेडाका पाठीहरू पठाए ?

अब्राहामले अबीमेलेकलाई विवादित इनार उनले खनेको हुन् भनेर साक्षीको निम्ति सात वटा भेडाका पाठीहरू पठाए ।

Genesis 21:29

अब्राहामले अबीमेलेकलाई किन सात वटा भेडाका पाठीहरू पठाए ?

अब्राहामले अबीमेलेकलाई विवादित इनार उनले खनेको हुन् भनेर साक्षीको निम्ति सात वटा भेडाका पाठीहरू पठाए ।

Genesis 21:30

अब्राहामले अबीमेलेकलाई किन सात वटा भेडाका पाठीहरू पठाए ?

अब्राहामले अबीमेलेकलाई विवादित इनार उनले खनेको हुन् भनेर साक्षीको निम्ति सात वटा भेडाका पाठीहरू पठाए ।

Genesis 21:32

अबीमेलेक कुन देशमा फर्किए ?

अबिमेलेक पलिश्तीहरूको भूमिमा फर्किए ।

Genesis 21:33

अब्राहामले बेर्शेबामा झ्याउको रुखमा के गरे ?

अब्राहामले अनन्तका परमेश्‍वरको आराधना गरे ।

Genesis 21:34

अब्राहाम धेरै दिनहरूका लागि कहाँ बसे ?

अब्राहाम धेरै दिनहरूका लागि पलिश्तीहरूको भूमिमा बसे ।