Genesis 19

Genesis 19:2

#जब लोतले दुईजना स्वर्गदूतहरू सदोममा आउँदै गरेका देखे तब तीनले उनीहरूलाई के प्रस्ताव गरे ?

लोतले उनीहरूलाई त्यस रात उनको घरमा बस्‍नुहोस् र त्यसपछि बिहान जानुहोस् भनी प्रस्ताव गरे ।

स्वर्गदूतहरूले लोतलाई कस्तो प्रतिक्रिया जनाए ?

स्वर्गदूतहरूले भने कि उनीहरू त्यस रात सहरको चोकमा बिताउनेछन् ।

Genesis 19:3

लोतको करमा, अन्तिममा स्वर्गदूतहरूले त्यस रात कहाँ बिताउने निर्णय गरे ?

अन्तिममा, त्यस रातको लागि स्वर्गदूतहरूले लोतसँग उनको घरमा गए ।

Genesis 19:5

लोतको घर घेर्ने सहरका मानिसहरूले लोतले के गरेको चाहन्थे ?

लोतकहाँ आएका दुईजना मानिसहरूलाई बाहिर निकालेको मानिसहरूले चाहन्थे ताकि उनीहरू त्यस मानिसहरूसँग सुत्‍न सकून् ।

Genesis 19:8

त्यसको साटो लोतले सहरका मानिसहरूसँग के प्रस्ताव राखे ?

लोतले दुईजना अतिथिहरूका साटो आफ्ना दुईजना छोरीहरू दिने प्रस्ताव मानिसहरूसँग राखे ।

Genesis 19:9

मानिसहरूले लोतको प्रस्तावको प्रतिक्रिया कसरी जनाए ?

मानिसहरूले लोतलाई पछि हट्न भने र ढोका झन्डै भत्काए ।

Genesis 19:11

त्यसपछि स्वर्गदूतहरूले के गरे ?

स्वर्गदूतहरूले लोतलाई घरभित्र ताने र बाहिर भएका मानिसहरूलाई अन्धा बनाइदिए ।

Genesis 19:13

परमप्रभुले स्वर्गदूतहरूलाई के गर्न पठाउनुभएको भनी उनीहरूले बताए ?

सहरलाई नष्‍ट पार्न उनीहरूलाई पठाइएको भनी स्वर्गदूतहरूले बताए ।

Genesis 19:14

जब लोतले सदोम नष्‍ट हुँदैछ भनी उनका ज्वाइँहरूलाई त्यहाँबाट छिटो हिँड्नु भने, उनीहरूले कस्तो प्रतिक्रिया दिए ?

लोतका ज्वाइँहरूले लोतले ठट्टा गर्दैछन् भनी सोचे ।

Genesis 19:15

जब बिहान भयो, स्वर्गदूतहरूले लोतलाई के गर्नू भने ?

स्वर्गदूतहरूले लोतलाई आफ्नी पत्‍नी र छोरीहरू लिएर सहरको बाहिर निस्कनू भने ।

Genesis 19:16

लोतले ढिलाई गरेता पनि स्वर्गदूतहरूले लोत र उनको परिवारका हात समातेर सहर बाहिर किन ल्याए ?

स्वर्गदूतहरूले उनीहरूलाई सहर बाहिर ल्याए किनभने परमप्रभु उनीहरूप्रति दयालु हुनुहुन्थ्यो ।

Genesis 19:17

जब उनीहरू सहर बाहिर थिए तब स्वर्गदूतहरूले लोतलाई के निर्देशन दिए ?

स्वर्गदूतहरूले लोत र उसको परिवारलाई आफ्नो ज्यान बचाउन भाग्‍नू र पछाडि फर्की नहेर्नू भनी बताए ।

Genesis 19:22

स्वर्गदूतले लोत र उनको परिवारलाई कहाँ भाग्‍न अनुमति दिए ?

लोत र उनको परिवारलाई सोअर भनिने सानो सहरतिर भाग्‍ने अनुमति दिए ।

Genesis 19:24

जब लोत सहर पुगे परमप्रभुले के गर्नुभयो ?

परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।

Genesis 19:26

लोतको पत्‍नीले के गरी र उनलाई के भयो ?

लोतको पत्‍नीले पछाडी हेरिन् र उनी नुनको ढिक्का भइन् ।

Genesis 19:28

बिहान सबेरै अब्राहामले तल सबै समतल भूमितिर हेर्दा उनले के देखे ?

अब्राहामले भट्टीको धूवाँजस्तै त्‍यस भूमिबाट माथितिर धूवाँ आईरहेको देखे ।

Genesis 19:30

त्यसपछि लोत कता र किन गए ?

त्यसपछि लोत पहाडतिर गए किनभने तिनी सोअरमा बस्‍न डराए ।

Genesis 19:31

लोतका छोरीहरूले आफ्ना बुबालाई सहभागी गर्दै के योजना बनाए ?

लोतका छोरीहरूले आफ्ना बुबालाई मताउने त्यसपछि तिनीसित सुतेर सन्तान प्राप्त गर्ने योजना बनाए ।

Genesis 19:32

लोतका छोरीहरूले आफ्ना बुबालाई सहभागी गर्दै के योजना बनाए ?

लोतका छोरीहरूले आफ्ना बुबालाई मताउने त्यसपछि तिनीसित सुतेर सन्तान प्राप्त गर्ने योजना बनाए ।

Genesis 19:37

Which two people groups came from the daughters of Lot?

The Moabite and Ammonite people groups came from the daughters of Lot.

Genesis 19:38

लोतका छोरीहरूबाट कुन दुई जातिका समूह आए ?

लोतका छोरीहरूबाट मोआबी र अम्मोनी जातिहरूका समूह आए ।