Genesis 2
Genesis 2:2
सातौं दिनमा परमेश्वरले के गर्नुभयो ?
परमेश्वरले सातौं दिनमा आफुले गर्नुभएका सबै कामबाट विश्राम लिनुभयो र त्यस दिनलाई आशिष् दिएर पवित्र तुल्याउनुभयो ।
Genesis 2:3
सातौं दिनमा परमेश्वरले के गर्नुभयो ?
परमेश्वरले सातौं दिनमा आफुले गर्नुभएका सबै कामबाट विश्राम लिनुभयो र त्यस दिनलाई आशिष् दिएर पवित्र तुल्याउनुभयो ।
Genesis 2:6
परमप्रभु परमेश्वरले पानी पार्न अगाडि पृथ्वीको कसरी भिज्थ्यो ?
पृथ्वीबाट कुहिरो माथि उडिजान्थ्यो ।
Genesis 2:7
परमप्रभु परमेश्वरले मानिस कसरी बनाउनुभयो ?
परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र ऊ भित्र जीवनको सास फुकिदिनुभयो ।
Genesis 2:8
परमप्रभु परमेश्वरले सर्वप्रथम मानिसलाई कहाँ राख्नुभयो ?
अदनको बगैँचामा राख्नुभयो ।
Genesis 2:9
बगैँचाको बीचमा भएका दुई रूखहरू के-के थिए ?
बगैँचाको बीचमा जीवनको रूख र असल अनि खराबको ज्ञान दिने रुखहरू थिए ।
Genesis 2:15
बगैँचामा मानिसले के काम गर्नुपर्थ्यो ?
उनले बगैँचामा काम र त्यसको हेरचाह गर्नुपर्थ्यो ।
Genesis 2:16
के खाने भन्ने बारेमा परमप्रभु परमेश्वरले मानिसलाई कस्तो आज्ञा दिनुभयो ?
असल अनि खराबको ज्ञान दिने रुखबाहेक तिमीले बगैँचामा भएका सबै रुखबाट ढुक्क भएर खान सक्छौ ।
Genesis 2:17
के खाने भन्ने बारेमा परमप्रभु परमेश्वरले मानिसलाई कस्तो आज्ञा दिनुभयो ?
असल अनि खराबको ज्ञान दिने रुखबाहेक तिमीले बगैँचामा भएका सबै रुखबाट ढुक्क भएर खान सक्छौ ।
यदि मानिसले यो आज्ञा उल्ङ्घन गरेमा के हुनेछ भनी परमप्रभु परमेश्वरले भन्नुभयो ?
जुन दिन मानिसले आज्ञा उल्ङ्घन गर्छ, त्यो दिन निश्चय नै ऊ मर्नेछ ।
Genesis 2:18
परमप्रभु परमेश्वरले के कुरा असल छैन भन्नुभयो ?
उहाँले मानिस एक्लो रहनु असल छैन भन्नुभयो ।
Genesis 2:19
सबै जीवित प्राणीहरूलाई परमप्रभु परमेश्वरले के गर्न मानिसलाई दिनुभयो ?
मानिसले सबै जीवित प्राणीलाई नाम दिए ।
Genesis 2:20
सबै जीवित प्राणीहरूको बीचमा के कुरा पाइएन् ?
मानिसको निम्ति उनलाई सुहाउँदो सहयोगी पाइएन् ।
Genesis 2:22
परमप्रभु परमेश्वरले स्त्रीलाई कसरी बनाउनुभयो ?
परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र उनको करङहरूमध्येको एउटा निकाली त्यसबाट स्त्रीलाई बनाउनुभयो ।
Genesis 2:23
मानिसले तीनलाई किन "स्त्री" भने ?
किनभने तिनी मानिसबाट निकालिएकी थिएन ।
Genesis 2:24
मानिस र स्त्री कसरी एउटै शरीर भए ?
मानिस स्त्रीसँग मिल्छ र उनी तिनको पत्नी हुन्छिन् ।
Genesis 2:25
के मानिस र स्त्री नाङ्गा भएकामा लज्जित थिए ?
लजाउदैन थिए ।