25

1 “स्वर्गबाट परमेश्‍वरको राज्‍य एउटा विवाहको भोजमा जानलाई तयार दशजना अविवाहित कन्‍याहरूलाई भएजस्‍तै हो । तिनीहरूले आफ्ना बत्तिहरू साथमा लानुपर्थ्‍यो र दुलाहाको आगमनको प्रतिक्षा गर्न जानुपर्थ्‍यो ।” 2 अब ती कन्‍याहरूमध्ये पाँचजना मूर्ख थिए र पाँचजना बुद्धिमान थिए । 3 मूर्ख कन्‍याहरूले आफ्ना साथमा बत्तिहरू लगे तर तिनीहरूले आफूसँग बढी जैतुनको तेल लगेनन् । 4 तर बुद्धिमान कन्‍याहरूले आफ्‍ना बत्तिहरूका साथसाथै आफ्‍ना ढुंग्रोहरूमा तेल लगे । 5 दुलाहा आउनलाई धेरै लामो समय लगाउँदै थिए, र राती ढिला भयो । यसैले सबै कन्‍याहरू उँघ्‍न लागे र निदाए । 6 मध्यरातमा कसैले तिनीहरूलाई कराउँदै उठाए, “उनी यहाँ छन् ! दुलाहा आउँदै छन् ! बाहिर जाओ र उनलाई भेट !” 7 यसैले कन्‍याहरू ब्‍युँझे र आफ्ना बत्तिहरू बलिरहुन् भनेर मिलाए । 8 तब मूर्ख कन्‍याहरूले, बुद्धिमान कन्‍याहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेल अलिकति देओ, किनभने हाम्रा बत्तिहरू निभ्नै लागेको छ !’ 9 बुद्धिमान कन्‍याहरूले जवाफ दिए, “हुँदैन, हाम्रा र तिमीहरूका बत्तिहरूका लागि तेल पुग्दैन । पसलेहरूकहाँ जाओ र तिमीहरूका निम्‍ति केही तेल किन !” 10 तर जब मूर्ख कन्याहरू तेल किन्‍नलाई बाटोमा जाँदैथिए, दुलाहा आइपुगे । तब तयार रेहका बुद्धिमान कन्याहरू तिनीसँग विवाह भोजको घरमा गए, जाहाँ दुलाही पर्खिरहेकीा थिइन् । तब ढोका बन्द गरियो । 11 पछि बाँकी कन्‍याहरू विवाह घरमा आए, र तिनीहरूले दुलाहालाई भने, ‘हजुर, हाम्रा निम्‍ति ढोका खोल्‍नुहोस् !’ 12 तर तिनले उनीहरूलाई भने, ‘सत्य यो हो, म तिमीहरूलाई चिन्दिन, यसैले तिमीहरू निम्‍ति म ढोका खोल्‍नेछैन !’” 13 अनि येशूले लगातार यसो भन्‍नुभयो, “यसैले, तिमीहरूलाई यस्‍तो नहोस् भन्‍ने हेतुले, तयार रहो किनभने त्यो कहिले हुनेछ तिमीहरू जान्दैनौ ।” 14 “जब मानिसको पुत्र राजाको रूपमा स्वर्गबाट फर्केर आउँछ, त्यो लामो यात्रामा जान लागेको एकजना मानिस जस्तै हुनेछ । तिनले आफ्ना सेवकहरूलाई एकसाथ बोलाए र लगानी गर्न र आफ्‍नो निम्‍ति धेरै पैसा आम्‍दानी गर्न तिनीहरू प्रत्येकलाई आफ्नो सम्पत्तिको केही अंश दिए । 15 पैसा प्रयोग गर्ने सेवकहरूको क्षमता अनुसार तिनले उनीहरूको पैसा दिए । उदाहरणको लागि, तिनले एकजना सेवकलाई १६५ किलो तौल भएको पाँच झोला सुन दिए, तिनले अर्को सेवकलाई ६६ किलो तौल भएको दुई झोला दिए, र तिनले अर्को सेवकलाई ३३ किलो तौल भएको एक झोला दिए । तब तिनी आफ्‍नो यात्रामा गए । 16 पाँच झोला सुन पाएको सेवक तुरुन्तै गयो र त्‍यो पैसा प्रयोग गरेर अरू पाँच झोला कमायो । 17 त्यसरी नै, दुई झोला सुन पाएको सेवकले अरू दुई झोला कमायो । 18 तर, एक झोला सुन पाउने सेवक गयो र जमीनमा खाल्डो खन्‍यो र त्‍यसलाई सुरक्षित राख्‍न त्‍यहाँ लुकायो । 19 लामो समयपछि सेवकहरूका मालिक फर्के । आफ्‍नो पैसाबाट तिनीहरूले के गरेका थिए भनी पत्ता लगाउनलाई तिनले उनीहरूलाई एकसाथ बोलाए 20 पाँच झोला सुन पाएको सेवकले दश झोला ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई रेखदेख गर्न पाँच झोला सुन दिनुभयो । हेर्नुहोस्, मैले पाँच बढी कमाएको छु !’ 21 उसको मालिकले जवाफ दिए, ‘तिमी धेरै असल सेवक हौ ! तिमी मप्रति धेरै विश्‍वासयोग्‍य भएका छौ । तिमीले थोरै पैसालाई धेरै रामरी चलाएका छौ, यसैले म तिमीलाई धेरै कुराहरूको अधिकार दिनेछु । आऊ र मसित खुःशी होऊ !’ 22 दुई झोला सुन पाएको सेवक पनि आयो र उसले भन्यो, ‘मालिक, तपाईंले मलाई रेखदेख गर्न दुई झोला सुन दिनुभयो । हेर्नुहोस्, मैले दुई बढी कमाएको छु !’ 23 उसको मालिकले जवाफ दिए, ‘तिमी धेरै असल सेवक हौ ! तिमी मप्रति धेरै विश्‍वासयोग्‍य भएका छौ । तिमीले थोरै पैसालाई धेरै रामरी चलाएका छौ, यसैले म तिमीलाई धेरै कुराहरूको अधिकार दिनेछु । आऊ र मसित खुःशी होऊ !’ 24 त्यसपछि एक झोला सुन पाउने सेवक आयो । उसले भन्यो, ‘मालिक, म तपाईंसँग डराएँ । आफूले नरोपेको खेतबाट अन्‍न जम्‍मा गर्न खोज्‍ने एकजना किसान जस्‍तै तपाईं यस्‍तो मानिस हुनुहुन्‍छ, जसले आफूले लगानी नै नगरी धेरै पैसाको आशा गर्नुहुन्छ भन्‍ने मलाई थाहा थियो । 25 तपाईंले मलाई लगानी गर्न दिनुभएको पैसा मैले गुमाएँ भने, तपाईंले के गर्नुहोला भनी म डराएँ, यसैले मैले त्‍यो जमीिनमा लुकाएँ । यो यहाँ छ; कृपागरी यसलाई फिर्ता लिनुहोस् !’ 26 उसको मालिकले जवाफ दिए, “तँ दुष्‍ट, अल्छि सेवक ! मैले केही लगानी नगर्दा पनि मैले पैसा कमाउन खोज्छु भनेर तँलाई थाहा थियो । 27 यसैले, तैंले मेरो पैसालाई बैंकमा जम्‍मा गर्नुपर्थ्‍यो, जसले गर्दा म फर्कंदा, त्‍यसले कमाएको व्याजसहित मैले त्‍यो फिर्ता पाउने थिएँ । 28 त्यसपछि मालिकले आफ्ना अरू सेवकहरूलाई भने, ‘उसँग भएको सुनको झोला लेओ र त्‍यो दश झोला भएको सेवकलाई देओ ! 29 आफूले जे पाएको छ त्‍यसलाई राम्ररी प्रयोग गर्नेहरूलाई परमेश्‍वरले झन् धेरै दिनुहुनेछ, र तिनीहरूसँग प्रशस्त हुनेछ । तर आफूले जे पाएको छ त्‍यसलाई राम्ररी प्रयोग नगर्नेहरूबाट, तिनीहरूसँग पहिले नै भएको कुरासमेत खोसिनेछ । 30 झन् बढी, त्यस नालायक सेवकलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ विलाप गर्नेहरू र असह्‍य पीडामा आफ्‍ना दाह्रा किट्नेहरूसँगै ऊ पनि हुनेछ ।’” 31 “जब, मानिसको पुत्र उसको आफ्‍नो तेजस्‍वी प्रकासमा फेरिी आउनेछ र, आफ्‍ना सबै स्वर्गदूतहरूलाई ल्याउनेछ, तब हरेको न्‍याय गर्नलाई ऊ राजाझैं आफ्‍नो सिंहासनमा बस्‍नेछ । 32 मानिसहरूका सबै समूहबाट हरेकलाई उसको सामु जम्‍मा पारिनेछ । त्यसपछि, उसले मानिसहरूलाई एकबाट अर्को अलग गर्नेछ, जस्‍तो गोठालोले आफ्ना भेडालाई बाख्राबाट अलग गर्छ ।” 33 भेडा र बाख्रा जस्तै, उसले धर्मी मानिसहरूलाई आफ्‍नो दाहिनेपट्टि र अधर्मीहरूलाई आफ्‍नो देब्रेपट्टि राख्‍नेछ ।” 34 त्यसपछि आफ्‍नो दाहिनेपट्टि हुनेलाई उसले भन्‍नेछ, ‘तिमीहरू, जो मेरा पिताबाट आशिर्वाद पाएका छौ, आओ ! आओ ! उहाँले तिमीहरूलाई दिनुहुने सबै असल कुराहरू ग्रहण गर्न आओ, किनकि अब उहाँले तिमीहरूलाई आफ्‍नो शासनका आशिषहरू--उहाँले संसारको सृष्‍टि गर्नुभएको समयदेखि नै उहाँले तयार गरिरहनुभएका कुराहरू दिंदै हुनुहुन्‍छ । 35 यी कुराहरू तिमीहरूका लागि हुन्, किनभने म भोको हुँदा तिमीहरूले मलाई खानलाई केही कुरा दियौ । म तर्खाउँदा तिमीहरूले मलाई पिउनलाई केही कुरा दियौ । जब तिमीहरूको नगरमा म परदेशी थिएँ, तिमीहरूले मलाई आफ्नो घरहरूमा बस्‍नलाई निम्तो दियौ । 36 जब मलाई लुगाको खाँचो पर्‍यो, तिमीहरूले मलाई दियौ । जब म बिरामी थिएँ, तिमीहरूले मेरो रेखदेख गर्‍यौ । जब म झ्‍यालखानमा थिएँ, तिमीहरू मलाई भेट्न आयौ ।’ 37 तब परमेश्‍वरले असल घोषणा गर्नुभएका मानिसहरूले जवाफ दिनेछन्, ‘प्रभु, तपाईं कहिले भोकाउनुभयो र हामीले तपाईंलाई देख्‍यौं र तपाईंलाई खानलाई केही दियौं ? तपाईं कहिले तिर्खाउनुभयो र तपाईंलाई खानलाई केही दियौं ? 38 तपाईं हाम्रो सहरमा कहिले परदेशी हुनुहुन्थ्यो र हामीले तपाईंलाई हाम्रा घरहरूमा बस्‍नलाई निम्‍तो दियौं ? तपाईंलाई कहिले लुगाको खाँचो पर्‍यो र हामीले तपाईंलाई दियौंँ ? 39 तपाईं कहिले बिरामी वा झ्यालखाना हुनुहुन्‍थ्‍यो र हामीले तपाईंलाई भेट्‍न आयौं ? यीमध्‍ये कुनै पनि कुराहरू तपाईंको निम्‍ति हामीले गरेको याद नै छैन । 40 राजाले जवाफ दिनेछन्, ‘सत्य यो हो कि तिमीहरूले आफ्ना विश्‍वासी मित्रहरूमध्‍ये, सबभन्‍दा सानो कसैलाई पनि जे जति गर्‍यौ, त्‍यो तिमीहरूले निश्‍चय नै मेरै निम्‍ति गर्‍यौ ।’ 41 तर आफ्‍नो देब्रेपट्टि भएकाहरूलाई उसले भन्‍नेछ, ‘तिमीहरू, परमेश्‍वरले श्राप दिनुभएका मानिसहरू, मबाट दूर होओ ! शैतान र त्यसका दूतहरूका निम्‍ति परमेश्‍वरले तयार पार्नुभएको अनन्त आगोमा जाओ ! 42 तिमीहरू त्यहाँ जान उचित हुन्‍छ, किनभने म भोकाउँदा तिमीहरूले मलाई खानलाई केही कुरा दिएनौ । म तिर्खउँदा तिमीहरूले मलाई पिउनलाई केही कुरा दिएनौ । 43 जब तिमीहरूको नगरमा म परदेशी थिएँ, तिमीहरूले मलाई आफ्नो घरहरूमा बस्‍नलाई निम्तो दिएनौ । जब मलाई लुगाको खाँचो पर्‍यो, तिमीहरूले मलाई दिएनौ । जब म बिरामी वा झ्‍यालखानमा थिएँ, तिमीहरूले मेरो रेखदेख गरेनौ ।’ 44 तिनीहरूले जवाफ दिनेछन्, ‘प्रभु, तपाईं कहिले भोकाउनुभयो वा तिर्खाउनुभयो वा परदेशी हुनुभयो वा लुगा खाँचो पर्‍यो वा झ्यालखानमा पर्नुभयो, र हामीले तपाईंलाई सहायता गरेनौं ?’ 45 उनले जवाफ दिनेछन्, ‘सत्य यो हो कि तिमीहरूले मेरा मानिसहरूमध्‍ये, सबभन्‍दा सानोलाई पनि, कसैलाई केही पनि गरेनौ, तिमीहरूले त्‍यो मेरै निम्‍ति गरेनौ ।’ 46 तब मेरा बाँयापट्टिका मानिसहरू त्‍यो ठाउँमा जानेछन् जाहाँ परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा दण्ड दिनुहुनेछ, तर परमेश्‍वरको दृष्‍टिमा असल मानिसहरू त्‍यो ठाउँमा जानेछन् जाहाँ तिनीहरू सदासर्वदा परमेश्‍वरसँग बास गर्नेछन् ।