Genesis 22

Genesis 22 General Notes

Special concepts in this chapter
Sacrificing his son

Although Isaac was not Abraham's only son, he was the son who was to inherit Abraham's promised blessings. It is possible this parallels God's actual sacrifice of his son, Jesus, for the sins of man. (See: /WA-Catalog/en_tw?section=kt#inherit, /WA-Catalog/en_tw?section=kt#promise and /WA-Catalog/en_tw?section=kt#sin)

Covenant affirmation

After important events, it is common for Scripture to affirm the tenants of a covenant. This serves as a reminder of the covenant and affirms it. (See: /WA-Catalog/en_tw?section=kt#covenant)

Other possible translation difficulties in this chapter
God tests Abraham

Extra care should be taken when translating "testing." It is best to avoid using the same word used for "tempting" even though they overlap in meaning. This is because Scripture also says God does not tempt anyone. (See: /WA-Catalog/en_tw?section=kt#test, /WA-Catalog/en_tw?section=kt#tempt and James 2:13)

<< | >>

Genesis 22:1

It came about

This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

यी कुराहरूपछि

यो वाक्यांशले २१ अध्यायमा घटेका घटनाहरूको बारेमा जनाउँछ ।

परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो

अब्राहाम परमेश्‍वरप्रति विश्‍वासनिय छन् कि छैनन् भनी जान्‍नको लागि परमेश्‍वरले उनको जाँच गर्नुहुन्छ भन्‍ने यसले बुझाउँदछ । यस भनाईको पुर्ण अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले अब्राहामको विश्‍वासनियताको जाँच गर्नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

म यहीँ छु

"अँ, मैले सुनिरहेको छु" वा "अँ, के भयो?

तेरो छोरो

अब्राहामको अर्को छोरा, इश्माएल पनि छ भनेर परमेश्‍वरलाई थाहा छ भन्‍ने कुरा यसले बुझाउँछ । परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक नै हुन् भन्‍ने कुरालाई यसले जोड दिन्छ । यस भनाईको पुरा अर्थलाई अझ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तेरो एकमात्र छोरा, जसको मैले प्रतिज्ञा गरेको छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तैँले माया गर्ने

यसले अब्राहामले आफ्‍नो छोरा इसहाकलाई गर्ने प्रेमको बारेमा जोड दिन्छ।

मोरीयाहको देश

"मोरीयाह भन्‍ने देश" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

गधामा काठी कसे

"उनको गधामा भारी हाले" वा "यात्राको लागि उनलाई चाहिने कुराहरू उनको गधामाथि राखे"

जवान मानिसहरू

"सेवकहरू"

ठाउँतर्फ यात्रा सुरु गरे

"उनको यात्रा सुरू गरे" वा "यात्रा सुरू गरे"

translationWords

Genesis 22:4

तेस्रो दिन

"तेस्रो" शब्द तीनको क्रमसूचक सङ्ख्या हो। अर्को अनुवादः "तीन दिनसम्म यात्रा गरेपछि" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

टाढा त्‍यो ठाउँ देखे

"परमेश्‍वरले भन्‍नुभएको ठाउँ टाढा देखे"

जवान मानिसहरू

"सेवकहरू"

हामी पूजा गर्नेछौँ

"हामी" भन्‍ने शब्दले अब्राहाम र इसहाकलाई मात्र जनाउँछ, ती जवान मानिसहरूलाई होइन । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

तिमीहरूकहाँ फेरि...आउनेछौँ

"तपाईंतिर फर्केर"

आफ्‍नो छोरो इसहाकलाई बोकाए

"उनको छोरा इसहाकलाई बोक्‍न लगाए"

आफ्‍नो हातमा लिए

यहाँ, "आफ्‍नो हात" ले यी कुराहरू अब्राहाम आफैले बोके भन्‍ने कुरालाई यसले जोड दिन्‍छ । अर्को अनुवादः "अब्राहाम आफैले बोके" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

आगो

यहाँ, "आगो" ले बलिरहेको कोइला वा रांको वा बत्तीलाई बुझाउँछ । अर्को अनुवादः "आगो बाल्न सुरू गर्ने केही कुरा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

ती दुवै जना सँगसँगै गए

"तिनीहरू एकसाथ निस्के" वा "ती दुई एकैसाथ गए"

translationWords

Genesis 22:7

मेरो बुबा

यो छोराले आफ्‍नो बुबासँग प्रेमले बोल्‍ने तरिका हो ।

म यहीँ छु

"अँ, मैले सुनिरहेको छु" वा "अँ, के भयो?" तपाईंले उत्‍पति २२:१ मा कसरी अनुवाद गर्नभयो हेर्नहोस् ।

मेरो छोरा

यो बुबाले आफ्‍नो छोरासँग प्रेमले बोल्‍ने तरिका हो ।

आगो

यहाँ, "आगो" ले बलिरहेको कोइला वा रांको वा बत्तीलाई बुझाउँछ । तपाईंले उत्पति २२:६ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

होमबलिको लागि थुमा

"होमबलिको रूपमा तपाईंले दिनुहुने थुमा"

परमेश्‍वरले नै

यहाँ, "परमेश्‍वरले नै" ले थुमा जुटाउनुहुने परमेश्‍वर भन्‍ने कुरालाई जोष दिन्छ । /WA-Catalog/en_tm?section=translate#figs-rpronouns)

जुटाइदिनुहुनेछ

"हामीलाई दिनुहुनेछ"

translationWords

Genesis 22:9

तिनीहरू...ठाउँमा पुगेपछि

"जब अब्राहाम र इसहाक त्यस ठाउँमा पुगे"

तिनले...बाँधे

"तिनले कसे"

वेदीमा दाउरामाथि

"वेदीमा भएको दाउराको टुप्‍पोमाथि"

अब्राहामले...छुरी उठाए

"छुरी उठाए"

translationWords

Genesis 22:11

परमप्रभुका एक जना दूत

सम्भावित अर्थहरू १) परमप्रभु आफैलाई स्वर्गदुतजस्तै देखिने बनाउनुभयो वा २) परमप्रभुका स्वर्गदुतहरूमध्ये यो एक थियो वा ३) परमेश्‍वरबाटको यो एउटा विशेष सन्देशवाहक थियो (केही विद्वानहरूले उहाँ येशु हुनुहुन्थ्यो भन्छन्) । यो वाक्यांश राम्ररी नबुझिने भएकोले यसलाई तपाईंले "स्वर्गदुत" को लागि प्रयोग गर्नुहुने साधारण शब्द प्रयोग गरेर "परमप्रभुको स्वर्गदुत" भनी सरल रूपमा अनुवाद गर्नु नै उपयुक्त हुन्छ । उत्पति १६:७ मा यो वाक्यांश को बारेमा भएको टिप्पणी हेर्नुहोस् ।

स्‍वर्गबाट

यसले परमेश्‍वर बस्‍नुहुने ठाउँको बारेमा जनाउँदछ ।

म यहीँ छु

"अँ, मैले सुनिरहेको छु" वा "अँ, के भयो?" तपाईंले उत्‍पति २२:१ मा कसरीअनुवाद गर्नभयो हेर्नहोस् ।

तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर

"तेरो हात नउठा" भनेको "हानी नगर्" भन्‍ने एउटा तरिका हो ।" अब्राहामले इसहाकलाई हानी गर्नुहुन्‍न भन्‍ने कुराको जोड दिनको लागि परमेश्‍वरले मूलतः एउटै कुरालाई दुईचोटी भन्‍नुभयो । अर्को अनुवादः "कुनै पनि तरिकाले त्यस केटालाई चोट नपुर्‍यानू" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-parallelism)

मबाट...मैले अब थाहा पाएँ

"म" र "मलाई" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ । उद्धरणमा भएकोलाई अनुवाद गर्दा, परमप्रभुको स्वर्रगदुतले गरेजस्तै गर्नुहोस् र परमप्रभुलाई जनाउँदा "म" र "मलाई" शब्द प्रयोग गर्नुहोस् ।

तैँले परमेश्‍वरको भय मान्दोरहेछस्

यसले आफ्नो ह‍ृदयले परमेश्‍वरको सम्मान गर्नु भन्‍ने जनाउँछ र त्यो सम्‍मान उहाँका आज्ञाहरू पालन गरेर देखाउनु भन्‍ने हुन्छ ।

देखेर

"किनभने म त्यो देख्छु"

आफ्नो छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌

"तैंले तेरो छोरालाई मबाट रोकेर राखेको छैनस् ।" यसलाई सकारात्मक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले आफ्‍नो छोरा मलाई दिन ईच्छुक थिइस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

आफ्‍नो एक मात्र छोरा

अब्राहामको अर्को छोरा, इश्माएल पनि छ भनेर परमेश्‍वरलाई थाहा छ भन्‍ने कुरा यसले बुझाउँछ । परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक नै हुन् भन्‍ने कुरालाई यसले जोड दिन्छ । यहीँ एउटै वाक्यांशलाई तपाईंले उत्पति २२:२ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 22:13

behold

The word "behold" here alerts us to pay attention to the surprising information that follows.

एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "एउटा भेडा थियो, जसको सीङ् झाडीहरूमा अल्झेको थियो" वा "एउटा भेडा झाडीहरूमा अल्झेको थियो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

गएर त्‍यस भेडालाई ल्‍याए

"अब्राहाम भेडाकहाँ गए र त्यसलाई ल्याए"

जुटाउनुहुन्‍छ...जुटाइनेछ

तपाईंले उत्पति २२:८ "जुटाउनु" को लागि प्रयोग गर्नुभएको शब्द नै प्रयोग गर्नुहोस् ।

आजसम्म

"अहिले पनि ।" यसको अर्थ लेखकले यस पुस्तक लेखिरहेको समयसम्‍म पनि भन्‍ने हुन्छ ।

जुटाइनेछ

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले जुटाउनुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 22:15

परमप्रभुका दूत

सम्भावित अर्थहरू १) परमप्रभु आफैलाई स्वर्गदुतजस्तै देखिने बनाउनुभयो वा २) परमप्रभुका स्वर्गदुतहरूमध्ये यो एक थियो वा ३) परमेश्‍वरबाटको यो एउटा विशेष सन्देशवाहक थियो (केही विद्वानहरूले उहाँ येशु हुनुहुन्थ्यो भन्छन्) । यो वाक्यांश राम्ररी नबुझिने भएकोले यसलाई तपाईंले "स्वर्गदुत" को लागि प्रयोग गर्नुहुने साधारण शब्द प्रयोग गरेर "परमप्रभुको स्वर्गदुत" भनी सरल रूपमा अनुवाद गर्नु नै उपयुक्त हुन्छ । उत्पति १६:७ मा यो वाक्यांश को बारेमा भएको टिप्पणी हेर्नुहोस् ।

दोस्रो पल्‍ट

"दोस्रो" शब्द दुई को क्रमसूचक सङ्ख्या हो । अर्को अनुवादः "फेरि" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

स्‍वर्गबाट

"स्वर्ग" शब्दले परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउँछ ।

भने, यो परमप्रभुको घोषणा हो

"परमप्रभुबाटको यो सन्देश भने" वा "परमप्रभुका यी वचनहरू घोषणा गरे ।" यी निम्‍न वचनहरू परमप्रभुबाट सीधा आएका हुन् भन्‍ने यो एउटा औपचारिक तरिका हो ।

मैले आफ्‍नै नाउँमा शपथ खाएको छु

"मैले प्रतिज्ञा गरेको छु र म मेरो साक्षी हुँ ।" जुन शक्ति वा आधारमा बाचा बाँधिएको छ कसैको वा केहिको नाम प्रयोग गर्नु शपथको अर्थ हो । परमप्रभुलाई आफ्नो नामको शपथ खानुबाहेक अर्को कुनै शक्तिशाली कुरा छैन ।

तैंले यो काम गरेकोले

"तैंले मेरो आज्ञा उल्लङ्‍घन् गरीस्"

छोरालाई...नरोकेकोले

"तेरो छोरालाई रोकेको छैनस् ।" यसलाई सकारात्मक रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवादः "आफ्‍नो छोरा दिन ईच्छुक थिइस्" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

तेरो एउटै छोरा

अब्राहामको अर्को छोरा, इश्माएल पनि छ भनेर परमेश्‍वरलाई थाहा छ भन्‍ने कुरा यसले बुझाउँछ । परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक नै हुन् भन्‍ने कुरालाई यसले जोड दिन्छ । तपाईंले उत्पति २२:२ मा यहीँ एउटै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

निश्‍चय नै...आशिष्‌ दिनेछु

"पक्‍कै आशिष दिनेछु"

म तेरा सन्‍तानको वृद्धि गर्नेछु

"म तेरा सन्तानहरूलाई पटक पटक वृद्धि गराउनेछु" वा "म तेरा सन्तानहरूलाई धेरै बनाउनेछु"

आकाशका तारा र समुद्र किनारका बालुवासरह

परमेश्‍वरले अब्राहामका सन्तानहरूलाई ताराहरू र बालुवासँग तुलना गर्नुभयो । जसरी मानिसहरूले ताराको ठूलो सङ्ख्या र बालुवाका कणहरूको गणना गर्न सक्दैनन्, त्यसैगरी अब्राहामका सन्तानहरू पनि यति धेरै हुनेछन्, की मानिसहरूले तिनीहरूको गणना गर्न सक्नेछैनन् । अर्को अनुवादः "तिमीहरूले गन्‍न सक्नेभन्दा पनि धेरै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-simile)

आकाशका ताराहरूसरह

यहाँ, "आकाश" भन्‍नाले हामीले देख्‍ने पृथ्वीमाथिका घाम, जुन र ताराहरूलगायत सबै थोकलाई जनाउँदछ ।

शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌

यहाँ, "ढोका" ले पुरै सहरलाई जनाउँदछ । "शत्रुहरूका ढोकाहरू पार गर्नु" को अर्थ तिनीहरूको शत्रुहरूलाई नाश गर्नु भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरूका शत्रुहरूमाथि पुर्ण रूपमा विजयी हुनेछन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche/WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 22:18

General Information:

The angel of Yahweh continues speaking to Abraham.

पृथ्‍वीका सबै जातिहरू आशिषित् हुनेछन्

यसलाई कर्तृवाच्यमा भन्‍न सकिन्छ । अर्को अनुवादः "म, परमप्रभु, सबैतिर बस्‍ने मानिसहरूलाई आशिषित् तुल्याउनेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

पृथ्‍वीका...जातिहरू

यहाँ, "जाति" ले राष्‍ट्रभरका मानिसहरूलाई बुझाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तैंले मेरो वचन पालन गरीस्‌

यहाँ, "वचन" ले परमेश्‍वरले भन्‍नुभएका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मैले जे भनेको थिए, त्यो तैंले पालन गरेको छस्" वा "तैंले मेरो आज्ञा पालन गरीस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

अब्राहाम...फर्के

अब्राहाम मात्र नामाकरण गरीएको छ, किनभने उनी बुबा थिए, तर उनको छोरा उनीसँगै गयो भन्‍ने यसले बुझाउँदैन । यो भनाईको पुरा अर्थलाई स्प‍ष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "अब्राहाम र उनको छोरा पछि फर्के" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

जवान मानिसहरू

"सेवकहरू"

तिनीहरू...गए

"तिनीहरूले त्यो ठाउँ छाडे"

बेर्शेबामा बसोबास गरे

अब्राहाम मात्र उल्‍लेख गरीएका छन्, किनभने उनी उनको परिवार र सेवकहरूका अगुवा थिए, तर यसले उनीहरू उनीसँग थिए भन्‍ने कुरालाई बुझाउँदैन । यो भनाईको पुरा अर्थलाई स्प‍ष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "अब्राहाम र उनका मानिसहरू बेर्शेबामा बसे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 22:20

यी कुराहरू भएको केही समयपछि

"यी घटनाहरूपछि ।" "यी घटनाहरू" ले उत्पती २२:१-१९ का घटनाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-newevent)

अब्राहामले सुने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अब्राहामलाई कसैले बतायो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

मिल्‍काले पनि...छोराहरू जन्‍माइन्‌

"मिल्काले पनि छोराछोरीहरू जन्माएकी छिन्"

मिल्‍का

यो एक स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

तिनीहरू जेठो ऊज, त्‍यसको भाइ बूज

"उनको जेठो छोराको नाम ऊज थियो र उनका बाँकीका छोराछोरीहरूका नाम बूज थियो जो उसको भाई थियो"

ऊज...बूज...आरामका ...केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल

यी सबै मानिसहरूका नाम हुन् । आराम बाहेक यी सबै नाहोर र मिल्काका छोराहरू हुन् भन्‍ने स्पष्‍ट हुने गरी यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 22:23

बतूएल रिबेकाका पिता भए

"पछि बतूएल रिबेकाका पिता भए"

अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए

"नाहोर र मिल्काका आठ छोराहरू र अब्राहामक भाइ यी नै थिए ।" यसले उत्पति २२:२१-२२ मा सूचीबद्ध छोराछोरीहरूलाई जनाउँछ ।

eight

"8" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिनकी भित्रिनी

"नाहोरकी भित्रिनी"

रूमा

यो एक स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

पनि...जन्‍माई

"ले पनि जन्म दिइन्"

तेबह, गहम, तहस र माका

यी सबै मानिसहरूको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords